निर्णय नं. ३४९१ - राजगुठी कायम गरिपाउँ भन्ने समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४९१ - राजगुठी कायम गरिपाउँ भन्ने समेत भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०५/१३ ३५५५ निर्णय नं. ३४९१ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पु.नं. ६९९ फैसला भएको मिति : २०४५।५।१३।२ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वार्ड नं. १३ बस्ने नरेन्द्रविक्रम सिंह थापा क्षेत्री विरुद्ध विपक्षी/वादी : गुठी संस्थान, केन्द्रिय कार्यालय काठमाडौं मुद्दा : राजगुठी कायम गरिपाउँ भन्ने समेत (१) गुठी संस्थान ऐन, २०२९ प्रारम्भ भइसकेपछि त्यस्तो छुटगुठी राजगुठीमा परिणत हुने व्यवस्था अनुरुप राजगुठीमा परिणत भई छुटगुठीका गुठीयार खान्गिदारको सवै हक अधिकार समाप्त हुने कानुनी व्यवस्था भइरहेकोमा त्यस्तो अवस्थामा छुटगुठी निजीगुठीमा परिणत भएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) धर्मलोप गरेउपर वादीले दावी लिइएको नदेखिएकोले धर्मलोप गरेको भन्न नमिल्ने (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान व.अ. श्री लक्ष्मणप्रसाद अर्याल तथा विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल प्रत्यर्थी/तर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय फैसला न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीतर्फबाट निवेदन परेकोमा पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछ । २. अघि प्राईमिनिष्टर माथवरसिंहले सरकार बक्साई माथ मुक्तेश्वर भिममुक्तेश्रर र रणदिव्येश्ररी भगवती समेत स्थापना गरी दरबन्दी बमोजिम पूजा पर्व चलाई आई आएकोमा १९७० सालमा अदालतको फैसलाबाट राजगुठीमा दर्ता हुनआएको विपक्षी समेतले बिन्ति चढाई एकपटकलाई थामि दिने अब पनि बेहिसाब गरे बर्खास्त गर्ने भन्ने भई काम चलाउन थामि पाएकोमा पुनः बिग्रेको नबनाई बेहिसाब गरे भन्ने मुद्दा जाहेर हुँदा मो. रु.१।– सलामि लिई पूर्ण विक्रम अन्नपूर्णको ज्युता भरलाई थामिदिने तोक सदर भई भोगी आएको सो पछि पूर्णविक्रमका छोराहरुको बिन्तिपत्र परी श्री ५ को सरकार गुठी अड्डामा धर्मलोप गर्न नपाउने बन्दोबस्त मिलाई भत्के बिग्रेको बनाए नबनाएको र पर्वकाम चलाए नचलाएको समेत गुठी अड्डाबाट जाँच गर्ने र गुठी जग्गा बेचबिखन गरेमा गुठी झिकी दिने मो रु.१।– सलामि बुझाई गुठीको काम चलाई खान पाउने समेत व्यहोराको २००१।४।८।१ मा तोक सदर भएकोले विपक्षीहरुको सन्तान दर सन्तानहरुले शेषकसरखान पाउने गरी राजगुठीमा दर्ता भई भोगी आउनु भएकोमा गुठी संस्थानले मालपोत बृद्धि गरी लिने गरी लेखी पठाएकोमा विपक्षी नरेन्द्रविक्रमले निषेधाज्ञा जारी गरिपाउँ भनी निवेदन गरी कारवाही चल्दै श्री सर्वोच्च अदालत फुलबेञ्चबाट निषेधाज्ञा जारी हुने ठहर्छ भन्ने निर्णय भएकोमा राजगुठीको दायित्व नै नभएको भनी सो निर्णयको आधार लिई राजगुठीमा दर्ता भई पर्व चलाई सलामी बुझाई आएको गुठी जग्गालाई निजीगुठी भनी २००० साल कार्तिक ६ गतेको कबूलियत समेत उल्लंघन गर्नु भई रैति समेतलाई पिर पिराउ गर्नु भएको बुझिएको र विपक्षीले खड्ग निशाना बमोजिम भत्के बिग्रेको बनाउन समेत कबूलियत गर्न भएकोमा शर्त बन्देज छोडी बृद्धि मालपोतसम्म लिन पाउने कुरालाईसम्म निषेधाज्ञा जारी भएकोमा सोही निर्णयको आड लिई राजगुठीमा दर्ता भइरहेको जग्गालाई जथाभावी गरी साविक मोहीबाट जग्गा झिकी जग्गा पजनी र बेचबिखन गरी सतल बिग्री रहेको समेत नबनाई रैतिलाई पिर गरेको बुझिन आएकोले फिराद गर्न आएको छु । त्यस्