निर्णय नं. ३४९२ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४९२ - ज्यान भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/३० २४४५ निर्णय नं. ३४९२ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ४५६ फैसला भएको मिति : २०४५।४।३०।१ मा वादी/पुनरावेदक : खेलू भण्डारीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.स.गढैया गा.पं. वा.नं.३ बस्ने कामी राउत कुर्मीसमेत मुद्दा : ज्यान (१) शंकाको भरमा मात्र ज्यान जस्तो अपराधमा अपराधी ठहर्‍याई सजायँ गर्न नमिल्ने । (प्रकण नं. ३१) (२) ज्यानसम्बन्धीको १४ नं. उसै मौकामा उठेको कुनै रीस थाम्न नसकी प्रहार गर्दा ज्यान मर्न गएको अवस्थामा मात्र लागू हुने । (प्रकरण नं. ३२) पुनरावेदकतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको लगतमा दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ : २. २०३८ साल भाद्र ६ गतेका दिन २ बजेको समयमा मेरो छोरा वर्ष २२ को रामस्वरुप भण्डारी मालीगाउँ देखि उत्तर मनुसमारा बाँधको तिरमा भैंसी चराउँदा कामी राउतको छोराले भैंसी नचराउ भन्दा कामीको छोरा दशरथलाई मेरो छोराले घच्याडी दिंदा दशरथले आफ्ना बाबुलाई भनेपछि कामी तथा कृष्णचन्द्र, अनुप, ठगाप्रसाद, जमिरि, खेलावन, गंगा समेत भई मेरो छोरालाई कुटपिट समेत गरेको र भैंसी समेत कामीले लगे, घाइते छोरालाई गाउँकै सुन्दरदेवले सुई दबाई समेत दिएका हुन्, कुटपिट गराउनमा गाउँकै वैधनाथ ठाकुर तथा वैधनाथ महतो समेतको राय सल्लाहबाट मेरो छोरालाई कुटपिटकै चोटपीरबाट रामस्वरुपको मृत्यु भएकोले कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको खेलु भण्डारीको जाहेरी । ३. जमिर राउत र जोगेन्द्रले पाता फर्काई बाँधेको र कामी राउत, कृष्णचन्द्र राउत गंगा राउतले लाठी हानेको, वैद्यनाथ ठाकुरले कुटेर आईज भनी बचन दिएका भन्ने समेत व्यहोराको अधिकांश मानिसहरुले गरिदिएका सरजमीन मुचुल्का । ४. वारदात हुनुभन्दा ३ दिन अगावै छातिको विरामीले ग्रस्त परी छोरा महेन्द्र राउतलाई साथमा लिई सीतामढी गई डाक्टरसंग दवाई उपचार गरी बनेको हुँ । २ दिनपछि पर्ने रामश्वरुपलाई बिन्देश्वर, कृष्णचन्द्र, गंगा राउत समेतका मानिसहरुले कुटपिट गरेको भन्ने सीतामढी मै सुनें, मैले कुनै अपराध गरेको छैन । २ वर्ष अगाडि म गडैया गा.पं.को उप प्रधानपञ्च भई काम गर्दा जाहेरवालालाई काम कुरामा चित्त नबुझी उठेका रीस इविबाट झुठ्ठा पोल गरेका मात्र हुन् भन्ने समेत व्यहोराको प्र.खेलावन राउतले प्रहरीमा गरेको कागज । ५. वारदात भयो भनेका दिन म गाउँमा छैन । बाबु खेलावन राउतलाई छातिको बिरामीले गर्दा उपचार गराउन ३ दिन अगाडि सितामढी डाक्टर कहाँ गई उपचार गरी बसेका छौं । रामश्वरुप झगडा भई कुटपिटबाट मरे भन्ने र झाडावान्ता पनि भएको थियो भन्ने सीतामढी मै सुनें । कसका कुटाइबाट मरे नदेखेको हुँदा किटान गर्न सक्तिन । तसर्थ म र मेरा बाबु समेत भई कुटपिट गरेको भन्ने झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.महेन्द्र राउतले प्रहरीमा गरेको कागज । ६. २०३८ साल भाद्र ६ गतेका दिन म आफ्नो गाउँमा नभई २ दिन अगाडि मेरो छोरीको छोरा नातीको छेवर र मुलसमानी गराउनु पर्ने हुँदा निमन्त्रणा गरेकाले भारत सीतामढी जिल्ला मेजरगञ्ज थाना मोहिनी गाउँमा गएको हुँ