निर्णय नं. ३४९३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४९३ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०३/२० २३५२ निर्णय नं. ३४९३ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं.५८५ सम्वत् २०४४ सालको फौ.सा.नं. १०८ फैसला भएको मिति : २०४५।३।२०।२ मा पुनरावेदक/प्रतिवादी : जि.कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेको सार्की भन्ने गम्भीरे दमाई विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ.वस्ने वन्तु दमिनीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) घटनापूर्वक परपुरुषसँग श्रीमतीको अनुचित सम्बन्ध भएको कुराबाटै विवाद परी वारदात हुन गएको स्थितिमा प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई मुलुकी ऐन अ.बं.१८८ नं.बमोजिम दश वर्ष कैद हुने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.प्रचण्डराज अनिल : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४३।७।९।१ को फैसला उपर पर्न आएको पुनरावेदन तथा साधक जाहेर भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा यसप्रकार छ : २. सेतीगंगाको तीरमा गंभिरे दमाईले निजकी श्रीमती र नाबालक छोरीलाई के गरी मारेछ, छोरीको ज्यानै बेपत्ता भएको स्वास्नीको लाश देखेको भन्ने खबर भएकोले र लाश समेत देखिएकोले निज गंभिरे दमाईलाई दाखिल गरेको छु । जे गर्नुपर्छ गरिपाउँ भन्ने समेत बत्ती दमिनीले धा चोक गा.पं.मा दिएको निवेदन र निवेदन साथ उक्त गा.पं.को पत्र समेत प्राप्त भएको । ३. पूर्व पुरुचौर गा.पं.एरिया पश्चिम लाहाचोक गा.पं.पर्ने भीर उत्तर सेती गण्डकी बगी आएको दक्षिण सेती गण्डकी यति ४ किल्लाभित्रमा गंभिरे दमाईको श्रीमती दुर्गा दमिनीको लाश उत्तानो परेको, निधारमा काटेको घाउबाट रगत बगेको देखिएको, भुँडी केही फुले जस्तो भन्ने समेत व्यहोराको मृतक दुर्गा दमिनीको लाश प्रकृति मुचुल्का । ४. मेरी श्रीमती यो दुर्गाबाट ३ छोरा २ छोरी जन्मिएका हुन, कान्छी छोरी जन्मेपछि मैले परिवार नियोजन गरेबाट मलाई झ्याम्म घुमाउने, स्वास्नीलाई करणी गर्न मन नहुने गरेको हुँदा हाम्रो झगडा हुने र निज श्रीमतीले गाउँको काले दमाईसँग अनुचित सम्बन्ध राखेको हल्ला हुन थालेपछि हाम्रो झगडा बढ्न थाल्यो । ०४०।१२।२९ गते मलाई औषधि गर्न भनी पोखरा आएको ऐ.३० गते आलु प्याजको झोला समेत बोकी घर जान हिंड्दा बाटोमा काले दमाईसँग पल्केको सम्बन्धमा झगडा हुँदै गएको थियो । सेती गण्डकी तर्दा बाँसको फटके पुग्दा झगडा झन् चर्केकोले फटके तर्ने बेलामा मैले रिसले छोरी बोकेकी स्वास्नी दुर्गालाई सोही फटकेबाट धकेली सेती गण्डकीमा फाली दिएको हुँ, छोरीको लाश कता पुग्यो थाहा छैन भन्ने प्र.सार्की भन्ने गंभिरे दमाईंको प्रहरीमा बयान । ५. बाँसको फटकेबाट गंभिरे दमाईले आफ्नी श्रीमती दुर्गा र छोरीलाई मार्ने नियतले धकेली सेती गण्डकीमा फालिदिएको हो, नाबालक छोरीको लाश बेपत्ता छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ६. सबूद प्रमाणबाट प्रतिवादी गंभिरे दमाईले आफ्नी श्रीमती, छोरीलाई सेती गण्डकीमा खसाली मारेको देखिन आएकोले निजलाई ज्या.सं.को १नं. को कसूरमा ऐ.को १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी । ७. मलाई करिब २ वर्षदेखि चक्कर लाग्ने दिमाग ठिक नहुने भएको छ । परिवार नियोजन गरेदेखि श्रीमती दुर्गासँग झगडा भइरहन्थ्यो । २०४०।१२।२९ गते म श्रीमती छोरी समेत भई पोखरातर्फ आएको केही सामान स