निर्णय नं. ३४९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४९५ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/१० २४०५ निर्णय नं. ३४९५ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ४४५ सम्वत् २०४५ सालको फौ.सा.नं. १३२ फैसला भएको मिति : २०४५।४।१०।२ मा पुनरावेदक/वादी : ईनर चौधरीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.सप्तरी शम्भुनाथ गा.पं.वार्ड नं. ७ बस्ने दनहु चौधरी थारुसमेत मुद्दा : कर्तव्य ज्यान (१) साधारण झगडा हुँदा आवेशमा आई हँसिया जस्तो हतियार प्रहार गरी मर्नेसम्मको अवस्था पार्ने अभियुक्तलाई कानुनको सो अ.बं.१८८ नं.को सुविधा दिन उचित नदेखिने । (प्रकरण नं. १९) (२) १४ वर्षको नाबालकले उमेर पुगेकोलाई ज्या.सं.महलको १३ नं. मा उल्लेख भएबमोजिम मार्नको लागि भाग्न उम्कन नपाउने गरी समाती राख्न सकेको होला भन्ने पत्यारलायक देखिन नआउनुको साथै मर्नेलाई कुनै अवस्था भाग्न उम्कन नपाउने गरी समातेको भनी मान्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की फैसला न्या हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।३।४ को फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको पुनरावेदन परी तथा साधक सदरको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २०३९ साल कार्तिक २३ गतेका दिन डाँका दनहु र ध्रुव नाराणको भरत चौधरीको बाँसको कची काटेको सम्बन्धमा झैझगडा हुँदा दनहुको हातमा भएको हँसियाले भरतको घाँटीमा रोपी घाइते भएको इलाज हुँदाहुँदै मृत्यु भएकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने जाहेरी दर्खास्त । ३. गुन्द्रीमाथि भरत चौधरीको लाश रहेको टाउको पूर्व खुट्टा पश्चिम दायाँ कोल्टे भई आँखा दुबै बन्द बायाँपट्टि कुमको बगल घाँटीमा अन्दाजी २ ईञ्च गोलाई भएको घाउ सो घाउको प्वालबाट रगत निस्किएको भन्ने लाश प्रकृति मुचुल्का । ४. मर्ने मेरो लोग्ने भरत चौधरीको र दनहु चौधरीको बाँसको कची र वास काट्ने विषयमा झगडा मारपिट हुँदा दनहुले आफ्नो हातमा भएको हँसियाले हिर्काउँदा सो चोटबाट मृत्यु भएको हो भन्ने मर्नेकी श्रीमती फुलीमा चौधरीको कागज । ५. बुझिएका सरजमीन ११ जना मध्ये दफा १ र ११ ले हँसियाँ रोपी मारेको भनी भनेका र अन्य दफा २, ३, ४, ५, ६, ७, ८, ९, १० का व्यक्तिहरुले मार्नु पर्ने कुनै रिसइवी थिएन । दनहुको र भतिजा भरतको बाँसको कचि र बाँस काट्ने विषयमा झगडा हुँदा दनहुको हातमा भएको हँसियाले भरतको घाँटीमा अचानक लाग्न गई सोही चोटबाट मरेको हुनुपर्छ दनहुको भरत खास भतिजा हुन भनी वकी लेखी दिएको सरजमीन मुचुल्का । ६. बुझिए सम्मका सम्पूर्ण सम्मिलित कागजातहरुबाट सहोदर काका भतिजाको नाता र खास मार्नु पर्ने स्थिति समेत नदेखिएको बाँसको कचि र बाँस काटेको विषयमा काका भतिजाको भनाभन झगडा हात मिसामिस गरी कुटपिट हुँदा सो अवस्था दनहुले कचि काट्न लिई गएको हातमा भएको हँसिया अचानक मर्ने भरतको घाँटीमा लाग्न गई सो चोटबाट इलाज हुँदाहुँदै मृत्यु भई ऐ.ज्या.सं.को ५ नं.बमोजिम कसूर गरेको देखिन प्रमाणित हुन आएकोले दनहु चौधरी उपर ऐ.को दफा ६ को २ बमोजिम कारवाही भई सजायँ हुन र ध्रुवनारायण चौधरीलाई अधिकांश सरजमीनले सफाई दिए तापनि जाहेरी दर्खास्त र मर्नेको श्रीमती फुलिमा चौधरीको कागजबाट घटनास्थलमा सरिक देखिएको र १४ वर्षको उमेर समेत देखिएकोले निज ध्रुवनारायण उपर म