निर्णय नं. ८४३० - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४३० - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०४/१९ ३७८३ निर्णय नं. ८४३० ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला रि.पू.इ.नं.: २०६६–WF–००१२, ००१३ आदेश मितिः २०६७।४।१९।४ विषय :– उत्प्रेषणसमेत । निवेदकः जिल्ला धनुषा गा.वि.स.सबैला वडा नं.५ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.९ गैरीगाउँ बस्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) तथा संविधानसभा सदस्य मातृकाप्रसाद यादव विरुद्ध विपक्षीः संविधानसभा सचिवालयं समेत निवेदकः जिल्ला सिराहा गा.वि.स. चन्द्रलालपुर वडा नं.६ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.९ गैरीगाउँ बस्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) तथा संविधानसभा सदस्य जगतप्रसाद यादव विरुद्ध विपक्षीः संविधानसभा सचिवालय समेत § विधायिका वा संविधानसभाभित्र विधायक वा सभासदहरूलाई छलफलका क्रममा आफ्नो विचार अभिव्यक्त गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको हुन्छ । सो कामका लागि संविधानसभा आफैं सार्वभौम जनताको Delegate भएको कारण सभाभित्रको सम्पूर्ण आन्तरिक कामकारवाही एवं कार्यविधि नियमित गर्ने अधिकार उसलाई हुन्छ । सो कुरामा अदालतले हस्तक्षेप गर्न नसक्ने । (प्रकरण नं.२) § संविधानसभाले गरेको आन्तरिक कामकारवाहीको प्रक्रियाबाहेक संविधानसभाले कुनै निर्णय गर्दा संविधान वा प्रचलित कानूनविपरीत हुने गरी स्वेच्छाचारी ढंगले वा अधिकारक्षेत्रविहीन निर्णय हुन जान्छ भने त्यस्तो अवस्थामा यस अदालतले असाधारण अधिकारक्षेत्र प्रयोग गरी त्यस्तो निर्णयको न्यायिक पुनरावलोकन गर्नसक्ने । (प्रकरण नं.३) § संविधान र प्रचलित कानूनको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई प्रदान गरिरहेको हुँदा यस अधिकारको दावी संविधानबमोजिमका अन्य कुनै पनि निकायले गर्न नमिल्ने । (प्रकरण नं.७) § कुनै पनि राजनीतिक दलले आफ्नो दलमा आबद्ध सदस्यहरूलाई अनुशासनमा राख्न अवलम्बन गर्ने प्रक्रिया राजनीतिक दलको आन्तरिक विषय भएकाले यो यस्तो प्रक्रिया अवलम्बन गर्नुपर्छ भनी अदालतबाट निर्देशित गर्न नमिल्ने । (प्रकरण नं.११) § पार्टीले आफ्ना सदस्यहरूलाई सोध्ने स्पष्टीकरणको ढाँचा वा त्यसको प्रक्रियाका बारेमा अदालतले हस्तक्षेप गरी यो यस्तै ढाँचा प्रयोगमा ल्याउनु पर्ने भनी भन्न नमिल्ने । (प्रकरण नं.१२) § दलसँगको आबद्धता बिना दलसँग आबद्ध भएको कारणले प्राप्त गरेको संविधानसभाको सदस्य पदले निरन्तरता पाउन सक्ने अवस्था नहुने र निवेदकहरूले आफूहरू साविकको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा यथावत् रुपमा आबद्ध रहेको भनी दावी लिनु मात्र पर्याप्त नहुने । § निर्वाचन आयोगबाट आबद्ध रहेको भनिएको दलको वैधता समाप्त पारिसकेको अवस्थामा त्यस्तो अस्तित्वविहीन दलको प्रतिनिधित्व गरी संविधानसभाको सदस्य पदमा रहन नमिल्ने । (प्रकरण नं.१८) निवेदकहरूका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद भण्डारी, श्री सिन्धुनाथ प्याकुरेल, श्री महादेवप्रसाद यादव, श्री विश्वकान्त मैनाली, श्री खेमनारायण ढुंगाना, श्री यज्ञमूर्ति बञ्जाडे, श्री बसन्तराम भण्डारी, श्री श्यामप्रसाद खरेल, श्री हरिहर दाहाल, श्री बद्रीबहादुर कार्की, श्री कमलनारायण दास तथा विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री सुशीलकुमार पन्त, श्री गोविन्द शर्मा पौडेल, श्री मिथिलेशकुमार सिँह, श्री हरि