निर्णय नं. ३४९६ - गोश्वारा दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४९६ - गोश्वारा दर्ता कायम भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/२३ २७५७ निर्णय नं. ३४९६ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ५१३ फैसला भएको मिति : २०४५।४।२३।१ मा पुनरावेदक/वादी : धनकुटा नगर पञ्चायत वडा नं.६ बस्ने पद्मकुमार श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : धनकुटा नगर पञ्चायत वडा नं.५ बस्ने सुवर्णकुमार श्रेष्ठ मुद्दा : गोश्वारा दर्ता कायम (१) गोश्वारा हकको जग्गा गोश्वारा हक हुने एक अंशियारको नाउँमा नापी भएकोमा सोबाट अरु गोश्वारा हक हुने अंशियारको हक निजको हक टुटेको प्रमाण बेगर टुट्न नसक्ने । (प्रकरण नं. ११) (२) नापी पछि तायदाती दिंदा समेत विवादको जग्गाहरुमा वादीको समेत हक लाग्ने भनी देखाई तायदाती समेत दिएको देखिन आएकोले यस अवस्थामा नापी उपर म्यादभित्र उजूर नगरेको भन्ने विपक्षीतर्फका जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. पाण्डव सिंहका ४ छोरा जेठा मोती लाल, माहिला हरिलाल, साँहिला इन्द्रलाल, कान्छा ज्ञानबहादुरको १९९३।१०।१६ मा बण्डा हुँदा धनकुटा जिल्लाको चौविसे कुरुले तेनुवा, मुढे बाँसको डुम्रे, चुवाडे वडार बाख्रे समेतका जग्गा गोश्वारा दर्ता भई सो मध्ये जुवाडे, वडारे बाख्रेको ३ कित्ता जग्गा गोश्वाराबाट साहुलाई बन्धकी दिइएकोमा १९९७ साल महाजाँचमा मेरो बाजे मोतिलालका नाममा दर्ता भई वहाँ पछि मेरो दाजु देवीकुमारले बन्धकी थैली साहुलाई तिरी पुनः गंगारामलाई बन्धकी दिनु भयो । डुम्रे चुवाडेको खोलाबाट उकास भएको जग्गा शंकरकुमार श्रेष्ठ इन्द्रलालको छोरा गोविन्दलाल श्रेष्ठ र ज्ञानबहादुरको छोरा उत्तरकुमार श्रेष्ठ, मोतिलाल श्रेष्ठको छोरा, मेरो दाजु देवीकुमार श्रेष्ठको संयुक्त नाममा २०१० सालमा गोश्वारा रुपमा दर्ता भई देवीकुमार दर्ताको जग्गामा सगोल हुँदा सगोलबाटै भोग तिरो गरी आएकोमा विपक्षीको पिता मेरो दाजु देवीकुमार, भाइ रत्नकुमार, दाजु चद्रकुमार र बहिनी लक्ष्मीकुमारीदेवी र मेरो समेतका बीचमा २०१५।३।१२।५ मा बण्डा हुँदा पिता मोतीलालको भागमा परेको १ भाग जग्गाको ४ भाग लगाई गोश्वाराबाटै भोग तिरो गरी आई भू.सु. ७ नं. फाँटवारी भर्दा मैले क्र.सं.१०, ११, १९, २०, २१ मा र देवीकुमारले क्र.सं.२२, २३, ३१, ३२, ३३ मा भरी भूमिसुधार कार्यालयमा दिएका, भाइ रत्नकुमारले विपक्षीको पिता देवीकुमार उपर अंश मुद्दा दिई कारवाही चलिरहकै अवस्था उक्त जग्गाहरु नापी हुँदा कुरुले तेनुपा गा.पं.वार्ड नं. ५ मा कि.नं.१७६, १७७, १७८ वार्ड नं. २ मा कि.नं.४०, ८८, १९१, ८९ मा ६२–५–० मुदे वास गा.पं.वार्ड नं. ५ मा कि.नं. २९०, २९१, २९२ मा ७७–१५–३ समेत १४०–४–३ जग्गा नापी भयो अंश मुद्दा चलिरहेको कारणबाट कसैको नाममा नापी नभई झगडा जनिई दर्ता नभई रहेको थियो । सर्वोच्च अदालतबाट २०१५।३।१२ को बण्डा सदर गरी फैसला भएपछि पिता मोतिलालका भागको ४ भागको १ भाग जग्गा मेरो नाम गोश्वारा दर्ता हुने हुँदा दर्ता गरिपाउँ भनी मालपोत कार्यालय धनकुटामा निवेदन दिँदा मेरो नाममा दर्ता नहुँदै उत्तरकुमार, नारायणकुमार, रबिन्द्रलाल