निर्णय नं. ३४९७ - व्याज भराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४९७ - व्याज भराई पाउँ भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/३१ २८८६ निर्णय नं. ३४९७ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६२२ फैसला भएको मिति : २०४५।४।३१।२ मा पुनरावेदक/वादी : का.प.जि.खरेलथोक गा.पं.वा.नं.२ बस्ने रामप्रसाद सेढाई विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.देउभूमि वलुवा गा.पं.वा.नं.४ बस्ने पद्मकुमारी नेउपाने मुद्दा : व्याज भराई पाउँ (१) लेनदेनको ३ नं.मा भएको व्यवस्थाबाट दृष्टिबन्धक लेखिएकोमा भाखा नाघेको मितिले बन्धक लिएको जग्गा चलन गर्नुपर्ने चलन नदिए नालिश दिनुपर्ने र म्याद नघाई बसी चलन नलिए मात्र दृष्टिबन्धक लिखत कपाली सरह हुने । (प्रकरण नं. १३) (२) वादी आफैंले म्यादभित्र दिएको फिरादबाट चलन पाउने ठहरेपछि फेरि सो दृष्टिबन्धक लिखतको आधारमा कपाली सरह कायम गरी ब्याज पाउने भन्ने कानुनले नमिल्ने । (प्रकरण नं. १३) विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री महेन्द्रकान्त मैनाली फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।५।२५ को फैसलामा चित्त नबुझी पुरावेदनको अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त गरी दर्ता भएको प्रस्तुत मुद्दाको विवरण निम्न प्रकार छ । २. विपक्षीले घरखर्च गर्न भनी मबाट रु.२०,०००।– कर्जा लिई आजको तीन वर्ष भित्र दशौंदका दरले साँवा ब्याज दिने, नदिएमा हालको सर्भे नापीमा कि.नं.१०२ को रोपनी १२–०–३–० को जग्गा घर समेत भोगचलन गरी खानु भनी दृष्टिबन्धक राखी २०३६।११।१६।५ मा पारित गरिदिएकोमा साल साल दिनुपर्ने ब्याज समेत नदिएकाले तीन वर्षको ब्याज रु.६०००।– दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. साँवा ब्याज रु.१५,०००। लिई २०,०००। दृष्टिबन्धकमा राखी हक भोगको जग्गा घर समेत लेखी दिई म आफैंले भोगचलन गरी सयकडा १० प्रतिशत कूत नगदी बुझाई आएकोले ब्याज भराई नदिनु पर्ने हो । मेरो लोग्ने थुनामा परेकोले म अवला नारीलाई झुठ्ठा फिराद दिएका मात्र हुन भन्ने समेत व्यहोराको पद्मकुमारीको प्रतिउत्तर । ४. दृष्टिबन्धकलाई प्रतिवादीले इन्कार गर्न नसकेको र ब्याज बुझाएकोतर्फ ठोस प्रमाण प्रतिवादीले गुजार्न नसकेको समेत देखिँदा दावी बमोजिम ब्याज भराई पाउने ठहर्छ भन्ने समेत शुरु का.प.जि.अ.को मिति २०४०।७।२४ को फैसला । ५. का.प.जि.अ.को फैसलामा चित्त नबुझी प्रतिउत्तर बमोजिम गरिपाउँन भन्ने समेत प्रतिवादीको बा.अं.अ.मा परेको पुनरावेदन । ६. व्याज भराउने गरेको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत बा.अं.अ.को २०४१।५।२ को फैसला । ७. बा.अं.अ.को फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको म.क्षे.अ.मा परेको निवेदनपत्र । ८. २०३६।११।१६ को लिखित बमोजिम ३ वर्षको ब्याजको दावी भएकोमा २०३९।११।१२ मा परेको फिरादबाट २०३९ सालको समेत ब्याज भराएको मिलेको नदेखिएको र लेनदेन व्यवहारको ३ नं.बमोजिम जग्गा चलन चलाई पाउँ भनी २०४०।१।२४ मा छुट्टै फिराद परिसकेको अवस्थामा व्याज समेत भराई दिने गरेको इन्साफ त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति २०४१।६।२९ को म.क्षे.अ.को आदेश । ९. यिनै वादी प्रतिवादीका बीचको चलन चलाई पाउँ भन्ने दे.पु.नं. ११४९ को मुद्दामा वादी दावा बमोजिम २०३६।११।१६ को दृष्टिबन्धक तमसुकको लिखत बमोजिमको भाखाभित्र साँवा व्याज प्रतिवादीले नबुझाएको र चलन समे