निर्णय नं. ३४९८ - जोत दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४९८ - जोत दर्ता भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/०९ २२४३ निर्णय नं. ३४९८ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ७५४ फैसला भएको मिति : २०४५।४।९।१ मा पुनरावेदक/वादी : का.न.पं.वडा नं.१२ टेकु बस्ने भैरवमान महर्जन विरुद्ध विपक्षी/प्रतिवादी : गुठी संस्थान, केन्द्रीय कार्यालय मुद्दा : जोत दर्ता (१) गुठी संस्थान ऐन, २०२१ को दफा १७ को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्थाबाट गुठी जग्गामा कसैले घर बनाई बसेको भए निजलाई सो घरबाट उठाउन पाउने छैन भन्ने व्यवस्था भएको र गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले पनि सोही व्यवस्था अनुरुप कसैले गुठी जग्गामा स्वीकृति नलिई घर बनाई बसेको भए मोहियानीमा दर्ता गरिदिने व्यवस्था गरेकोबाट विवादीत घर जग्गामा वादीको हक कायम नहुने भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफउपर चित्त नबुझाई वादी भैरवमानको पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०४४।२।४ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. का.जि.मखनटोल बस्ने भावसिंह प्रधानले का.जि.टेकुमा श्री जगन्नाथजीको मन्दिर बनाई मुर्ति स्थापना गरी नित्य पूजा चलाउन जग्गा समेत गुठी राखी पूजा चलाउने व्यवस्था गर्नु भएको, निजको सन्तान चन्द्रामान प्रधानले मेरो पिता भुयुचा भन्ने आशामान महर्जनतर्फ उक्त गुठी जग्गामा पक्कि घर बनाउन दिई मोही कायम गरेको सो जग्गा र घर समेत सर्भे नापी हुँदा का.न.पं.वार्ड नं. २(क) कि.नं.३९ क्षेत्रफल ७–३–० भई जोताहामा पिता आशामान महर्जन भई किसानको महलमा जगन्नाथमा तिरो तिरी खाएको भन्ने लेखाई जोताहाको प्रमाण पूर्जा प्राप्त गरेकोमा मेरो पिता २०२९ सालमा परलोक भएको हुँदा उक्त घरजग्गा पिताको नाउँबाट जोत नाउँसारी गरिपाउँ भनी भू.सु.का.काठमाडौंमा निवेदन गर्दा पिताको नाउँको जोतका लगत कट्टा भई गुठी संस्थानको नाउँमा जोत कायम भइसकेकोछ भन्ने जवाफ दिएको हुँदा के कुन कारणले मेरो पिताको नाउँको जोताहा हक कट्टा गरी गुठी संस्थानको नाउँमा सो हक कायम गरेको हो मलाई कुनै थाहा नभएको उक्त कार्यालयले मेरो कानुनी हक बञ्चित गरेको हुँदा प्रमाण बुझी मेरा नाउँमा नाउँसारी गरी जोताहा प्रमाणपत्र दिलाई दिनु भन्ने जि.का.काठमाडौंका नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भन्ने समेत व्यहोराको २०३८।३।१९ को भैरवमान महर्जनले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए भू.सु.का.र गुठी संस्थान समेत बुझी निवेदकको मोहियानी लगत कट्टा भएको हो भन्ने के कारणबाट लगत कट्टा भएको रहेछ यथार्थ विवरण खुलाई सरकारमा जाहेर हुन चाँडो प्रतिवेदन जाहेर गर्नु होला भन्ने मिति २०३९।२।१३ को जि.का.काठमाडौंका नाउँमा आदेश भएको । ३. भू.सु.का.काठमाडौं र गुठी संस्थान के.का. बुझी सो कार्यालयहरुले विवरण खुलाई पठाएको विवरण जि.का.काठमाडौंले २०३८।३।१८ मा जाहेर गरेकोमा यसमा विन्तिपत्रको व्यहोरा साँचो भए बाबुको नाउँको जोताहा हक नामसारी गरिपाउँ भन्नेतर्फ जो बुझ्नु पर्ने बुझी कानुन बमोजिम निर्णय गरी नतिजा जाहेर गर्नु निवेदकलाई जनाउ द