निर्णय नं. ३५०० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५०० - अंश भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०५/०९ २४२९ निर्णय नं. ३५०० ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ७१९ फैसला भएको मिति : २०४५।५।९।५ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वा.नं.७ कुमारीगाल बस्ने भैरवबहादुर बस्नेत क्षेत्री विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने रामबहादुरको मु.स.गर्ने सीतादेवी बस्नेत मुद्दा : अंश (१) सम्पत्तिमा आफ्नो भाग पाई आफ्नो नाउँमा दर्ता गरी भोग समेत गरी सकेपछि फेरि अंश पाउँ भनी पर्न आएको फिराद अंशबण्डाको ३० नं. मा भएका व्यवस्थाले नमिल्ने । (प्रकरण नं. १३) फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछ । २. बाबा अम्बरबहादुर, आमा खडादेवीबाट जायजन्म भएको छोरा जेठा विपक्ष भैरवबहादुर, माहिला लाटो र म फिरादी कान्छा भएका र बाबु परलोक हुनु भएपछि हामीहरुको मन नमिली २०२३।२।१५ मा मानु छुट्टी आमासंग दाजु भैरवबहादुर बस्नु भएकोमा आमा पनि २०२३ सालमा परलोक हुनु भएपछि पितापूर्खाको श्रीसम्पत्ति विपक्षी जिम्मा रहेकोले मेरो अंश छुट्याई दिनुहोस् भनी भन्दा वास्ता नगरी टारवार मात्र गर्नु भएकोले मानो छुट्टिएको मिति २०२३।२।१५ का अघिल्ला दिन तकको विपक्षीसंग चलअचल श्रीसम्पत्तिको तायदाती लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. यो वादी समेतको अघि लक्ष्मीबहादुर समेत प्रतिवादी यो वादी र म समेतका नाउँमा अंश मुद्दा दिंदा ५ भाग गरी अंश छुट्याई दिने कुरामा स.अ. समेतबाट २०३०।७।१० मा फैसला भई बण्डा छुट्याई दिएको छ । सो बण्डा बमोजिम श्री पशुपति भण्डारखाल तहसीलका जग्गा ५ जवानको नाउँमा दर्ता भई निजको भाग विजय सिंलाई बिक्री गरिसकेको छ, यसरी अंशबण्डा भई आफ्नो भाग बुझी लिई बिक्री व्यवहार गरिसकेको व्यक्तिले अंशबण्डाको ३० नं. विरुद्धमा यो फिराद गरेको हुँदा वादी नलाग्ने प्रष्ट छ वादीको झुठ्ठा दावाबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादीले प्रतिवादीबाट फिराद दावा बमोजिम अंश लिन पाउने ठहर्छ । पेश भएको तायदातीबाट सम्पूर्ण सम्पत्तिमा ३ भागको १ भाग यी वादीले अंश पाउने ठहर भइसकेकोले सोही अनुसार बण्डा गरिदिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको २०४०।५।२२ को काठमाडौं जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन, यो फैसला अंशबण्डाको ३० नं.बमोजिम बदरभागी छ । बदर गरिपाउँ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतमा परेको प्रतिवादीको पुनरावेदनपत्र । ६. ३ भागको १ भाग वादीले अंश पाउने ठहराएको र सोही अनुसार बण्डा गरिदिन पर्ने ठहराएको समेत इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको २०४०।९।२६ को फैसला । ७. उक्त फैसलामा चित्त बुझेन, बा.अं.अ.को फैसला अंशबण्डाको ३० नं. को खिलाफमा भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको म.क्षे.अ.मा परेको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ.सिंगलबेञ्चको आदेश । ८. अंशबण्डा भइसकेको ठहर्‍याउन भरपर्दो सबूत चाहिन्छ । अनुमानको भरमा बण्डा भइसकेको ठहराउने हो भने कतिपय अंशियारा निरअंशी हुन जाने अवस्था हुने हुँदा प्रस्तुत मुद्दामा पनि वादी रामबहादुर र प्रतिवादी भैरवबहादुर बीच अंशबण्डा भइसकेको ठहराउन न्याय