निर्णय नं. ३५०१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५०१ - अंश भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०५/२७ २४७० निर्णय नं. ३५०१ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ५६१, ७७२ फैसला भएको मिति : २०४५।५।२७।२ मा पुनरावेदक/प्रतिवादी :पर्वत जिल्ला विहाडी रानीपानी गा.पं.वा.नं.१ बस्ने गगनबहादुर कुँवर विरुद्ध विपक्षी/वादी : ऐ.केशवबहादुरको घरमा बस्ने गरी आएकी रेवती कुँवर पुनरावेदक/वादी : ऐ.रेवती कुँवर विरुद्ध विपक्षी/प्रतिवादी : गगनबहादुर कुँवर मुद्दा : अंश (१) घरसारमा बण्डा गरी आफ्नो भाग बण्डा बुझी लिई दिई सोही बमोजिम दा.खा.तथा अरु लेखाई देखाई समेत गरी भोगचलन समेत गरी सकेपछि घटी बढी परेको भए उसै अवस्था उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.हिरण्येश्वरमान प्रधान : प.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको विवरण निम्न प्रकार छ । २. विपक्षी लोग्ने रत्नबहादुरका श्रीमतीमा जेठी देउरुपाका गगनबहादुर, बखतबहादुर २ छोरा माहिलीका छोरा नभएको साहिलीका १ छोरा नरबहादुर कान्छी म रेवतीको १ छोरा केशवबहादुर समेत ४ भाइ छोरा भएका अरु वादीहरु मरिसकेका लोग्ने रत्नबहादुर म समेतका ६ अंशीयार मात्र जीवित रहेका र सबै सगोलमा बसिरहेकोमा सौतेनी छोराहरुले गरेको नचाहिँदो कुरा सुनी खान लाउन नदिएकोले म बेग्लै बस्छु अंश दिनुहोस भनी २०३८।९।२५ का दिन विपक्षीहरुसँग भन्दा रत्नबहादुरले अंश दिन्न भन्दा सबै एक मुख गरी तलाई घर बस्न पनि दिंदैनौ भनी खान लाउन पनि दिदैंनौ भनेबाट अन्यायमा परी फिराद गर्न आएको छु । ६ भाग लगाई १ भाग अंश दिलाई पाउँ भन्ने रेवती कुँवरनीको फिरादपत्र । ३. वादी दावी बमोजिम अंश दिनु पर्ने होइन वादी रेवती र निजको छोरा केसवबहादुर २०१८।११।१२ देखि नै विधिवत अंशबण्डा भई छुट्टी भिन्न भएका र वादीका आमा छोरा एकासगोलमा बसी आएकोमा ०२४ साल बैशाख १ गते स्याङ्जा जिल्ला भीरकोट बाराही कालिका गा. पं.वडा नं.६ धरमपानी बस्ने देवीनाथ कुवर सँग पोईल गई म सँगको नाता समेत टुटेकोले अंश पाउनु पर्ने भन्ने वादी दावी झुठ्ठा हो भन्ने प्र.रत्नबहादुरको प्रतिउत्तर । ४. ल्याइते नाताकी स्वास्नी छोरा हो र पिताको अंश मजकुर पितासँग राखी विवाहिता देउरुपा र निजका छोरा हामी २ भाइले २ अंश लिई २०१५।१२।१७ मा छुट्टी भिन्न भइसकेकोमा आमा देउरुपा स्वर्गे भएपछि हामी दुई भाइ बीच २०१७।१०।१० गते परस्पर लिनु दिनु गरी बण्डापत्र हुँदा फिरादी रेवती अन्तरसाक्षी बसेकी हुन् । निज समेत पनि २०१८ सालमा छुट्टी भिन्न भइसकेकी हुँदा अंश दिनु पर्ने होइन भन्ने प्र.गगनबहादुर, बखतबहादुर समेत २ जनाको संयुक्त प्रतिउत्तरपत्र । ५. म २०१७ साल पौष २५ गते घरसारको बण्डापत्रको कागज गरी छुट्टी भिन्न भई आफ्नो भाग बमोजिम अंश पाई दाखेल खारेज समेत भएको र म भारतमा नै पल्टनमा नोकरी गरी कमाई ल्याएको धनबाट जग्गा जमीन खरीद गरी बढाएको देखी खान पाउने नियत राखी झुठ्ठा फिराद गरेकी हुन् वादीलाई अंश दिनु पर्ने होइन भन्ने समेत नरबहादुरको प्रतिउत्तरपत्र । ६. वादी रेवती तर्फका छोरा केशवबहादुरलाई शुरु पर्वत जिल्ला अदालतबाट अ.बं.१३९ नं.बमोजिम पेटबोलीबाट बुझ्दा जीवन पालन स्वरुप बाबुले अड्कली दिएको जग्गा सम्म चलन गर