निर्णय नं. ३५०२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५०२ - अंश भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०५/१५ २४४० निर्णय नं. ३५०२ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६१९ फैसला भएको मिति : २०४५।५।१५।४ मा पुनरावेदक/वादी : बांके माई गाउँ गा.पं.वा.नं.५ राझा बस्ने सुलोचना मिश्र विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने वामदेवप्रसाद शर्मासमेत मुद्दा : अंश (१) सगोलमै रहेको अवस्थामा नदीकाट बालु बूर्जमा सकारेको र आफूले बकस पाएको भए पनि अंशबण्डाको १८ नं. मा भएको संशोधन पूर्व आर्जन गरेको देखिएकोले तत्काल प्रचलित अंशबण्डाको १८ नं. मा भएको व्यवस्थाले सगोलका सबै अंशियारले भाग पाउने नै देखिन आउने । (प्रकरण नं. १४) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह उल्लिखित मुद्दा : ने.का.प. २०४१ नि.नं. २०८४ पृष्ठ १०१३ को मुद्दामा स.अ.बाट सिद्धान्त प्रतिपादित । फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१२।२९ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. प्रतिवादी वामदेवप्रसाद प्रतिवादी लोग्ने प्राणपतिको जेठी पत्नीबाट जन्मेका छोरा हुन म निज लोग्नेको कान्छी पत्नीबाट अविवाहिता छोरा अनिल र छोरी पुनम, निलम रीता र सुमित्रा छन् । हामी वादी प्रतिवादीको अंशबण्डा नभई एकासगोलमा छौं छोरा वामदेवप्रसाद मिश्र र बुहारी शान्तिले मलाई सौतेनी आमा भनी उपेक्षाको दृष्टिले हेर्ने गर्थे पुर्खौली र मेरा गहना बिक्री गरी छोरा बुहारीका नाउँमा घरजग्गा जोड्नु भयो म तर्फबाट सो अवस्थामा छोरा नहुँदा सहन गरी चुप लागि बसेको थिएँ २०३८ साल आषाढ १६ गते विहान छोराको खाना सम्बन्धमा विवाद कलह उठाई लोग्ने प्राणपति पनि आई छोरा बुहारीको पक्षमा लागि कुटपिट समेत गरी घरबाट निष्कासन गरिदिनु भयो मैले अंश र छोरीको विवाह खर्च माग गर्दा प्र.हरुले इन्कार गरेकोले अंशबण्डाको १,२ नं.बमोजिम ४ खण्डको १ खण्ड अंश र विवाह खर्च समेत दिलाई भराई पाउँ भन्ने सुलोचनादेवीको फिरादपत्र । ३. फिराद जिकिर अनुसार हामीहरु एकासगोलमा छैनौं, प्र.प्राणपति र वादी एकासगोलमा छन् । बांके मनिकापुर गा.पं.वार्ड नं. ६ कि. नं. ३०० को जग्गा विगहा ०–१–० शान्तिले आफ्नो दाइजोको रुपैयाँ लगाई खरीद गरेको हुँदा शान्तिदेवीको एकलौटी हक भोग छ । अरु बांके मनिकापुर गा. पं.वार्ड नं. ६ को कि.नं.२९९ को ज.वि.०–१–७ म वामदेवप्रसादले राममिलनबाट दान बक्स पाई रजिष्ट्रेशन गराई भोगचलन गरी राखेको छु र चटार गा. पं. वडा नं.५क. कि. नं. १८२ को ज.वि.६–१३–५–३/४ म बामप्रसादले नदी काट बालुबुर्जा २०२६।१।२७ मा सकार गरी भोगचलन गरिआएको हुँदा सो समेतको जग्गा म बामदेव बाहेक अरु कसैको हक छैन वादीको झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने वामदेवप्रसाद र शान्तिदेवीको एकै मिलानको प्रतिउत्तरपत्र । ४. वादीलाई मैले घरबाट निष्कासन गरेको छैन प्र.शान्तिदेवी र प्र.वामदेवप्रसादका नाममा नै सगोलको सम्पूर्ण अचल सम्पत्ति दर्ता रहेको छ वादीको पनि सो सम्पतिमा अंश हक छ भन्ने समेत व्यहोराको प्राणपति मिश्रको प्रतिउत्तरपत्र । ५. २०२९।३।१६ र २०२२।१।१४ को बिकाता बाहेक फाँटवारीमा लेखिएअनुसारको सम्पत्तिमा वादी दावी बमोजिम अंश पाउने ठहर्छ भन्ने शुरु बांके जिल्ला