निर्णय नं. ३५०३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५०३ - उत्प्रेषणयुक्त परमादेश भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०३/२२ २२७७ निर्णय नं. ३५०३ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको रिट नं. २१३१ आदेश भएको मिति : २०४५।३।२२।४ मा निवेदक : जि.चितवन खेरहनि गा.पं.वा.नं.८ बस्ने विकाराम महतोसमेत विरुद्ध प्रत्यर्थी : जि.चितवन खेरहनी गा.पं.कार्यालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१) मा भएको व्यवस्थाबाट कुनै जग्गावालाले घरबासको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले गाउँ पञ्चायतको इलाकामा आधा विगहासम्म र नगर पञ्चायतमा ४ कठ्ठासम्म भन्ने व्यवस्था गरेको पाइएकोले व्यक्ति व्यक्तिले आफ्नो दर्ताको जग्गा सो व्यवस्थाले तोकेको हदसम्मको जग्गा झिक्न निवेदन गर्दछ भने त्यस्तो व्यक्तिले आफ्नो–आफ्नो हकमा छुट्टाछुट्टै निवेदन दिनु पर्ने । (प्रकरण नं. ९) (२) कानुनको रीत नपुगी परेको निवेदनबाट कारवाही भई पञ्चायतबाट भएको निर्णय कानुन मिल्दो भन्न नमिल्नुको साथै आफ्नो अधिकार प्रयोग गर्न आवश्यक जाँचबुझ गर्न सम्म पाउने समिति खडा गरी राय समेत लिई सोही रायको आधारमा गरेको ठहर पनि कानुनी भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संधिानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. म विकारामको नाममा दर्ता कायम रहेको गा.पं.खेरहनि वडा नं.२(ग) को ज.वि.१–१३–९ मिति ०३८।१।१७ को बण्डात्रबाट कित्ताकाट भई हामी निवेदकहरुको नाममा आएको छ । उक्त जग्गा बाहेक अरु हाम्रो जग्गा नभएकोले बेग्लावेग्लै घरबास गरी बस्न जग्गा अत्यावश्यक भएको उक्त जग्गाको मोही प्रेमलाललाई कानुन बमोजिम पाउने क्षतिपूर्ति दिलाई भू.सं. ऐन, २०२१ को दफा २७(१) बमोजिम जग्गावालाले बसोबास गर्न घरबारीका निमित्त मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी विपक्षी गाउँ पञ्चायतमा निवेदन दिएको थियो । विपक्षी प्रेमलालले उक्त जग्गाको मोहियानी हक छाड्न मञ्जूर छैन भनी बयान गर्नु भएछ । विपक्षी प्रधानपञ्चद्वारा गठित न्यायिक समितिका सदस्यहरुले जग्गाधनी र मोहीलाई मिलाउन प्रयास गर्दा मिल्न नचाहेको वास्तविक बुझ्दा जग्गाधनी विकारामले विभिन्न जाल परिपंच रची निजका नाता परिवारमा रहेको जग्गा साविक कित्ता काट गरी विभिन्न हाल कित्ता बनाएको मोहीको अन्य कुनै ठाउँमा जग्गा नभएको निजको परिवार धेरै भएकोबाट पनि मोहियानी छाड्न नचाहेको भनी राय पेश गर्नुभएको थियो सोही आधार लिई २०४३।९।१० को गाउँ पञ्चायत बैठकबाट घरबारीका निमित्त जग्गा झिकी नदिने निर्णय गरियो । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१) बमोजिम जग्गावालाले बसोबास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको क्रममा जग्गावालाबाट दिलाई जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले आदेश जारी गर्न हुन्छ भन्ने व्यवस्था अजुरुप हामी निवेदकहरुले स्थानीय पञ्चायतमा निवेदन दिंदा विपक्षी प्रेमलाललाई झिकाई जग्गाको क्षतिपूर्ति लिई घरबारीको निमित्त जग्गा झिक्न दिने सम्बन्धमा कुनै सोधपुछ नै नगरी मोहियानी हक छाड्न मञ्ज