निर्णय नं. ३५०४ - उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५०४ - उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०३/२१ २५०६ निर्णय नं. ३५०४ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट नं. १७७१ आदेश भएको मिति : २०४५।३।२१।३ मा निवेदक : महाकाली अं.अ.को सह लेखापाल पदमा कार्यरत धर्मानन्द लेखक विरुद्ध प्रत्यर्थी : जि.पं.सचिवालय पशुचिकित्शालय कंचनपुरमा कार्यरत सह लेखापाल नन्दाराज भट्टसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) कुनै कर्मचारी श्रावण १ गतेपछि आषाढ मसान्तभित्र नियुक्ति भएमा निजको कार्य सम्पादन मूल्यांकन फाराम भर्दा यदि निज श्रावण १ गतेपछि नियुक्ति भई पूरा अवधि काम नगरेकोबाट निजलाई पाउने भन्दा कम नम्बर दिनुपर्ने भएमा सो भर्ने अधिकारीले सो कुरामा विचार राखी अंक प्रदान गर्नसम्म मिल्ने कुरा हो तर एकपटक कानुन बमोजिम कार्य संपादन मूल्यांकन फाराम भरी अंक दिई सकेपछि बढुवा समितिले सो कर्मचारीले काम गरेको अवधि हिसाब गरी काम नगरेको अवधिको दामासाहीले अंक कटाउने कानुनी व्यवस्था निजामती सेवा नियमावलीको कुनै नियममा नदेखिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी एवं विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की र विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संधिानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं निर्णय निम्नानुसार छ । २. लोकसेवा आयोगको सिफारिशले महाकाली अञ्चल अदालतको रा.प.अ.द्वितीय श्रेणीको सहलेखापाल पदमा मिति २०३९।४।१७ को निर्णयानुसार मिति ०३९।४।२१ देखि बहाल भई हालसम्म कार्यरत छु । जि.पं.स.कृषि विकास शाखा कञ्चनपुर र दार्चुलाको लागि एक–एक पद गरी जम्मा दुई पद रा.प.अ.प्र.श्रेणीको लेखापाल पदको लागि बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भनी दर्खास्त आव्हान गरिएकोले म पनि सम्भाव्य उम्मेदवार हुँदा दर्खास्त पेश गरें र समितिबाट मेरो नाम समेत बढुवाको लागि सिफारिश गर्ने भनी मिति ०४३।३।१३ मा सूचना प्रकाशित भएकोमा प्र.नन्दराज भट्टले सो सिफारिशमा चित्त बुझेन भनी अञ्चलाधीशज्यूमा उजूर गर्नुभयो । ३. मेरो कार्य सम्पादन मूल्यांकन बापत पाएको अंकबाट २.०८ कट्टा गरी मेरो कूल अंक १९२.०२ तथा प्र.नन्दराज भट्टको कूल अंक १९३.०२ कायम गरी संशोधित नामावली प्रकाशित गर्ने भनी मिति ०४३।५।२० मा निर्णय गरी मिति ०४३।५।२४ मा समिति मार्फत सो सम्बन्धी सूचना प्रकाशित गरियो । ४. श्री अञ्चलाधीशज्यूले मेरो का.स.मु. बापतको ११२ अंकबाट २.०८ अंक कट्टा गर्नुभएको कुरा बढुवा उजूरी सम्बन्धी निर्णयबाट देखिन आउँछ । उक्त अंक कट्टा गर्नुपर्ने कारणको रुपमा म मिति ०३९।४।२१ देखि सेवा प्रवेश गरेको हुनाले मिति २०३९।४।१ देखि ऐ.२० गतेसम्म २० दिनको का.स.मु. फाराम बापतका अंकबाट दामासाहीले २.०८ अंक कट्टा गरिएको देखिन्छ । उजूरी सुन्ने अधिकारी का.स.मु. फाराममा सही गर्ने अधिकारी हुनहुन्न । कार्य सम्पादन सम्बन्धी मूल्यांकन नियमावलीको नियम ३.५(३)(ख) अन्तर्गतका सुपरिवेक्षक पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले अलग अलग मूल्यांकन गरी निर्विवाद भएको मूल्यांकन तथा दिएको अंक हुन्छ । बढुवा भएको अंकहरुमा केही त