निर्णय नं. ८४३५ - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४३५ - कर्तव्यज्यान भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०३/०८ ६०६५ निर्णय नं. ८४३५ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६५ सालको फौ.पु.नं .....०३४७ फैसला मितिः २०६७।३।८।३ मुद्दाः— कर्तव्य ज्यान । पुनरावेदक वादीः रेशमबहादुर खत्रीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः दाङ जिल्ला फुलवारी गा.वि.स. वडा नं. ८ बस्ने केशबहादुर बुढाथोकी शुरु फैसला गर्नेः मा.न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री अवधेश कुमार यादव मा.न्या. श्री राजेन्द्रराज पन्त § मैले कानून थाहा नभएर अपराध गरेको हुँ भनेर कसैले फौजदारी दायित्वबाट छूटको दावी गर्न नसक्ने । § तथ्यको अज्ञानता वा भूल (Mistake of Fact) को प्रश्न छ त्यो क्षम्य मानिन्छ । तथ्यको अज्ञानता सवै कानूनमा क्षम्य मानिन्न, केवल फौजदारी कानूनमा मात्र क्षम्य मानिन्छ । तथ्यको अज्ञानताको कारणले फौजदारी दायित्वबाट मुक्ति पाउन जुन तथ्यको भूलले गर्दा नघ्ट्नु पर्ने कार्य घटित भएको छ त्यस्तो तथ्यको ज्ञान भएको भए सो व्यक्तिले त्यस्तो कार्य गर्ने थिएन भन्ने कुरा प्रमाणित हुनुपर्छ र तथ्यको भूल उचित र कारणसम्मत् हुनुपर्ने । (प्रकरण नं.७) § मृतकलाई मार्नुपर्ने मनसाय, रिसइवी र पूर्व योजना नदेखिएको, शिकार खेल्न जंगलमा गएको अवस्थामा तथ्यको भूलको कारणले जनावरलाई भनी हानेको गोली मृतकलाई लाग्न गई ज्यान गएको परिस्थिति समेतको मूल्याङ्कन गर्दा ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम एक वर्ष कैद हुने । (प्रकरण नं.९) पुनरावेदक वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन ज्यानसम्बन्धी महलको ६(२) नं. फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०६४।१२।१२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः— मेरो छोरा वर्ष २३ को गीरबहादुर खत्रीलाई २०६३।१०।११ गते दिनको ११.०० बजेतिर गाउँकै केशबहादुर बुढाथोकी आई साथमा लिई शिकार खेल्न गएकोमा अन्दाजी १ बजेतिर केशबहादुरले चलाएको गोली लागी गीरबहादुरको घटनास्थल दुन्द्रा खोलामा मृत्यु भएकोले निज केशबहादुरलाई कानूनबमोजिम गरिपाऊँ भन्ने समेत रेशमबहादुर खत्रीको जाहेरी दरखास्त । मिति २०६३।१०।१२ को घटनास्थल प्रकृति मुचुल्का मिसिल सामेल रहेको । मिति २०६३।१०।११ गते विहानको खाना खाएर गिरीराज समेत ५ जना भई मैले मेरो घरबाट बन्दुक झिकी लोडगरी दुन्द्रा खोलातर्फ गयौं जंगलमा गइसकेपछि मसँग गएका गिरीराज र होमबहादुर बन्दुक लिएर बस्यौं । अन्दाजी ५ मिनेट पछि चारी लगाउन गएका २ जनाले चारीको संकेत नदिदै पात बजेको आवाज सुनी मैले पूर्ण तयारीका साथ घोडा तानी जनावर सम्झी एक्कासी गोली चलाउँदा गीरबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो भन्ने प्रतिवादी केशबहादुर बुढाथोकीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । मिति २०६३।१०।११ गते गाउँका बलीराम पुन, होमबहादुर खत्री केशबहादुर बुढाथोकी, गीरबहादुर खत्री र म समेत ५ जना नै शिकार खेल्न भनी दुन्द्राखोला तर्फ गयौं । गुणबहादुर पुन, बलिराम पुन समेत हामीहरू शिकार चारी लगाउन गयौं । अन्य तीन जनासँग बन्दुक भएकोले बन्दुक हान्न बसे । हामीहरूले चार