निर्णय नं. ८७९५ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७९५ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६९/०२/०७ ६९८८ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९५ सर्वोच्च अदालत, सयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६७ सालको २०६७–WO–०२७५ आदेश मितिः २०६९।२।७।१ मुद्दा : उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने वर्ष सेवा निवृत्त वरिष्ठ वैज्ञानिक छविलाल पौडेल विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत · सम्बन्धित कर्मचारी कार्यालयमा हाजीर हुन पाउने भएपछि हाजीर हुन सतत् प्रयत्नशील रहेको देखिनु पर्दछ । सो संस्था वा निकायले हाजीर नगराए अदालतलगायतका निकायमा प्रवेश गर्नुपर्ने हुन्छ । परिषदमा हाजीर हुने अवधिमा अन्यत्र कार्यरत् रहेपछि हाजीर गराइएन भन्नुलाई वहानावाजी मान्नुपर्ने । (प्रकरण नं.३) · निवृत्तिभरण सम्बन्धित निकायमा तोकिएबमोजिम सेवा गरेबापत प्राप्त हुने सुविधा हो । सो निकायमा नभई अन्य संस्थामा कार्यरत् रहने, सो निकायले हाजीर गराएन भनी लामो समयपछि बहानावाजी गर्ने पूर्व कर्मचारीलाई निवृत्तिभरण दिनुपर्ने भनी सो निकायलाई व्ययभार वहन गराउनु नियमअनुकूल एवं न्यायोचित नहुने । (प्रकरण नं.५) · व्यवहार र आचरणले निजलाई वास्तवमै अन्यायपूर्वक कानूनी हकबाट बञ्चित गरिएको छ भन्ने देखिनु पर्दछ । सुविधा पाउनुपर्ने माग कानूनसम्मत् र न्यायसंगत देखिनु पर्दछ । सुविधास्वरूप प्राप्त हुने कानूनी हकको दावी गर्नेले कानूनले तोकेको कर्तव्य निर्वाह गरेको पनि देखिनु पर्ने । (प्रकरण नं.६) · परिषद्द्वारा हाजीर नगराइएको भए अदालतसमेतमा तत्कालै उपचारको खोजी गरिनु पर्दछ । निवेदन दिनु नै हाजीर नगराइएको आधार हुन नसक्ने । · कुनै पक्ष असाधारण अधिकारक्षेत्रको माध्यमले न्याय प्राप्तिका लागि अदालतसमक्ष प्रवेश गर्दछ भने उसले सफा र शुद्ध हात लिई प्रवेश गर्नु आवश्यक छ । वास्तविक तथ्यलाई नै लुकाई अदालतमा प्रवेश गर्ने पक्षले न्याय प्राप्त गर्न सक्ने अवस्था नरहने । (प्रकरण नं.७) निवेदकतर्फबाटः विद्वान अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे र विद्वान अधिवक्ता परशुराम कोइराला अवलम्बित नजीरः सम्बद्ध कानूनः · नेपाल कृषि अनुसन्धान परिषद् (कर्मचारी प्रशासन) विनियम, २०४९ को विनियम २८ (१), ४०(२ग), ४६(२), (४) आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम उत्प्रेषणसहितको परमादेशको आदेश जारी गरिपाऊँ भनी यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को मिति २०४०।८।२६ को निर्णयानुसार नेपाल कृषि सेवा राजपत्राङ्कित प्राविधिक तृतीय श्रेणीको एग्रोनोमी समूह सहायक प्रो. एग्रोनोमिष्ट पदमा नियुक्त म निवेदक श्री ५ को सरकारकै मिति २०५०।११।२७ को निर्णयानुसार नेपाल कृषि अनुसन्धान परिषद्को विषय एग्रोनोमी, तह एस–१ को वैज्ञानिक पदमा समायोजित भई कार्यरत् रहेको थिएँ । नेपाल कृषि अनुसन्धान परिषद्को मिति २०५२।१२।११ को पत्रले तह एस–३ को वरिष्ठ वैज्ञानिक पदमा समायोजित भई कृषि अनुसन्धान केन्द्र जुम्लामा कार्यरत् रहेका बखत अत्याधिक उचाइ High Altitude तथा चिसोले गर्दा छातिसम्बन्धी रोग लागी काठमाडौँमा बसी उपचार गराउनु प¥यो । यसका लागि मिति २०५७।४।१३ मा सरूवा तथा असाधारण विदाको मांग गर्दै