निर्णय नं. ८४३८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४३८ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/११/११ २८२३ निर्णय नं. ८४३८ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको रिट. नं. २९१२v आदेश मितिः २०६६।११।११।३ मुद्दा : उत्प्रेषण समेत । निवेदकः गोरखा जिल्ला आँपपिपल गा.वि.स.वडा नं. ३ वस्ने दीपकचन्द्र देवकोटा विरुद्ध विपक्षीः कृषि विकास बैंक, मुख्य कार्यालय रामशाहपथ, काठमाडौं समेत § सेवा शर्तसम्बन्धी कानूनले कर्मचारीका सम्बन्धमा विभागीय कारवाही गर्ने नगर्ने सम्बन्धमा जाँचबुझ समिति गठन गर्ने वा नगर्ने र जाँचबुझ गराउने वा नगराउने भन्ने अख्तियारवालाको अधिकार र तजबीजको कुरा भएकाले अख्तियारवालाको अधिकारमा यस अदालतले हस्तक्षेप गर्न नमिल्ने । § अख्तियारवालाले जाँचबुझ गराउन आवश्यक नदेखी कृषि विकास बैंक कर्मचारी सेवा शर्त नियमावली, २०२४ को नियम १०(३) बमोजिम सफाईको मौका दिई सजाय समेत प्रस्ताव गरी स्पष्टीकरण सोधेकोमा कानूनी रुपमा निर्धारित प्रक्रिया अवलम्बन नगरेको भन्न नमिल्ने । (प्रकरण नं.५) § सजाय प्रस्ताव गरी स्पष्टीकरण सोधेकोमा स्पष्टीकरणको जवाफ समेत अध्ययन र मूल्याङ्कन गरी प्रस्ताव गरेको सजाय गर्नुलाई अन्यथा भन्न नमिल्ने । § एउटै विषय वा अपराध वा आरोप र घटनाका सम्बन्धमा २ पटक सफाईको मौका दिइसकेपछि पटकपटक सुनुवाईको मौका दिई रहनु पर्छ भनी अर्थ गर्नु न्यायोचित नहुने । § सुनुवाईको मौका दिइसकेपछि आरोपित व्यक्तिले दिएको जवाफ र अन्य सम्बद्ध तथ्य वा प्रमाणको मूल्याङ्कन गरी कानूनद्वारा निर्दिष्ट सीमाभित्र रही सजाय तोक्नु अख्तियारवालाको दायित्व र कर्तव्य हुने । (प्रकरण नं.६) § असाधारण अधिकारबाट निवेदकलाई परेको Impact अथवा प्रभाव वा मर्का नहेरी निर्णयकर्ताले निर्णय गर्दाको प्रक्रियामात्र हेरिने भएकाले कारवाहीमा प्राकृतिक न्यायको सिद्धान्तअन्तर्गत कारवाही गर्न लागिएको व्यक्तिलाई Show Cause गरी आरोपको सफार्ईको मौका दिइएको छ छैन, कारवाही गर्न अधिकार पाएको निर्णयकर्ताले कारवाही गरेको व्यक्तिका विरुद्ध कुनै प्रकारको Malafide Intention, Bad Faith थियो थिएन, कारवाही गर्ने अधिकार थियो थिएन र निर्णय गर्दा न्यायिक मन प्रयोग गरेको थियो थिएनसम्म मात्र हेरी पुनरावेदक हेरेको जस्तो विवादको विषयको तथ्य र तथ्यका सम्बन्धमा प्रमाण आदि नहेरिने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री लेखनाथ अधिकारी र श्री सुरेन्द्रकुमार अर्याल अवलम्बित नजीरः सम्बद्ध कानूनः § कृषि विकास बैंक कर्मचारी सेवा शर्त नियमावली, २०२४ को नियम १०, १०(१), (२), (३) आदेश न्या.बलराम के.सी.: तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– म निवेदक कृषि विकास बैंक मुख्य शाखा कार्यालय काठमाडौंको ऋृण सहायक पदमा कार्यरत् रहेको वखत दहचोक गा.वि.स.वडा नं. २ का कुमार गिरी समेतका विभिन्न व्यक्तिहरूलाई ऋृण प्रवाह गर्दा कम मूल्य जाने जग्गालाई बढी मूल्याङ्कन गर्नुको साथै सदुपयोगिता नभएको ऋृणलाई सदुपयोग भएको भनी झूठा सदुपयोगिता निरीक्षण प्रतिवेदन पेश गरेको भन्ने समेतको आरोप लगाई बैंकका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धकले मिति २०५९।१।११ मा सफाई पेश गर्न स्पष्टीकरण सोध्नु भएकोमा सोको जवाफ मैले यथा समयमा दिएक