निर्णय नं. ८४३९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४३९ - परमादेश भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०३/३१ २५०५ निर्णय नं. ८४३९ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल ०६५–CI–८१६ फैसला मितिः २०६७।३।३१।५ मुद्दा : परमादेश । पुनरावेदक विपक्षीः राष्ट्रिय वाणिज्य बैंक मुख्य शाखा कार्यालय विशालबजार, काठमाडौं समेत विरुद्ध प्रत्यर्थी निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ बालुबाटार बस्ने श्रीमती शोभादेवी राई पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री केशरीराज पण्डित मा.न्या.श्री शारदाप्रसाद घिमिरे § ऋण प्रवाह गर्दा कसलाई ऋण प्रवाह गर्ने हो, त्यसको असूल गर्ने पूर्वशर्तको रुपमा कुन सम्पत्ति धितो राख्नुपर्ने हो, धितो राखिएको सम्पत्ति पक्का छ, छैन भनी हेरी जाँची मात्र धितोमा राखी रोक्का राख्नुपर्ने विषय नितान्त बैंकको काम कर्तव्य अधिकार र दायित्वसँग सम्बन्धित विषय भएकाले बैंकले प्रवाह गरेको ऋण र सो असूलीसँग असम्बन्धित व्यक्तिले अर्काको हकभोगको जग्गा बिना आधार कारण रोक्का राख्ने कामलाई कानूनसम्मत् मान्न नमिल्ने । (प्रकरण नं.३) प्रत्यर्थी निवेदक तर्फबाटः पुनरावेदक विपक्षी तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री बाबुराम खत्री र श्री नरहरि आचार्य अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ले पुनरावेदन अदालत पाटनको आदेशउपर परेको प्रस्तुत पुनरावेदन यसै अदालतको क्षत्राधिकार भित्रको हुँदा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः— म निवेदक शोभादेवी राईका नाममा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३(क) हाल वडा नं. ४ बालुवाटार स्थित कि.नं. १७८, १७३, १७५ को क्रमशः क्षे.फ. ०–५–२–०–०, ०–१–० र ०–१–० तीन कित्ता गरी जम्मा ०–७–२ जग्गा दाता सन्तकुमारीबाट मिति २०२९।८।७ गतेका दिन हालैको बकसपत्र गरी लिई भोगचलन गर्दै आएको र म निवेदकको अबिछिन्न हकभोग दर्ता तिरोको जग्गा हो । उक्त जग्गामा २०३० सालमा तत्कालीन नगर पञ्चायतबाट घर बनाउने नक्सा पास गरी एक तल्ले पक्की घर समेत निर्माण गरी हालसम्म भोगचलन गरी आएको छु । यसरी म उक्त घर जग्गामा बसी आएको अवस्थामा विपक्षी राष्ट्रिय वाणिज्य बैंक शाखाबाट उक्त मेरो नामको घरजग्गा आर.एस.टी. इन्टर प्राईजेजको प्रोपाइटर रमेशसिँह ठकुरीको कर्जा सुरक्षणबापत रु ५० लाखमा जेथाजमानी धितो वन्धक लेखी मालपोत कार्यालय काठमाडौंबाट मिति २०४३।१।१५ मा रजिष्ट्रेशन पारित गरी गरी उक्त बैंकलाई सुरक्षण दिएको हुँदा तपाईको घरजग्गा रोक्का राखिएको छ भनी विपक्षी बैंकबाट खटी आउनु भएका कर्मचारीहरूले भन्दा म एकदम आश्चर्य चकित भई मालपोत कार्यालय काठमाडौंबाट मिति २०४६।१।६ गते कर्जा सुरक्षणको जेथाजमानीको रजिष्ट्रेशनको लिखतको नक्कल सारी हेर्दा नाम थाहा नभएको व्यक्तिले म निवेदीकाको नामबाट ल्याप्चे सहिछाप कीर्ते गरी विपक्षीहरूले बदनियत चिताई रमेशसिँह ठकुरीलाई धनजमानी संरक्षण दिएको थाहा हुन आएकोमा विपक्षी राष्ट्रिय वाणिज्य बैंकबाट रमेशसिँह ठकुरीले लिएको कर्जा भुक्तानी नगरेको हुँदा उक्त कीर्ते रुपमा धितो राखिएको म निवेदकको घरजग्गा मिति २०४६।२।२९ गते लिलाम हुने भन्ने जानकारी विपक्षी बैंकबाट भएकोमा उक्त लिलाम कार्य रोक्का राखी पाऊँ भनी तत्कालीन बागमती अञ्चल अदालतमा निषेधाज्ञाको निवेदन दर्ता गरी विपक्षी बैंकको नाममा लिलाम कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेत