निर्णय नं. ८४४२ - उत्प्रेषण मिश्रीत प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४४२ - उत्प्रेषण मिश्रीत प्रतिषेध भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०२/१७ २४९३ निर्णय नं. ८४४२ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री प्रेम शर्मा सम्वत् २०६१ सालको रिट. नं. ––––––३६९१ आदेश मितिः २०६७।२।१७।२ विषय : उत्प्रेषण मिश्रीत प्रतिषेध । निवेदकः जिल्ला सिन्धुली वासेश्वर गा.वि.स.वडा नं. ९ घर भई हाल साझा स्वास्थ्य सेवा पोखरा शाखाको सहायक प्रथम पदमा कार्यरत् गणेशप्रसाद बराल विरुद्ध विपक्षीः कार्यरथी विभाग (प्राड विभाग) नेपाली जंगी अड्डा, काठमाडौं समेत § सैनिक सेवा बाहेकका साझा संस्थाका कुनै कर्मचारी अनियमित गर्ने कार्यमा संलग्न रहे नरहेको भन्ने कुरा र निज निवेदक सो कार्यमा संलग्न रहेको भएसम्बन्धमा छानबीन गर्ने अधिकार नेपाली जंगी अड्डालाई कुनै ऐन नियमद्वारा प्रदान गरेको देखिन नआउने । § अनियमित कार्य भए नभएको सम्बन्धमा छानबीन गर्ने अधिकार प्रचलित कानूनले तोकेको अधिकारी वा निकायबाट नै सम्पन्न हुनुपर्ने । § अनियमित कार्य भए नभएको सम्बन्धमा छानबीन गर्ने र अनियमित भएको भए आवश्यक कारवाही गर्ने वा कारवाहीको सिफारिश गर्ने अधिकारी जोसुकैलाई पनि हुन्छ भनी मान्ने हो भने कानूनले निश्चित अधिकारीलाई कारवाही गर्ने अधिकारी तोक्नुको प्रयोजन निस्प्रयोजन हुने जाने । (प्रकरण नं.२) § सैनिक बाहेकका साझा स्वास्थ्य सेवाका कर्मचारीले आफ्नो औषधि खरीदमा अनियमितता गरेको भनी निर्णय गरी निज निवेदकबाट रकम दाखिल गराउनु भनी नेपाली जंगी अड्डाको हवाला दिई लेखेको मिति २०६१।१२।९ को साझा स्वास्थ्य सेवाको पत्र उल्लिखित आधार र कारणबाट कायम रहन नसक्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रमेश शर्मा पौडेल, विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव अवलम्बित नजीरः नेकाप २०४९, अङ्क ७, पृष्ठ ७१० सम्बद्ध कानूनः आदेश न्या.प्रेम शर्माः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३, ८८(२) बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– म निवेदक, २०४५ सालदेखि सहायक तृतीय पदमा सेवा प्रवेश गरी साझा स्वास्थ्य सेवा सहकारी लि.को सेवामा कार्यरत रहेको र म संस्थाको दिवा काउन्टर इन्चार्ज हुँदाको अवस्थामा नेपाली सैनिक औषधि उपचार सेवा उपसमिति मार्फत माग भएको औषधि उपलव्ध गराउने कार्य संस्थासँग तय भएको कार्य व्यवस्था अन्तर्गत भै आएको थियो । मागबमोजिमको औषधि उपलव्ध गराउने सम्बन्धमा साझा स्वास्थ्य सेवाको नाममा शा.ने.से.औ.से. उपसमितिको तर्फबाट लेखी आएको व्यहोरा र प्रक्रिया वारेमा साझा स्वास्थ्य सेवाको तर्फबाट दिएको निर्देशन समेत पुरा गरी म निवेदकले औषधि उपलव्ध गराउने कार्य सम्पन्न भएको थियो । तत्पश्चात् मेरो सरुवा बुटवलमा भई हाल पोखरामा कार्यरत रहेको छु । यसै बीच साझा स्वास्थ्य सेवा केन्द्रीय कार्यालयबाट मिति २०५९।५।९ मा प.सं. २३९।०५६।०५७ को पत्र मार्फत साझा स्वास्थ्य सेवाले नेपाली सैनिक औषधोपचार उपसमितिबाट रु. ३,०२,३५६।२७ भूक्तानी दिनका लागि तत्कालीन काउन्टर इन्चार्जसँग केही जानकारी लिन अत्यावश्यक भएकोले भन्ने पत्र प्राप्त भई म्याद भित्रै जानकारी उपलव्ध गराएको र तत्पश्चात् मिति २०५९।९।२९ प.सं. ५३२।०५९।०६० मा विपक्षी साझा स्वास्थ्य सेवाको तर्फबाट रकम असूली सम्बन्धमा पुनः पत्र लेखी तपाई समेतको मिलेम