निर्णय नं. ८४४४ - सरकारी छाप दस्तखत कीर्ते ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४४४ - सरकारी छाप दस्तखत कीर्ते । भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०१/०६ ४२७६ निर्णय नं. ८४४४ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६० सालको स.फौ.पु.नं.३१९३ फैसला मितिः २०६७।१।६।२ मुद्दा : सरकारी छाप दस्तखत कीर्ते । पुनरावेदक वादीः प्रहरी प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः का.प.जि. कुसादेवी गा.वि.स. ६ घर भै का.जि.का.म. न.पा.वडा नं.१४ कालीमाटी बस्ने कृष्ण के.सी. भन्ने कृष्णप्रसाद हुमागाँई शुरु फैसला गर्नेः– मा.न्या.श्री हरिकुमार पोखरेल पुनरावेदनमा फैसला गर्ने : मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री गिरीशचन्द्र लाल § कसूरको कार्यमा धेरैजना भै काम पूरा गरिन्छ भने सबैको व्यक्तिगत उत्तरदायित्व सिर्जना हुने । § अन्तिम कीर्ते अक्षर कसले लेखेको हो सो मात्रै कीर्तेका अभियुक्त हुने भन्ने प्रश्न उठ्न सक्दैन । कीर्ते गर्ने मतलवमा पस्दछ, लाभ लिन्छ, सरोकार राख्छ र सो काम पूरा गर्न कुनै न कुनै संलग्नता देखाउँदछ भने पनि कीर्तेको कसूरदार हुने । § लिखतसम्बन्धी कसूरमा भइरहेको सच्चा लिखतमा भएको अङ्क, अक्षर वा मिति वा केही व्यहोरा घटी बढी पारी सच्याउने कार्यमा संलग्न भएको व्यक्तिका हकमा केही नगरी लिखतवालालाई मात्रै जिम्मेवार बनाउने हो भने त्यस्ता अरु षडयन्त्र गर्ने आदेश गर्ने वा मतलवमा बसी काम गरी गराई लाभ लिने ठूलो आपराधिक समूहले नै आपराधिक दायित्वबाट मुक्ति पाउने अवस्था रहने । (प्रकरण नं.५) पुनरावेदक वादीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री धर्मराज पौडेल प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान अधिवक्तात्रय श्री बालकृष्ण न्यौपाने, श्री हरिचन्द्र सुवेदी र सन्तोष वस्नेत अवलम्बित नजीरः सम्बद्ध कानूनः § कीर्ते कागजको १, ९ र १२ नं. फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०६०।२।१४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– दीपक भन्ने कालुमान तामाङको सवारी चालक अनुमति पत्र नं.१२२५२९ मा सरकारी छाप दस्तखत कीर्ते गरी तयार गरेको भन्ने खुल्न आएकोले बरामद गरी दाखिला गरेको छु निजलाई कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवेदन । सवारी चालक अनुमति पत्र नं.१२२५२९ नं.को कालुमान तामाङको नाउँको सरकारी छाप दस्तखत कीर्ते गरी तयार गरिएको भनिएको अनुमति पत्र थान १ बरामद गरिएको भन्ने बरामदी मुचुल्का । कृष्ण के.सी.भन्ने व्यक्तिलाई रु.६,०००।– र फोटो दिई निजैले तयार गरी अनुमति पत्र दिएको हो । मिति २०५८।१।२७ गते मैले चलाएको ट्याक्सी दुर्घटना भएपछि चालक अनुमति पत्र कीर्ते रहेछ भन्ने प्रहरीले थाहा पाएको भन्ने समेत व्यहोराको प्रतिवादी कालुमानको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान । प्रहरी ईकाई कार्यालय काठमाडौं सवारी शाखामा कार्यरत् प्र.ह.रामबहादुर खत्रीसँग बुझ्दा रु.६,०००।– भएमा बनाई दिन्छ भनेकोले कालुमानसँग पैसा र फोटो लिई निजलाई दिई कालुमानको अनुमति पत्र बनाई दिएको हो, मैले अङ्क अक्षर कुनै लेखेको होइन । निज कालुमान टेम्पोको ट्रायल लिन गएका थिए भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णप्रसाद हुमागाईंको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान । प्रतिवादीहरू दीपक भन्ने कालुमान तामाङ र कृष्ण के.सी.भन्ने कृष्णप्रसाद हुमागाईं समेतको मिलोमतोबाट प्रतिवाद