निर्णय नं. ८४४५ - अंश हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४४५ - अंश हक कायम भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०३/३० ३५०५ निर्णय नं. ८४४५ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय २०६४ सालको दे.नं. ५६८ फैसला मितिः २०६७।३।३०।४ मुद्दाः अंश हक कायम । पुनरावेदक प्रतिवादीः जिल्ला सर्लाही हरिपूर्वा गा.वि.स.वडा नं.२ बस्ने रामबाबु राय समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.बस्ने मुनरदेवीको मु.स.गर्ने र आफ्नो हकमा समेत सोनेलाल राय शुरु फैसला गर्ने :– मा.जि.न्या.श्री यज्ञप्रसाद बस्याल पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री राघवलाल वैद्य मा.न्या.श्री शारदाप्रसाद घिमिरे § दुबै पक्षले हदम्यादभित्र नालिस गरी आफ्नो अपुताली हक कायम गर्न नसकेको अवस्थामा कसैको पनि हक हुँदैन भन्न नमिल्ने । § अंश हक खाने अंशियार भएको अवस्थामा निजहरूका हकमा अपुतालीको २० नं. ले ३ वर्षको हदम्याद गुज्रेको मानी अंश हकबाट प्राप्त हुने सम्पत्तिमाथिको हक समाप्त भएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) § बाबुको नाममा रहेको सम्पत्ति आफ्नो जीवनकालमा कसैलाई लिखत गरी नदिएको एवं के कुन व्यक्तिहरूले पालन–पोषण, स्याहार संस्कार गरेको भन्ने तथ्य प्रमाणबाट खुल्न नसकेको अवस्थामा वावुको शेषपछि सन्तानहरूको बराबर हक हुनु न्यायोचित र कानूनसम्मत् हुने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता सुरेशकुमार कार्की प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अपुतालीको ६, १० र ११ नं. फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– स्वर्गीय पिता पति लक्ष्मी राय र माता मझिनिया देवी परलोक भै सकेपछि निजका नाउँमा दर्ता रहेको जायजेथा हामी सबैले संयुक्त नामसारी गरी लिई भोग गरी आएका थियौ । आफूले भोग गरेको तर्फबाट आफू आफू बाँडफाँड गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरौं भनी विचार गरेकोमा म फिरादी मुनरदेवीको बाजे ससुरा म फिरादी सोनेलालको बाजे स्व. लक्ष्मी रायको नाउँमा दर्ता रहेको जिल्ला सर्लाही गा.वि.स.भुतहा खजुरीया हाल हरिपुर्वा वा.नं.१(क) कि.नं.२४९ को ०–१२–०, ऐ.वा.नं.२ ख. कि.नं.१०७ को ०–७–१, ऐ.ऐ.वा.नं. २खं कि.नं. ११७ को ०–१३–८, ऐ वा.नं. २ख. कि.नं.१२१ को ०–६–५, ऐ वा.नं.२ ख. कि.नं. २१४ को ०–४–०, ऐ.ऐ वाड नं ३ख कि.नं. १८३ को ०–१२–१४, ऐ. वा.नं. ३ख कि.नं. १८४ को १–०–० समेत जम्मा ३–१५–८ जग्गा हामी ४ अंशियार भएकोले उक्त जग्गाहरूलाई ४ खण्डको १ खण्ड गरी जिल्ला सर्लाही भुतहा खजुरिया हाल हरिपुर्वा गा.वि.स. वा.नं. १क. कि.नं.२४९ को ०–१२–० बाह्र कठ्ठा मध्ये दक्षिणतर्फबाट ०–३–०, ऐ.वा.नं.२ख. कि.नं.१०७ को ०–७–१ मध्ये दक्षिणतर्फबाट ०–१–१५, ऐ.वा.नं.२ख. कि.नं.११७ को ०–१३–८, मध्ये दक्षिणतर्फबाट ०–३–७, ऐ.वा.नं.२ख १२१ को ०–६–५ मध्ये दक्षिणबाट ०–१–११–४, ऐ वा.नं.२ख. कि.नं. २१४ को ०–४–० मध्ये पश्चिमबाट ०–१–०, ऐ वा नं ३ख. कि.नं. १८३ को ०–१२–१४ मध्ये पश्चिमबाट ०–३–३–१०, ऐ. वा.नं. ३ख कि.नं. १८४ को १–०–० मध्ये पश्चिमबाट ०–५–० जग्गाहरू हामीहरूको नाममा दा.खा दर्ता गराई पाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र । वादीहरू लक्ष्मी रायको अपुताली हक खाने हकदार भएको भए लक्ष्मी रायको मृत्यु भएको मितिले अपुतालीको २० नं. बमोजिम ३ वर्षभित्र अपुताली हक कायम