निर्णय नं. ८४४६ - अवैध रूपमा भवन निर्माण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४४६ - अवैध रूपमा भवन निर्माण भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/०४/१८ ३०८८ निर्णय नं. ८४४६ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ सालको दे.पु.नं. ९७७१ फैसला मितिः २०६७।४।१८।३ मुद्दाः– अवैध रूपमा भवन निर्माण । पुनरावेदक वादीः का.जि.का.म.न.पा. वडा नं. १४ सुनार गाउँ बस्ने चन्द्रबहादुर कार्कीको मु.स.गर्ने निजको छोरा ऐ.ऐ. बस्ने सुदर्शन कार्कीको पनि परलोक भै निजको मु.स.गर्ने छोरा सन्तोष कार्की समेत विरूद्ध प्रत्यर्थी प्रतिवादीः भ.पु.जि.मध्यपुर थिमी न.पा.वडा नं. १५ बस्ने नवीनकुमार सुनवार समेत शुरू निर्णय गर्नेः श्री शिबभक्त शर्मा, प्रमुख काठमाडौं महानगरपालिका पुनरावेदन फैसला गर्ने मा.न्या. श्री नन्दराज अधिकारी मा.न्या. श्री आत्मराम भट्टराई § कुनै विषयमा पुनरावेदन लाग्ने अधिकार कुनै विशेष ऐनले सीमित गरेको छ वा छुट्टै विशेष व्यवस्था गरेको छ भने सोही विशेष व्यवस्था लागू हुन्छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६१ र दफा १६२ को कानूनी व्यवस्था पनि विशेष व्यवस्था हो । जुन सामान्य व्यवस्थाको सट्टा पहिला लागू हुनुपर्ने । (प्रकरण नं.५) § पुनरावेदन अदालतको फैसलाउपर पहिला–पहिला सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने गरेको भन्ने परिपाटीको आधारमा अथवा पुनरावेदन अदालतले आफूले गरेको फैसलाउपर पुनरावेदनको म्याद दिएकै आधारमा सर्वोच्च अदालतमा पुनरावेदन लाग्न नसक्ने । § स्वायत्त शासन ऐन, २०५५ को दफा १६१ को उपदफा (४) वा (५) बमोजिम प्रमुखले दिएको आदेशउपर पुनरावेदन अदालतमा पुनरावेदन परी प्रमुखको आदेश सदर वा उल्टी जे भए पनि त्यसमा ऐनको दफा १६२ अनुसार पुनरावेदन अदालतले गरेको फैसला नै अन्तिम हुने व्यवस्था भएबमोजिम फैसला अन्तिम हुनुको तात्पर्य र आसय त्यसउपर सामान्य प्रक्रियाबमोजिम पुनरावेदन नलाग्नु हो । नलाग्ने पुनरावेदन दर्ता भए पनि त्यसबाट तथ्य र औचित्यभित्र प्रवेश गरी सर्वोच्च अदालतले ठहर इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री सुनीता रेग्मी र अनीता श्रेष्ठ प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री अन्जिता खनाल र श्री ढुण्डीराज देवकोटा अवलम्बित नजीरः सम्बद्ध कानूनः § स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६१, १६२ § न्याय प्रशासन ऐन, २०४८ को दफा ८, ९१(ग) फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०६१।१०।२७।४ को फैसलाउपर न्याय प्रशासन ऐन , २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– ज.ध.नविनकुमार सुनुवार, बालकृष्ण शर्मा तथा गुन्जबहादुर तामाङ समेत ३ जनाको नाउँमा संयुक्त दर्ताको का.म.न.पा. वार्ड नं. १४ कि.नं. ९३२, ७०१, ९३१ ८६३ र ८६४ को समेत क्षे.फ. ३–०–२–० जग्गामा पक्की एकतले एउटा मात्र घर नक्सा मिति २०५१।११।८ मा तयार भई सो अनुरूप तत्कालीन काठमाडौं नगरपालिकाबाट पास भएकोमा नीज नवीनकुमार सुनुवार लगायतका तीन जनाले हाल उक्त ठाउँमा कि.नं. ३६३ को क्षेत्रफलभित्र करिब १० आना जग्गा मिची २८१४.७० वर्गफीट बराबरको नयाँ थप एक तल्ले घर नक्सा पास नगरी निर्माण सम्पन्न गरी सो भवनमा चर्च सञ्चालन गर्दै आएको र दक्षिणपट्टि हाम्रो करिब १० आना जग्गा समेत मिचेकोले निजहरू उपर कानूनी कारवाही गरी मिचेको जग्गा दिल