निर्णय नं. ८४४७ - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४४७ - हक कायम भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/११/२५ ३०३७ निर्णय नं. ८४४७ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६१ सालको दे.पु.नं.– ८९०४ फैसला मितिः २०६६।११।२५।३ मुद्दाः– हक कायम । पुनरावेदक वादीः भ.पु.जि.ताथली गा.बि.स.वडा नं.९ बस्ने कृष्ण गोसाई समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.वडा नं.९ बस्ने नीलबहादुर बुढाथोकीको मु.स.गर्ने पूर्णबहादुर बुढाथोकी समेत शुरु भक्तपुर जिल्ला अदालतः मा.न्या.श्री शुष्मलता माथेमा पुनरावेदन अदालत, पाटनः मा.न्या.श्री गौरी ढकाल मा.न्या.श्री मधुसुदनलाल श्रेष्ठ § स्वामित्व स्थापित हुनसक्ने सम्भावना भएको प्रमाण कागजको विद्यमानता भएको तर विधिवत् रुपमा स्वामित्व स्थापना भै नसकेको अवस्थामा आफ्ना सबुद प्रमाणबाट वैधानिक स्वामित्व स्थापना गर्न सम्बन्धित पक्ष आफै अग्रसर रहनु पर्दछ । स्वामित्व सिर्जना भै नसकेको अवस्थामा सो स्वामित्व प्राप्तिको प्रमुख आधार भोगलाई नै मान्ने गरिन्छ । साम्पत्तिक अधिकारसम्बन्धी विधिशास्त्रीय मान्यताले पनि स्वामित्व प्राप्तिको प्रारम्भिक आधार भोग नै हो भनी स्वामित्वको लागि भोग हुनुपर्ने । (प्रकरण नं.३) § सार्वजनिक निकास नै बन्द हुने गरी लामो समय सार्वजनिक पर्तिकै रुपमा रहेको जग्गा व्यक्तिका नाउँमा दर्ता गर्न कानूनतः नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री मुक्ति प्रधान प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री कमलबहादुर बोगटी अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.रणबहादुर बमः पुनरावेदन अदालत पाटनको मिति २०५९।३।२० को फैसलाउपर पुनरावेदक वादीको तर्फबाट न्याय प्रशासन ऐन,२०४८ को दफा १२ (क)(ख) अन्तर्गत पर्न आएको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः हामी फिरादी र गाउँलेहरूले गाईवस्तु चराउने पोखरी भएको सार्वजनिक जग्गालाई २०२१ सालको नापीमा भक्तपुर ताथली गा.बि.स.वडा नं.९ (क) कि.नं.७३८ को क्षेत्रफल २–०–० कायम भै क्षेत्रीय कितावको उतार महलमा पर्ति भन्ने उल्लेख भएको छ । हामीहरूले उक्त जग्गा सार्वजनिक रुपमा प्रयोग गर्दै आएका छौं । उल्लिखित जग्गाको दक्षिण साँधबाट भक्तपुर नाला जाने बाटो छ । संवत् २००८ सालको कबुलियत र रसिदलाई मात्र प्रमाणको रुपमा ग्रहण गरी कि.नं.७३८ को क्षेत्रफल २–०–० जग्गा विपक्षीको नाउँमा दर्ता गर्ने गरी मिति २०४६।७।२७ मा मालपोत कार्यालय, भक्तपुरबाट निर्णय भएको रहेछ । सो कुरा आसलाल कसुलाले नक्कल सारी ल्याएबाट थाहा हुन आएकोले यो फिराद गर्न आएका छौं । उल्लिखित जग्गा विपक्षीहरूको नाउँमा गैरकानूनी रुपमा दर्ता गरिएको र सो दर्ताले सार्वजनिक हकमा समेत असर परेकाले २०४६।७।२७ को निर्णय र सो निर्णयको आधारमा विपक्षीको नाउँमा भएको दर्ता समेत बदर गरी कि.नं.७३८ को क्षेत्रफल २–०–० पर्ति जग्गामा हामी फिरादीहरूको समेत हक कायम हुने गरी सार्वजनिक कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी कृष्ण गोसाई समेतको फिराद पत्र । विपक्षीहरूले दावी गरेको जग्गा साविक भ.पु.ई.१९ नं.तैकाबु मौजाको पूर्व साविक कृष्णबहादुर कुमाल हाल हर्षबहादुर प्रजापति ,उत्तर असीलाल हाल बुद्धिलाल कासुला, दक्षिण साविक बाटो हाल कुलो मासी फराकिलो पारेबाट बाटो मात्र रहेको यति चार किल्ला