निर्णय नं. ८४५० - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४५० - आयकर भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/१०/२५ ४०७१ निर्णय नं. ८४५० ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६२ को फौ.पु.नं. – ३५९७ फैसला मितिः २०६६।१०।२५।२ मुद्दा :– आयकर । पुनरावेदकः आन्तरिक राजस्व कार्यालय धरान विरुद्ध प्रत्यर्थीः पशुपति सोप इण्डष्ट्रिज प्रा.लि. को सञ्चालक शंकरलाल अग्रवाल § लिखित सम्झौता गर्ने वा मौखिक सम्झौताको आधारमा ढुवानीको व्यवस्था मिलाउने भन्ने कुरा करदाताको स्वविवेक र इच्छाको कुरा हो । तर दुई प्रतिशतमात्र कर कट्टीको सुविधा लिन चाहनेले ढुवानीसम्बन्धी लिखित सम्झौता नै हुनपर्ने । § उद्योगले ढुवानीको लागि लिखित सम्झौता गरी ढुवानी गरेको भनी उल्लेख गर्न र प्रमाण पेश गर्न समेत नसकेको स्थितिमा उद्योगले आर्थिक ऐन, २०५२ को अनुसूची ४ को दफा २५(१)(१६) बमोजिम १० प्रतिशतले स्रोतमा कर कट्टी गर्नुपर्ने नै देखिन आएकोले आयकर ऐन, २०३१ को दफा ४(ग) बमोजिम मिनाहा हुन नसक्ने । (प्रकरण नं.५) § डिलरदेखि होलसेलर एवं रिटेलरसम्मको ढुवानी खर्च भएकोमा यस्तो खर्च उद्योगले नै व्यहोर्ने भन्ने बारेमा लिखित सम्झौताको अभावमा उक्त खर्च डिलर स्वयंले आफ्नो कमिशनको रकमबाट व्यहोर्नु पर्ने । § डिलरहरूसँग भएको सम्झौताको आधारमा डिलरहरूले के कस्ता काममा के कति खर्च भएको छ सोको बील भरपाईसहितको फेहरिस्त पेश गरेपछिमात्र सोको आधारमा खर्च भुक्तानी गर्नुपर्नेमा केबल डिलरहरूको नोटको आधारमा खर्च भएको हो भनी अनुमानको भरमा त्यस्तो अप्रमाणित खर्चको रकम भुक्तानी गरेकोलाई आयकर ऐन, २०३१ (सं.स.) को दफा ४१(झ) अनुसार आयकर प्रयोजनको लागि ग्राह्य नहुने भै मिनाहा दिन नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा प्रत्यर्थी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ४१(ग), (झ), ५१(ग) § आर्थिक ऐन, २०५२ को अनुसूची ४ को दफा २५(१)(१६) फैसला न्या.भरतराज उप्रेतीः राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख) बमोजिम राजस्व न्यायाधिकरण विराटनगरको मिति २०६०।२।१२ को फैसलाउपर पुनरावेदनको अनुमति प्राप्त भै दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर निम्न प्रकार छः– पशुपति सोप इण्डष्ट्रिज प्रा.लि. को आ.व. २०५२/५३ को कारोबारमा रु.३०१९९०८।३९ खुद आय देखाई स्वयं कर निर्धारण बिबरण भरी मिति २०५४।८।१३ गते पेश गरेको रहेछ । पशुपति सोप ई.प्रा.लि.को आ.व.२०५२/५३ को कारोबारलाई पुष्टि गर्न हिसाब,किताब निरीक्षण परीक्षण गराउने सो उद्योगको वा श्याम अग्रवालले कर कार्यालय धरानमा गरेको बयान । सबुद प्रमाण पेश गर्न आयकर ऐन, २०३१ को दफा ३३ (४) बमोजिम ७ सात दिनको मौका दिएको कर कार्यालय धरानको सूचना र सो सूचनाउपर दिएको जवाफ मिसिल संलग्न रहेको । पशुपति सोप ई.प्रा.लि.को आ.व.२०५२–५३ को सम्पूर्ण कारोबारलाई पुष्टि गरी हुन सक्ने उचित र बास्तबिक खर्च समेतलाई मिन्हा दिई रु.९०,०५,४७५।८६ खुद आय कायम हुने ठहर्छ भन्ने मिति २०५८।३।१५ गतेको निर्णय पर्चा । उपरोक्त हिसाबबमोजिम कायम भएको जम्मा कर रु.१०,२१,५३३।२४ र जरीवाना रु.१,५४,१९०७।७२ दाखिला गर्नु गराउनु भन्ने मिति २०५८।३।१५ गतेको आन्तरिक राजस्व कार्यालय धरानको आयकर निर्धारण आदेश । कर कार्यालय धरानले गरेको आयकर निर्धारण आदेश र निर्णय पर्चा त्रुटिपूर्ण हुँदा बदर गरी यस पुनरावेदकले पेश गरेको आय व्याय बिबरणबमोजिम नै कर निर