निर्णय नं. ८४५१ - बैंक ग्यारेन्टी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४५१ - बैंक ग्यारेन्टी भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६६/०२/१७ १३२१२ निर्णय नं. ८४५१ ने.का.प. २०६७ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६४ सालको दे.पु.नं. ०९३५ फैसला मितिः २०६६।२।१७।२ मुद्दा : बैंक ग्यारेन्टी । पुनरावेदक प्रतिवादीः नेपाल बंगलादेश बैंक लि. विजुलीबजार, काठमाडौंको व्यवस्थापन समितिको अधिकारप्राप्त व्यवस्थापन समिति सदस्य सुदीपकुमार शर्मा विरुद्ध विपक्षी वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ४ स्थित हिमालयन डिष्ट्रीलरी लि. को तर्फबाट अख्तियार प्राप्त ऐ.ऐ. बस्ने राजबहादुर शाह शुरु फैसला गर्नेः मा.जि.न्या.डा.श्री हरिवंश त्रिपाठी पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री कृष्णप्रसाद वस्याल मा.न्या.श्री माधवप्रसाद चालिसे § दुई पक्षबीच भएको करारअनुसारको दायित्व पूरा गर्ने गराउने जिम्मेवारी बैंकको रहने भनी मान्न कानूनअनुरूप मिल्ने नदेखिँदा करारअनुसारको दायित्व पूरा गराउन Performance Bank Guarantee को सहारा लिन कदापि नमिल्ने । § Performance Bank Guarantee विशेष प्रकृतिको दायित्व भएको हुँदा त्यस्तो दायित्व सो बहन गर्दाकै अवस्थामा उल्लिखित शर्तभन्दा बाहिर गै वहन गर्नुपर्छ भनी मान्न कानूनी तथा तथ्यगत आधारले नमिल्ने । (प्रकरण नं.३) § विशेष प्रकृतिको दायित्व तोकिएको शर्तअनुसार पूरा गर्न सो दायित्वबाहेक अनिवार्य रुपमा विवन्धित हुनुपर्ने हुन्छ । तोकिएका शर्त पूरा नभएकै अवस्थामा उक्त विशेष दायित्व वहन गर्नुपर्ने भनी बाध्य पार्न कानून, तथ्य तथा न्यायको रोहमा युक्तिसंगत नदेखिने । (प्रकरण नं.४) § करारअनुसारको सम्झौता पूरा नगर्ने मुख्य पक्ष नै विपक्षी नभएको अवस्थामा त्यसबाट पूर्ण उपचारको अपेक्षा गर्न सकिँदैन । उपचार प्राप्तिको मार्गमा गल्ती गर्नेले त्यसको परिणाम स्वयं आफै भोग्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता श्री श्यामकुमार खत्री विपक्षी वादीतर्फबाटः विद्वान अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत पाटनको मिति २०६३।३।१९ को फैसलाउपर पुनरावेदक प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन २०४८ को दफा ९ अनुसार यस अदालत समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :— फिरादी कम्पनी मदिरा उत्पादन गर्ने कम्पनी हो । उत्पादित मदिरालाई बेचविखन गर्न वितरक नियुक्ति गर्ने प्रचलन छ । सोहिबमोजिम ललितपुर जिल्लाको लागि अनुज्ञापत्र नं. ७४९ भएको फेयरवर्ड मार्केटिङ्ग लाई २०५८।४।१ गते देखि १ वर्षको लागि वितरक नियुक्ति गरिएको थियो । वितरक नियुक्त गर्दा एउटा करार गर्ने गरिन्छ । सोही करारबमोजिम कम्पनी र वितरकले कार्य गर्दछन । सोही करारमा उल्लेख भएअनुसार वितरकले संरक्षणबापत धरौटी राख्नुपर्ने शर्तबमोजिम प्रतिवादी बैंकबाट यस कम्पनीको नाउँमा NB:005:PB:1133/2002 को अप्रील १० सन् २००२ मा रु.२०,००००० को अक्टुवर ९ सन् २००२ मा समाप्त हुने भाखा रहेको Performance Bank Guarantee जारी गरेको हुँदा बैंक ग्यारेन्टी धरौटी राखी कारोबार गरिआएको हो । वितरकले कम्पनीको हितमा कारोबार नगरेकोले सो करार अवधि समाप्त भएपश्चात् निरन्तरता नगरि निजलाई वितरकबाट निष्काशन गरिएको थियो । उक्त फर्मसँग कारोबार गर्दाको बखतको वक्यौता रकम रु.१७,६१६२८।७५ असूल गर्न बाँकी थियो । उक्त वक्य