निर्णय नं. ८४०५ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४०५ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/१२/१९ २९६१ निर्णय नं.८४०५ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला रिट नं. २०६३–WS– ००१७ आदेश मितिः २०६६।१२।१९।५ विषय :– उत्प्रेषण समेत । निवेदकः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं. १ कान्तिपथ स्थित प्रधान कार्यालय रहेको साविकको सूर्य टोवाको कम्पनी प्रा. लि. हाल सूर्य नेपाल प्रा.लि.को तर्फबाट प्रवन्ध सञ्चालक हर्ष एम.दर समेत विरुद्ध विपक्षीः आन्तरिक राजश्व कार्यालय, बारा समेत § नितान्त निजी हक हितमा असर परेको कुरा उल्लेख गरी अमुक कानूनको व्यवस्था बाझिएको भनी गोश्वारा रुपमा दावी लिएकै आधारमा विधायिकी प्रक्रियाद्वारा निर्मित कानूनलाई न्यायिक पुनरावलोकनको विशिष्ट अधिकारक्षेत्र प्रयोग गरी अमान्य र बदर गर्नु न्यायिक मूल्य र मान्यताविपरीत हुन जाने । § कानूनबमोजिम स्थापित निकायबाट माग गरेको अन्तःशुल्क रकम वा भन्सार महसूलउपर चित्त नबुझ्ने पक्षले पुनरावेदन गर्दा राख्नुपर्ने धरौटीको रकमको सम्बन्धमा ऐनले गरेको व्यवस्था संविधानमा रहेको कानूनबमोजिम बाहेक कर लगाउन वा ऋण लिन नपाइने भन्ने वाक्याँशसँग बाझिएको भन्ने देखिन आएन । पुनरावेदन गर्दा धरौट राख्नुपर्ने राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ९ को व्यवस्थाले मौलिक हकमा अनुचित बन्देज लगाएको वा संवैधानिक प्रावधानसँग बाझिएको भन्ने अवस्था नदेखिने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान अधिवक्ताहरू श्री अनिलकुमार सिन्हा र श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा अवलम्बित नजीरः सम्वद्ध कानूनः · नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ७३, · नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८९, · अन्तःशुल्क ऐन, २०१५ · अन्तःशुल्क ऐन, २०५८ को दफा २३ आदेश न्या.मोहनप्रकाश सिटौलाः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– निवेदक सूर्य नेपाल प्रा.लि.ले सूर्तिबाट उत्पादन हुने विभिन्न साईज एवं गुणस्तरको चुरोट उत्पादन र बिक्री वितरण गरी लाग्ने कर तथा अन्तःशुल्कहरू तिर्दै आएको छ । उद्योगले गरेको उत्पादनको नियमित विवरण र हिसाव राखिएको तथा त्यस आधारमा आ.व. २०५५।५६ मा रु.९७,०४,७८,४५०।–, २०५६।५७ मा रु.९८,२३,५९,९५०।–, २०५७।५८, मा रु.१,२३,८५,२८,८५०।–, आ.व. २०५८।५९ मा रु.१,२९,१७,००,७५०।–र आ.व. २०५९।६० मा रु.१,४८,१५,६५,३००।– तिरी बुझाई सकेको छ । यी वास्तविक उत्पादन विवरणमा कुनै विवाद नभएको । उल्लिखित विवरण भन्दा बढी उत्पादन वा बिक्री भएको, विवरण त्रुटिपूर्ण, अपूरो भन्ने विपक्षीको जिकीर पनि छैन । अन्तःशुल्क रकम वाहेक आयकर, मूल्य अभिवृद्धि कर र अन्य शुल्कहरू समेतमा राजश्वमा ठूलो योगदान कम्पनीले दिएको छ । कम्पनीलाई गैरकानूनी आर्थिक दायित्व व्यहोर्न लगाएउपर प्रस्तुत निवेदन दायर गरिएको छ । वास्तविक रुपमा उत्पादित पदार्थमा लाग्ने अन्तःशुल्क तिरिसकेको अवस्थामा पूर्व जानकारी बेगर आन्तरिक राजश्व कार्यालयका दुई जना अधिकृतले २०६२।३।२७ मा आ.व. २०५५।५६ देखि २०५९।६० सम्मको लागि कुनै कानूनको उल्लेख नगरी उठाएको टिप्पणी र प्रमुख कर अधिकृतले २०६२।३।२८ मा टिप्पणी सदर गरी काल्पनिक थप अन्तःशुल्कको