निर्णय नं. ८४०७ - लिखत बदर दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४०७ - लिखत बदर दर्ता बदर भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/१२/१२ ३९०२ निर्णय नं.८४०७ ने.का.प.२०६७ अङ्क ७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय दे.पु.ई.नं.२०६६–DF–००७ फैसला मितिः २०६६।१२।१२।५ मुद्दाः– लिखत बदर दर्ता बदर । पुनरावेदक वादीः पर्सा जिल्ला अमरपटिृ गा.वि.स.वडा न.४ वस्ने असेसरप्रसाद चौरसिया विरुद्ध प्रत्यर्थी प्रतिवादीः पर्सा जिल्ला अमरपटिृ गा.वि.स.वडा नं .४ बस्ने धनराजीदेवी भन्ने धनरजिया बरैनीको मु.स.गर्ने गायत्रीदेवी चौरसिया समेत शुरु फैसला गर्ने :– मा.जि.न्या.श्री जगदिश शर्मा पौडेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री अवधेशकुमार यादव मा.न्या.श्री हरिराम कोइराला यस अदालतमा रायबाझी :– मा.न्या श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री गिरीश चन्द्र लाल § आफूलाई जुन कानूनले हक दिलाउँछ, सोही कानूनको अनुशरण गरेमा मात्र कानूनले पनि मद्दत गर्न सक्तछ । एउटा कानूनी व्यवस्थाले निर्धारण गरेको कुरालाई लिएर अर्को कानूनी व्यवस्थाको अनुशरण गरेको अवस्थामा तत्सम्बन्धी कानूनी आधारलाई विर्सिने हो भने पृथक–पृथक कुराहरूको सम्बन्धमा छुटाछुटै कानूनी व्यवस्था गर्नुको उद्देश्य नै पराजीत हुन जाने । § न्यायालयले पृथक विषयमा बनेको कानूनी व्यवस्थालाई सोही विषयसँग आवद्ध गरेर हेर्नुपर्ने । § कुनै एक विषयमा बनेको कानूनी व्यवस्था अर्को पृथक विषयको कुरामा पनि आकर्षित हुने भनी अर्थ लगाइने हो भने त्यसले कानूनी अराजकताको अवस्था उत्पन्न हुनुको साथै न्यायिक मर्यादा र अनुशासनको उल्लंघन हुनजाने भएकाले न्यायिक मर्यादा र अनुशासनमा रही कानूनको उचित रुपमा प्रयोग गर्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री जयकान्तलाल दास अवलम्बित नजीरः सम्बद्ध कानूनः § दान वकसको महलको १ र ५ नं. § स्त्री अंश धनको २ र ८ नं. § जग्गा पजनीको १७ नं. फैसला न्या.दामोदरप्रसाद शर्माः यस अदालत संयुक्त इजलासमा मा.न्या.ज्यूहरू बीच २०६६।६।२८ मा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ:– पिता कमलप्रसाद वरै र आमा धानराजीदेवीको दाम्पत्य जीवनबाट जन्मेका ३ छोरामा जेठो म फिरादी असेसरप्रसाद वरै, माहिलो हिरालालप्रसाद चौरसिया र कान्छो रमेशप्रसाद चौरसिया हौँ । भाई हिरालालप्रसादले पिता, आमा र म समेतका उपरमा दिएको दे. नं. २२२२ को अंश दर्ता मुद्दामा अंश लिने दिने गरी २०५९।८।१ मा मिलापत्र भएको छ । पिता कमलप्रसाद वृद्ध हुनुभएबाट उहाँको सेवा टहल, रेखदेख, औषधि उपचार, तिर्थ व्रतसमेत फिरादीले गरेको र पिताको मृत्युपछि दाग, पिण्ड, श्राद्व, किरियासमेत म फिरादीले नै गरेकोले अपुतालीको २ नं. बमोजिम मलाई अपुताली परेको स्व. कमलप्रसादको नाम दर्ताको जि.पर्सा गा.वि.स.अमरपट्टी वडा नं. ५ कि.नं. २९० को ज.वि. १–१४–१० जग्गा मलाई भोगचलन गर्न नदिएको हुँदा दक्षिणतर्फबाट ०–८–१२ जग्गामा मेरो अपुताली कायम गरिपाऊँ भनी २०६०।१०।६ मा दे.नं. २०८१ को अपुताली हक कायम दर्ता मुद्दा दायर गरेको छु । उक्त मुद्दा चल्दाचल्दै सोलाई नदेखाई लोप गरी पिता कमलप्रसाद वरैको अपुताली खाने हकदार आफूमात्र भएको मालपोत कार्यालय पर्सा