निर्णय नं. ८४०८ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४०८ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०३/२२ ३१२७ निर्णय नं.८४०८ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६२ सालको रि.नं.–३०१४ आदेश मितिः २०६७।३।२२।३ विषयः– उत्प्रेषण समेत । निवेदकः सुनसरी जिल्ला धरान नगरपालिका वडा नं. १४ घर भै हाल महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठमा उपप्रध्यापक पदमा कार्यरत लक्ष्मीप्रसाद पराजुली बिरुद्ध विपक्षीः महेन्द्र संस्कृत विश्वविद्यालय, बेलझुण्डी दाङ समेत § आँफैले पेश गरेको आवेदन फाराम रीतपूर्वकको भएको र प्राध्यापन गरेको अनुभव १० वर्षभन्दा वढी नै भएको भनी लिखित जवाफ व्यहोरामा उल्लेख गरेतापनि निवेदकले मूल दावी लिएको विज्ञापनमा उल्लिखित न्यूनतम् योग्यता महेन्द्र संस्कृत विश्वविद्यालयमा नै १० वर्षसम्म पढाएको हुनुपर्ने हकमा विपक्षीले उपप्राध्यापक पदमा रही सम्वद्ध विषय पढाएको अवधि (१० वर्ष) पूरा भएको भन्ने तथ्य प्रमाणले पुष्टि पेश गरेको आवेदन फारामको प्रतिलिपि नहुनुका साथै निजको उपप्राध्यापक पदको स्थायी नियुक्ति २०५२ साल उल्लेख भएको अवस्थामा सो मितिदेखि विज्ञापन प्रकाशित मितिसम्म दश वर्ष सेवा अवधि पुगेको मान्न नमिल्ने । (प्रकरण नं.४) § सहप्राध्यापक पदमा बढुवा पाउने स्थिति स्पष्ट देखिएको विद्यमान अवस्थामा विश्वविद्यालयले विज्ञापन प्रकाशित गर्दा आफैले उक्त सूचनामा उल्लिखित न्यूनतम योग्यताको आधारभन्दा भिन्न प्रकारबाट उम्मेदवार चयन गरी नेपाली विषयको योग्यताक्रमअनुसारको सहप्राध्यापक पदका उम्मेद्वारको हकमासम्म महेन्द्र संस्कृत विश्वविद्यालय कार्यकारी परिषद्को २०६२।५।१३, १६ र १९ गते समेतको निर्णय एवं सो निर्णयअनुसार शिक्षक छनौट समितिको कार्यालयद्वारा प्रकाशित सूचना कानूनसम्मत नदेखिने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ता श्री युवराज कोइराला विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री मदन पोखरेल अवलम्बित नजीरः सम्वद्ध कानूनः · महेन्द्र संस्कृत विश्वविद्यालय छनौट समितिको कार्यविधि सम्बन्धी विनियम, २०४७ को परिच्छेद १२ को विनियम १२.१०.६ आदेश न्या.सुशीला कार्कीः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः निवेदक महेन्द्र संस्कृत विश्वविद्यालयको २०४७।३।३१ को पत्रानुसार विश्वविद्यालयमा स्थायी रुपमा २०४७।४।१ देखि कार्यरत छु । सो भन्दा अघि २०४३।५।२४ देखि २०४७।३।३१ सम्म त्रि.वि.वि.शिक्षा शास्त्र संकाय अन्तर्गत नेपाली विषयको सहायक प्रध्यापक पदमा कार्यरत रहेको समेतबाट सेवा अवधि हालसम्म १८ वर्ष भएको छ । महेन्द्र संस्कृत विश्वविद्यालयमा कार्यरत रहेकै अवस्थामा विश्वविद्यालयको वि.नं. ३।०५५।५६ मिति २०५५।९।३० मा आन्तरिक प्रतियोगिताद्वारा प्राध्यापक एवं सहप्राध्यापक पदमा स्थायी पदपूर्ति गर्ने वारेको सूचना प्रकाशित भएकोमा उक्त सूचनामा सहप्राध्यापक पदको आवदेन फर्ममा आवश्यक न्यूनतम योग्यता महेन्द्र संस्कृत विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्वद्ध विषयमा प्रथम श्रेणीमा आचार्य वा सो सरहको परीक्षा उत्तीर्ण गरी यस विश्वविद्यालयमा कम्तिमा दश वर्ष सम्वद्ध विषय पढाएको अनुभवको साथै स्थायी उपप्राध्यापकमा कार्यरत भन्ने उल्लेख भएको कारण देखाई महे