निर्णय नं. ८४०९ - कीर्ते ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४०९ - कीर्ते ठगी भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०२/२३ ३८०९ निर्णय नं.८४०९ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती फौ.पु.नं.: ०६३–CR–०१९३ फौ.पु.नं.: ०६५–CR–०५८१ मुद्दा : कीर्ते ठगी । पुनरावेदक/वादीः सेन्ट्रल फाइनान्स कम्पनी लि. ललितपुरका प्रबन्धक रजोजमान श्रेष्ठको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला उग्रतारा गा.वि.स.वडा नं. १ बस्ने ज्ञानेन्द्र बिष्ट पुनरावेदक/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला उग्रतारा गा.वि.स. १ बस्ने ज्ञानेन्द्र बिष्ट विरुद्ध प्रत्यर्थी/वादीः सेन्ट्रल फाइनान्स कम्पनी लि. कुपण्डोल ललितपुरको पत्र तथा ऐ.का प्रबन्ध सञ्चालक रजोजमान श्रेष्ठको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने : मा.जि.न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्ने: मा.न्या. श्री कृष्णप्रसाद श्रेष्ठ मा.न्या.श्री लक्ष्मणमणी रिसाल § ठगी गर्ने उद्देश्यले कीर्ते गरी तयार पारिएको नक्साअनुसारको जग्गा धितो राखी कर्जा लिइएको र कर्जा प्रयोजनका लागि तयार पारिएका धितो बन्धक कागज र शर्तबन्देज कागजमा प्रतिवादी साक्षी समेत बसेको देखिँदा निजलाई ठगीको ५ नं. बमोजिमको कसूरबाट उन्मुक्ति प्रदान गर्न नमिल्ने । (प्रकरण नं.३) § कसूर स्थापित भएको अवस्थामा आपराधिक क्रियामा निजको संलग्नताको मात्रा र त्यसबाट प्राप्त गरेको लाभ समेतलाई आधार बनाई सजाय निश्चित गर्नुपर्ने । § ठगीजन्य क्रिया गरी कर्जा लिएको मूल रकमबाट निजले के कति रकम प्राप्त गरेको भन्ने यकीन अङ्क किटान गरी अभियोगपत्र दायर नभएको र अन्य प्रमाणबाट पनि अङ्क यकीन हुने गरी खुल्न नआएको अवस्थामा प्रतिवादीको हकमा विगो खुलेको मान्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः विद्वान न्यायाधिवक्ता श्री महेश थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा र वल्लभ वस्नेत अवलम्बित नजीरः सम्वद्ध कानूनः · मुलुकी ऐन ठगीको ४ र ५ नं. फैसला न्या.भरतराज उप्रेतीःपुनरावेदन अदालत पाटनको मिति २०६२।१०।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : यस कम्पनीबाट ऋण लिनका लागि प्रतिवादी मध्येका शिवहरी दुलालले धितो राख्नको लागि उपलब्ध गराएको भक्तपुर जिल्ला, चित्तापोल गा.वि.स.वडा नं ७(ख) कि.नं २२८ को क्षे.फ.२–८–० जग्गा धितो राखी कम्पनीबाट पटक पटक गरी रु.८,५०,०००।– ऋण लिई चुक्ता नगरेउपर कम्पनीबाट छानबीन गर्दा उपलव्ध गराएको विवरण चित्तापोल गा.वि.स.वडा नं. ७(ख) कि.नं.२२८ क्षे.फ.२–८–० जग्गा को नक्सा निकाल्नु पर्नेमा कैफियत गरी गराई चित्तापोल गा.वि.स.वडा नं.६(क) को नक्सालाई ७(ख) को नक्सा प्रतित पर्ने गरी कि.नं.२२८ नपर्ने ठाउँमा कि.नं.२२८ पारी सरकारी कागजको व्यहोरा कैफियत गरी प्रतिवादीहरूले कम्पनीलाई झुक्याई ठगी गरेको हुँदा निज प्रतिवादीहरूलाई कारवाही गरी निजहरूबाट विगो तथा हर्जाना समेत दिलाई भराई पाउँ भन्ने जाहेरी दरखास्त । प्रतिवादीहरू शिवहरी दुलाल र ज्ञानेन्द्र विष्ट समेतको मिलोमतोमा सेन्ट्रल फाइनान्स कम्पनीबाट ऋण लिनका लागि भक्तपुर चित्तापोल गा.वि.स.वडा नं.७ (ख) कि.नं. २२८ को नक्सा निकाल्नु पर्नेमा कैफियत गरी सरकारी कार्यालयमा रहेको नक्सा समेतका कागजात कीर्ते ग