निर्णय नं. ८४१० - निर्णय दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४१० - निर्णय दर्ता बदर हक कायम भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०२/०३ ३२०९ निर्णय नं.८४१० ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६४ सालको दे.पु.नं. ०४१० फैसला मितिः २०६७।२।३।२ मुद्दा :–निर्णय दर्ता बदर हक कायम पुनरावेदक वादीः ललितपुर जिल्ला, लुभु गा.वि.स. वडा नं. ७ बस्ने सानुभाई श्रेष्ठ विपक्षी प्रत्यर्थी प्रतिवादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१९ स्थित गुठी संस्थान शाखा कार्यालय, ललितपुर समेत शुरु फैसला गर्नेः मा.न्या. श्री प्रभा बस्नेत पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री अलि अकवर मिकरानी मा.न्या.श्री शम्भुबहादुर खड्का § सगोलमा बस्ने भनिएकै आधारमा मात्र बिधिवत् बण्डा जोरिएको भनी मान्न उचित नहुने । § सगोलमा बस्नु र विधिवत् बण्डा छुट्टयाएको सम्पत्ति आ–आफूले राखी उपभोग गर्ने बिषयलाई छुट्याएर हेर्नुपर्ने देखिँदा केबल सँगै बसेको कारणबाट अंश जोरिएको लिखतको अभावमा सगोलका अंशियार मानी सोहीअनुरूप कानूनी मान्यता प्रदान गर्नु उपयुक्त एवं कानूनसम्मत नहुने । (प्रकरण नं.२) § २०३३ सालको बण्डाबमोजिम चल एवं अचल सम्पत्ति छुट्टैछुट्टै हिसावले आ–आफ्नो नाउँमा रहेको अवस्थामा सँगै बसेको भनेतापनि आ–आफ्नो अंश भाग छुट्टिएका कारणबाट आफ्नो–आफ्नो अंश भागबाटै खानपान गरिआएको मान्नुपर्ने । § सँग बसेको भएपनि सो मात्र कारणले निजको अपुताली पुनरावेदक वादीले मात्र पाउनुपर्छ भन्ने जिकीरसँग सहमत हुन नसकिने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री केदारप्रसाद प्याकुरेल र श्री रमेशकुमार रोक्का प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री भोजराज सुवेदी र दीलेन्द्रबहादुर श्रेष्ठ अवलम्बित नजीरः सम्वद्ध कानूनः § अपुतालीको १२ नं. फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०६३।४।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :– बाजे हेरालाल बजै बेटीमाया महर्जनबाट जन्मिएका ३ छोरामध्ये जेठा मेरा पिता तथा प्रतिवादीका ससुरा ज्ञानबहादुर, माहिला हरिबहादुर, कान्छा रामबहादुर हुन् । हरिबहादुरको २०२६ सालमा परलोक भई निजको हक खाने श्रीमती रत्नमाया श्रेष्ठ छिन् । जेठा मेरा पिता ज्ञानबहादुर श्रेष्ठको दुई श्रीमतीमध्ये जेठी चिरीनानी तर्फबाट सिद्धिबहादुर, दिलबहादुर र फिरादी म सानुभाई समेत तीनजनाको र कान्छी पुनमायाबाट देवेन्द्र श्रेष्ठ र उपेन्द्र श्रेष्ठ समेत दुई छोराको जायजन्म भएको र पिता ज्ञानबहादुर आमा चिरिनानी, दाजु विपक्षी प्रतिवादीका पति दिलबहादुर श्रेष्ठ समेतको स्वर्गारोहण भइसकेको र हामी ज्ञानबहादुरका श्रीमती छोराहरूको २०३३।१०।२३ मा घरसारमा अंशबण्डा हुँदा पिता ज्ञानबहादुरले अंश पाएको बाग गुठीको जग्गा सिद्धिबहादुर र म फिरादी सानुभाईको भागमा परी सिद्धिबहादुरलाई पालन पोषण गरी २०४८ सालमा स्वर्गारोहण भएपछि काजकिरिया समेत मैले गरी आएको र निजको हक खाने अन्य सन्तान नहुँदा निजको अपुताली परी सगोलमा बसेको फिरादी मैले खान पाउने वाग गुठी अड्डा अन्तर्गतको सर्भे नापी हुँदा मोही हेरालाल श्रेष्ठको नाममा नापी भएको लुभु गा.वि.स. वार्ड नं ७ (क) कि.नं. ८६ को क्षेत्रफल ०–७–०, ऐ कि.नं ८९ को १–१–० जग्गा मेरा नाममा नामसारी दर्ता गरिपाउन गुठी क