निर्णय नं. ८४१२ - उत्प्रषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४१२ - उत्प्रषण परमादेश भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०२/२० ३३३२ निर्णय नं.८४१२ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६६ सालको रिट नं.२०६६–WO–०४६४ आदेश मितिः२०६७।२।२०।५ विषयः– उत्प्रेषण, परमादेश । निवेदकः चन्द्रलाल सापकोटाकी पत्नी काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं. ३ महाराजगञ्ज वस्ने सविता दाहाल सापकोटा विरुद्ध विपक्षीः त्रि.वि.चिकित्साशास्त्र अध्ययन संस्थान स्नातक तह प्रवेश परीक्षा सञ्चालक समिति डीनको कार्यालय, महाराजगञ्ज समेत § जेष्ठता, कार्यसम्पादन आदिबापत प्राप्त हुने अङ्क यान्त्रिक प्रकारले प्राप्त हुने अङ्क हुँदा छात्रबृत्ति मनोनयन गर्ने प्रयोजनका लागि परीक्षा सञ्चालन गरी परीक्षामा वढी अङ्क ल्याई उत्तीर्ण गरेपछि जेष्ठता, कार्यसम्पादन आदिको कारण देखाई परीक्षामा उत्तीर्ण भएको मनोनयन नगर्ने कार्य एवं निर्णयलाई स्वेच्छाचारी निर्णय मान्नुपर्ने । (प्रकरण नं.९) § त्रि.वि.शिक्षण अस्पताल कानूनबमोजिम गठित स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको स्वास्थ्यसम्बन्धी हकको सुरक्षाका निमित्त स्थापित संस्था भएकोले त्यस्तो स्वास्थ्य सेवा जस्तो जनताको आधारभूत मानव अधिकारको रक्षाको निमित्त कानूनबमोजिम गठित संस्थाले कानूनको शासनको परिधि नाघ्नु उचित नहुने । § एउटै सेवामा समान पदमा कार्यरत् कानूनको अगाडि समान हुने हुँदा उनीहरूलाई गरिने व्यवहारमा असमानताको आभास आउन नहुने । § प्रवेश परीक्षामा बढी अङ्क ल्याएपछि कानूनतः प्राप्त गर्ने सुविधावाट बञ्चित गर्नु भनेको कानूनको समान संरक्षणको हकको उल्लंघन भएको मान्नुपर्ने हुन्छ भने योग्य व्यक्तिलाई छनौट नगर्ने हो भने योग्यता प्रणाली नै समाप्त हुन गै अराजकता र निरकुंशताको स्थिति पैदा हुन जाने । (प्रकरण नं.१०) § प्रतियोगितात्मक परीक्षामा बढी अङ्क प्राप्त गर्ने व्यक्तिलाई मनोनयन नगरी कम अङ्क प्राप्त गर्ने व्यक्तिलाई मनोनयन गर्ने निर्णयलाई स्वेच्छाचारी निर्णय मानिन्छ । कानूनी शासनमा यस्तो निर्णयको कुनै स्थान नहुने । (प्रकरण नं.११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता अनन्तराज लुँईटेल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता नारायणप्रसाद खनाल अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ आदेश न्या.बलराम के.सी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– म निवेदिका नेपाली नागरिक भै मिति २०४६।१२।१२ देखि त्रि.वि.शिक्षण अस्पतालमा अस्थायी स्टाफ नर्सको रुपमा र २०५४ सालमा स्थायी नियुक्ति पाई इमानदारीपूर्वक काम गर्दै आएकी छु । २०६६ सालमा सिस्टर पदमा वढुवा भै कार्यरत छु । त्रिभुवन विश्वविद्यालय Institute Of Medicine स्नातक तह B.N Hospital Nursing तहको प्रवेश परीक्षा तालिका प्रकाशित भई मिति २०६६।७।२८ मा सम्पन्न भएको प्रवेश परीक्षामा म सामेल भई ७२.८८ प्रतिशत अङ्क प्राप्त गरेकी छु । प्रारम्भमा मेरो नाम Merit List मा प्रकाशित भएकोमा अन्यायपूर्वक कार्य सम्पादनमा नम्बर कम भएको भनी Successful canditate को List मा नपारी उच्चशिक्षा हासिल गर्नवाट बञ्चित गरिएको छ । म भन्दा कम नम्वर ६१ प्रतिशत ल्याएकाहरूलाई पढनका लागि फाइनल लिष्टमा नाम समावेश गरी मलाई (बढी नम्वरलाई) समावेश नगरी नेपालको अन्तरिम संविधान २०६३ को धारा १३ द्वारा प्रदत्त समानताको