निर्णय नं. ८४१३ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४१३ - बन्दीप्रत्यक्षीकरण भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०४/२३ ४८७० निर्णय नं.८४१३ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६७ सालको नि.नं.०६७–०००४ आदेश मितिः २०६६।४।२३।१ विषय : बन्दीप्रत्यक्षीकरण । पुनरावेदक प्रतिवादीः सप्तरी जिल्ला, जगतपुर गा.वि.स.वडा नं. ३ बस्ने विश्वनाथ सिंहको छोरी वर्ष १७ कि रञ्जना भन्ने रानी सिंहको हकमा निजको संरक्षक बाबु ऐ.ऐ.बस्ने विश्वनाथ राय सिँह क्षेत्री विरुद्ध प्रत्यर्थी वादीः का.जि.का.म.न.पा.वडा नं १० बानेश्वरमा अवस्थित राष्ट्रिय दलित आयोग ऐ.आयोगका सदस्य कबुली पासवान समेत § थुना वा नियन्त्रणमा राख्ने गैरकानूनी र अनधिकृत Private Individual जो सुकै व्यक्ति वा संस्थाका विरुद्ध पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनसक्ने । (प्रकरण नं.५) § विवाह दुई बयष्क व्यक्तिहरू बीच हुन सक्छ । विवाह दुई वयष्क व्यक्ति बीच कसैको दवाव वा धम्की वा प्रलोभन वा झूठा आश्वासन वा कुनै पनि प्रकारको नाजायज प्रभावमा नपरी आफ्नै Free Conscience र Free Will को आधारमा एकले अर्कोलाई पति र पत्नी मानेको हुनुपर्छ । साथै विवाहमा एक पक्षले अर्को पक्षलाई कुनै कुरा ढाँटेको वा कुनै कुरा लुकाएको पनि हुन हुँदैन । यस्तो विवाहले Validity पाउन सक्दैन । विवाहमा दुई दम्पतिले एकले अर्कोलाई Voluntarily, Knowingly, Willingly र Consciously पति पत्नी स्वीकारेको हुनुपर्ने । (प्रकरण नं.११) § दुवै पक्षले आफ्नो स्वच्छा र मञ्जूरीले मात्र जीवन साथी रोज्न पाउनु पर्छ । महिलाको तर्फबाट पिता माताले जीवन साथी रोजिदिन वा मञ्जूर दिन नसक्ने । (प्रकरण नं.१५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री रामचन्द्र सुवेदी, श्री रामचन्द्रप्रसाद वनवार, श्री शङ्करकुमार निरौला र श्री नरेन्द्रप्रसाद गौतम प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शमीकपुर साह अवलम्बित नजीरः सम्वद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा २० (२), २४, २६, २९, ३२, १०७(२) § सन्धि ऐन, २०४७ को दफा ९ आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : म निवेदिकाको छोरी वर्ष १७ की रञ्जना भन्ने रानी सिँह श्री सर्वोदय उच्च मा.वि. कञ्चनपुरमा कक्षा १० मा अध्ययनरत थिइन् । यहि २०६७ साल असार १ गते स्कूलबाट घर फर्कदै गरेको अवस्थामा प्रत्यर्थी मध्येका किशोरकुमार पासवान र निजका अन्य मेलुवा मानिसहरू समेत भई मेरी छोरीलाई जबरजस्ती नियन्त्रणमा लिई अपहरण गरी लगेको भन्ने सम्बन्धमा गाउँमा हल्ला भएपछि थाहा पाई किशोरकुमारको घरमा जाँदा निज र निजका बाबु प्रत्यर्थी प्रभु पासवान पनि घर छाडी उक्त अपहरण कार्यमा सरिक भई गएका रहेछन् । सो सम्बन्धमा निजहरू विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा जाहेरी दिई खोजतलास जारी छ । यसै क्रममा मेरी छोरीलाई प्रत्यर्थीहरूले आफ्नो नियन्त्रणमा राखी किशोरकुमारसँग विवाह गरेको भनी प्रत्यर्थीहरू किशोरकुमार पासवान र प्रभु पासवान समेतलाई अपहरणको कसूरबाट बचाउनको लागि प्रत्यर्थी आयोगका सदस्यहरूले राखेका छन भन्ने कुरा गाउँ घरमा सुन्नमा आएको हुँदा प्रत्यर्थी आयोगमा सम्पर्क राख्दा तपाइकी छोरी आयोगका सदस्य गोविन्दबहादुर नेपाली र कबुली पासवानको जिम्मामा छन् । कसैलाई प