निर्णय नं. ८४१५ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४१५ - कर्तव्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०३/२३ ६१९२ निर्णय नं.८४१५ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय पु.नं.६३–CR–०४५२ फैसला मितिः २०६७।३।२३।४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक वादीः चन्द्रदाश गुरुङ समेतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः यामबहादुरको छोरा म्याग्दी जिल्ला, मुना गा.वि.स. वडा नं. १ घर भै कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. २ बस्ने विकास महत समेत शुरु फैसला गर्नेः मा.न्या.चण्डीराज ढकाल पुनरावेदन फैसलाः मा.न्या.मोहनप्रसाद घिमिरे मा.न्या.ठाकुरप्रसाद शर्मा § आवेशमा उत्तेजित अवस्था कुन हदसम्म थियो भनी गणितीय हिसावले यकीन गर्न नसकिने भए पनि प्रतिवादी र मृतकबीचको सम्बन्ध र व्यवहार, मानवीय संवेदनशीलता, कुनै खास घटना वा परिस्थिति जस्ता कुरालाई आँकलन गर्न सकिने । § आवेशको उत्तेजना मृतकको क्रियाकलापबाट अचानक उत्पन्न भई त्यसको प्रभावले अभियुक्तले क्षणिकरुपमा आत्मनियन्त्रण गुमाएको अवस्था हुनुपर्ने । (प्रकरण नं.९) § मृतकको असह्य क्रियाउपर अभियुक्तले तत्कालै भावावेशको अवस्थामा प्रतिक्रियात्मक रुपमा मृतकउपर आक्रमण गरेको छैन र मृतकउपर आक्रमण गर्न मद्दतगार बोलाउने वा उपयुक्त र अनुकूल वातावरणको खोजी गरी मृतकउपर आक्रमण गरेको अवस्था छ भने त्यस अवस्थालाई आवेशको अवस्था समाप्त भएको मानिने हुँदा त्यस्तो हत्यालाई आवेशप्रेरित हत्याको संज्ञा नदिई मनसायप्रेरित हत्या नै मानिने । (प्रकरण नं.१०) § फौजदारी विधिशास्त्रमा मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनै पर्ने, मार्नुपर्ने खास कारण भई त्यसको लागि तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए तापनि सवै परिस्थिति र अवस्थामा मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था नरहने । § अवस्था र परिस्थितिअनुरूप अभियुक्तमा तत्काल मृतकउपर ज्यान लिनुपर्ने मनसाय तत्व जागृत भएको हुनसक्छ । वारदातमा प्रत्यक्ष प्रमाण भएको अवस्थामा मार्नु पर्ने खास कारणको खोजी गर्नु उपयुक्त नमानिने । § हरेक मनसायप्रेरित हत्यामा घातक वा जोखिमी हतियारको प्रयोग निर्णायक तत्व हुन सक्दैन । साधारण लाठा, ढुङ्गा वा लात, मुक्काको निर्घात प्रयोग मृत्युवरण गराउनमा पर्याप्त हुनसक्छ । त्यसैले आवेशप्रेरित हत्यामा कानूनले निर्धारण गरेका सबै तत्वहरू एक आपसमा गाँसिएर रहेको अवस्था हुनु अनिवार्य हुने । (प्रकरण नं.११) § मृतकले प्रतिवादीहरूलाई असह्य उत्तेजित पार्ने कुनै पनि क्रिया वा व्यवहार गरेको भन्ने नदेखिएको अवस्थामा मृतकलाई समूहगत रुपमा कुटपीट गरेको र उपचारको लागि लगेको अवस्थामा सोही कुटपीटको जरीयाबाट मृतकको मृत्यु भएको अवस्थामा प्रतिवादीहरूको कार्य आवेशप्रेरित हत्याको रुपमा स्थापित नभै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. अनुरूप मनसायप्रेरित हत्याकै कोटीमा पर्ने । (प्रकरण नं.१२) पुनरावेदक वादी तर्फबाटःसहन्यायाधिवक्ता श्री महेश थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारी, विद्वान अधिवक्ता श्री माधवी पाण्डे अवलम्बित नजीरः § नेकाप २०६३, अङ्क ८, पृष्ठ १०७५ § नेकाप २०६१, अङ्क ६, पृष्ठ ७६९ § नेकाप २०६५, अङ्क ११, पृष्ठ १३६९ सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १३(३), १४ § अ.वं. १८८ नं. § बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) फैसला