निर्णय नं. ८४१८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४१८ - उत्प्रेषणयुक्त परमादेश भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०१/१४ २८५५ निर्णय नं. ८४१८ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६२ सालको रिट नं. ३५०९ आदेश मितिः २०६७।१।१४।३ मुद्दा : उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला मकवानपुर हेटौंडा न.पा.वडा नं. ८ हेटौंडा औद्योगिक क्षेत्र स्थित युनाईटेड व्रुअरीज नेपाल प्रा.लि.को तर्फबाट ऐ.का. अधिकार प्राप्त कम्पनीको अधिकृत वा.का.जि.का.म. न.पा. ३४ वानेश्वर वस्ने वद्रीविक्रम खड्का विरुद्ध विपक्षीः आन्तरिक राजश्व विभाग, लाजिम्पाट, काठमाडौं समेत § उत्पादन हुनासाथ अन्तःशुल्क असूल गर्ने भनी तोकेको वस्तु वाहेक अन्य वस्तु प्रतिष्ठान वा कारखानाबाट बाहिर नपठाएसम्म वा निकासी नभएको वा प्रतिष्ठान वा कारखानाभित्र नै रहेभएको अवस्थामा पनि अन्तःशुल्क असूल गर्ने अधिकार सरकारमा हुँदैन र उत्पादित वस्तुमा अन्तःशुल्क तिर्ने दायित्व उक्त वस्तुको उत्पादकमा नरहने । (प्रकरण नं.३) § कुनै प्रतिष्ठानबाट उत्पादित वस्तुमा अन्तःशुल्क तिर्ने दायित्व निरपेक्ष होइन र यसका विभिन्न शर्त र अवस्था कानूनले तोक्न सक्ने । § बिक्री गर्न भनी प्रतिष्ठानबाट बाहिर पठाएको वा निकासी भएको कुनै वस्तु पूर्ण रुपमा नष्ट भएको अवस्थामा वा सेवन गर्न वा खान वा उपभोग गर्न अयोग्य भई बिक्री हुन नसकेको कुरा शंकारहित तवरबाट प्रमाणित भएको अवस्थामा यस्तो वस्तुमा अन्तःशुल्क तिर्ने दायित्व सिर्जना नहुने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्बित नजीरः सम्वद्ध कानूनः § अन्तःशुल्क ऐन, २०५८ को दफा ३, ३(३) र ४ आदेश न्या.भरतराज उप्रेतीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः— निवेदक कम्पनीले बियर उत्पादन तथा कारोवार गर्ने उद्योगको रुपमा स्थापना भई उत्पादित बियर नेपालमा बिक्री तथा विदेश निर्यात गर्दै आएको छ । अर्थ मन्त्रालयको २०५४।१।३० मा प्रकाशित सूचना नं. २ मा उद्योगले उत्पादन गरेको पदार्थ विदेश निकासी गर्दा लाग्ने अन्तःशुल्क धरौटीमा वा बैंक ग्यारेन्टीमा राखी निकाशी गर्न सक्ने सूचना मुताविक निवेदकले आफ्नो सामान निकासी गर्दै आएको थियो । निवेदक कम्पनीको उत्पादित किंग फिसर स्ट्रङ्ग नामक बियर भारतको युनाईटेड व्रुअरीज लि. वोण्डेड वेयर हाउस गुहाटी आसामलाई निर्यात गर्ने गरी उक्त बियरमा भारतमा मात्र बिक्री हुने जनाई २०५९।१२।१० मा अन्तःशुल्क माग फाराम नं. १३४ र २०५९।१२।१३ को माग फाराम १३८, १३९ र १४० बाट जम्मा २८०० दर्जन वोतल बियर निर्यात गर्न रु.८,२९,९२०। रकमका लागि विपक्षी आन्तरिक राजश्व कार्यालय हेटौंडाका नाउँमा विपक्षी बैंकबाट बैंक ग्यारेन्टी सन् २००४ जुलाई १६ मा जारी गरेकोमा पछि म्याद थप गराउँदा ११,४६,६००। को बैंक ग्यारेन्टी पेश गरेका थियौं । निवेदक कम्पनीको निकासी हुने बियरहरू काकडभिट्टा भन्सार हुदै भारतको पानी टैंकीस्थित ल्याण्ड कस्टम्समा पुग्दा वस्तुको बीलको मूल्यमा नेपाल भारत व्यापार सन्धि विपरीत थप ७५ प्रतिशत अतिरिक्त शुल्क वुझाएमा मात्र पास गर्ने भनी भारत पैठारी हुन दिइएन । सो पश्चात् वारम्वार सम्पर्क राख्दा पनि भारत पैठारी गर्न नपाएको अवस्थामा २०६०।१।२१ मा निवेदकले कारण