निर्णय नं. ८४१९ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४१९ - उत्प्रेषण परमादेश भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/१२/१७ ३१८९ निर्णय नं.८४१९ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६२ सालको रिट. नं. ३७५८ आदेश मितिः २०६६।१२।१७।३ मुद्दा : उत्प्रेषण परमादेश । निवेदकः जिल्ला कपिलवस्तु वीरपुर गा.वि.स.वडा नं. १ घर भई नापी शाखा मुगुमा कार्यरत रहेका वखत सेवाबाट हटाइएका शिवप्रसाद चौधरी विरुद्ध विपक्षीः नापी विभाग मीनभवन, काठमाडौं समेत § विदा माग गरेमा विदा स्वीकृत गर्ने अधिकारीले कर्मचारीको विदा सञ्चित भएमा सो विदा स्वीकृत गर्न सकिने हुन्छ । तर त्यस्तो कुनै विदा सञ्चित नरहेको अवस्थामा मागबमोजिम पेश्की वा असाधारण विदा स्वीकृत गर्नु नै पर्ने भन्ने वाध्यात्मक अवस्था नहुने कानूनी व्यवस्था निजामती सेवा ऐन, २०४९ मा नरहेकोले त्यस्तो पेश्की वा असाधारण विदालाई कर्मचारीले कानूनी अधिकारको रुपमा दावी गर्न नमिल्ने तथा विदा स्वीकृत नगराई कार्यालयमा अनिश्चित कालसम्म अनुपस्थित रहेको अवस्थामा विभागीय सजाय गरी कानूनको स्थापित प्रक्रियाबमोजिम सेवाबाट हटाएकोलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.३) § कर्मचारीले विदा स्वीकृत नगराई लामो अवधिसम्म कार्यालय अनुपस्थित रहेको भनी अख्तियारवालाबाट कानूनबमोजिम स्पष्टीकरण समेत माग गरी निजामती सेवा ऐन, २०४९ को दफा ५९(ख)(१) बमोजिमको प्रक्रिया पूरा गरी सेवाबाट हटाएको अवस्थामा कानूनबमोजिम भए गरेको कार्यबाट संविधान र कानूनद्वारा प्रदत्त हक हनन् भएको सम्झन नमिल्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्की विपक्षी तर्फबाटःविद्वान सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्वद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा ५९(ख)(१), ६१(१)(छ) आदेश न्या.रामकुमार प्रसाद शाहःनेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन यसै अदालतको क्षेत्राधिकार भित्रको देखिँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– म रिट निवेदकले मिति २०५९।३।२६ गतेदेखि २०५९।३।२८ गतेसम्म क्या.वि. स्वीकृत गराएको, ऐ. २९ र ३० गते सार्वजनिक विदा परेको र मिति २०५९।३।३१ गते आमा परलोक भएको भन्ने खवर पाई मौखिक जानकारी गराई काजकिरिया गर्न म आफ्नो घर कपिलवस्तु जिल्ला आएको हुँ । निजामती सेवा नियमावलीको नियम ६० अनुसार मैले १५ दिन अर्थात २०५९।४।१४ गतेसम्म किरिया विदा पाउने हुँदा सो समयमा अनुपस्थित रहेको भनी मलाई आरोप लगाउन मिल्दैन । आमाको काजकिरिया सकेपछि म स्वयं विरामी परी आफू कार्यरत रहेको कार्यालयमा हाजिर हुन जाने स्थिति नभएकोले ऐ.नियमावलीको नियम ५८ को उपनियम (१) र (२) अनुसार मैले २४ दिन अर्थात् २०५९।५।७ गतेसम्म विदा पाउने हो । सो समयभित्र पनि म विरामी निको नभएको स्थितिमा ऐ ऐ नियमावलीको नियम ५९ को उप नियम (९) अनुसार मैले थप ४५ दिन अर्थात् २०५९।६।२२ गते सम्म विरामी विदा पाउने हो । आफू कार्यरत रहेको कार्यालय मुगु अति ज्यादै दुर्गम जिल्ला परेकोले विदाको लागि हुलाकद्वारा समय सयममा विरामी विदाको माग गरी निवेदन पठाएको छु । म जण्डिस, हातखुट्टा झमझमाउने सुन्निने लगायतका रोगहरूबाट थलापरी हिडडुल गर्न नसक्ने अवस्थामा रहेकाले विदाको पूर्व स्वीकृति लिन नसकेको कुरा मैले पटक पटक निवेदन दिएकोबाट प्रष्ट हुन्छ । विपक्षी विभागमा मिति २०५९।६।१७, मिति २०६०।४।१ गते