निर्णय नं. ८७९६ - बण्डापत्र अंश एवं मिलापत्र बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७९६ - बण्डापत्र अंश एवं मिलापत्र बदर । भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/१२/०८ ५९३० ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९६ सर्वोच्च अदालत, सयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६७ सालको दे.पु.नं.०६७–CI-११९६ फैसला मितिः २०६८।१२।८।४ मुद्दा : बण्डापत्र अंश एवं मिलापत्र बदर । पुनरावेदक वादीः नवलपरासी जिल्ला हकुई गा.वि.स.वडा नं.४ हकुई भै हाल रूपन्देही जिल्ला करहिया गा.वि.स.वडा नं.२ मंगलापुर बस्ने गौरा थारू समेत विरुद्ध पुनरावेदक प्रतिवादीः सोहरत थारूको मु.स.गर्ने नवलपरासी जिल्ला हकुई गा.वि.स.वडा नं. ४ हकुई बस्ने बेचनी थरूनी समेत शुरू फैसला गर्ने : मा.न्या.श्री बालचन्द्र शर्मा पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री मोहनप्रकाश सिटौला मा.न्या.श्री बमकुमार श्रेष्ठ § अदालतमा प्रवेश गरी कुनै पक्षले मुद्दा दायर गरी त्यसमा मिलापत्र गर्न चाहन्छ भने त्यस्तो मिलापत्र गर्ने व्यक्तिहरूलाई अदालतको खुल्ला इजलासबाट मुलुकी ऐन अदालती बन्दोवस्तको १८२ नं. बमोजिम दुवै पक्षलाई पढी सुनाई त्यसको मतलव र परिणाम समेत राम्रोसित सम्झाई बुझाई त्यसरी सम्झाउँदा बुझाउँदा पनि दुई थरले मन्जूर गरेमा मात्र गरिने कार्य मिलापत्र हो । यसरी अदालतका खुल्ला इजलाससमक्ष गरिएको मिलापत्रलाई मिलापत्रकर्ताको वंशज नातेदारको मागबमोजिम अमान्य र बदर गर्दै जाने हो भने कुनै पनि मुद्दाको अन्त्य कहिल्यै हुन नसक्ने । § § अदालतबाट सम्पन्न हुने मिलापत्रमा कसैलाई साक्षी राख्ने कानूनी व्यवस्था हुँदैन र त्यसमा पक्षबाहेक अरुको मञ्जूरीको आवश्यकता पनि पर्दैन । नावालिग वा रोगले होस ठेगानामा नभएको पक्षले मिलापत्र गर्यो भन्ने विषयको यस प्रकारको मुद्दा होइन । तर अदालतबाटै सम्पन्न हुने मिलापत्र बदर नै नहुने भने होइन । यसका लागि अ.वं. ८६ नं. मा वर्णित अन्तर्वस्तु प्रकटरुपमा देखिनु पर्दछ । र, यी प्रमाणबाट समर्थित हुनु पनि पर्ने । § पति पिता मिलापत्र गर्न कानूनन् सक्षम व्यक्ति हो । पति पिताद्वारा गरिएको कार्यले साम्पत्तिक हक प्राप्त गर्ने व्यक्तिहरूको हक दुरासयपूर्वक अपहरित भएको नदेखिँदासम्म अदालतबाट सम्पन्न फैसला, डिसमिस, मिलापत्र र खारेजी फैसला बदर हुन नसक्ने व्यवस्था अ.वं. ८६ नं. ले गरेको हो । अदालतबाट सम्पन्न हुने फैसला, डिसमिस, मिलापत्र र खारेजले सुनिश्चताको प्रत्याभूति र मुद्दाको निश्चित अन्त्यको प्रवन्ध गर्दछन् । र, यो अपेक्षा कानूनी प्रणाली र न्याय व्यवस्थाको स्थायित्वको लागि अपरिहार्य हुने । (प्रकरण नं.२) § मिलापत्रका शर्तहरू पक्षहरूका ईच्छाअनुरूप रहने हो । ती ईच्छाका कारणहरू मिलापत्रमा देखाइन आवश्यक हुँदैनन् । मिलापत्रमा पाउनु पर्ने भन्दा कम सम्पत्ति लिइएको पाइनु नै सो बदर हुने आधार हुन नसक्ने । (प्रकरण नं.३) § पति पिताले आफूले कम सम्पत्ति लिई एकमात्र पत्नी र तीनवटै छोराहरूलाई प्रतिकूल असर पार्नुपर्ने कारण उल्लेख गर्न सकेकोसम्म नपाइँदा बिनाकारण जालसाजी भन्दैमा आफ्नो दावी खम्बीर हुन नसक्ने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता उषा मल्ल पाठक प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता नसरूल्लाह अहमद अवलम्बित नजीरः सम्बद्ध कानूनः § अनुसूची १ र २ नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, वुटवलको मिति २०६५।२।२६ को फैसलाउपर वादीका तर्फबाट मुद्दा दोहोर्याई पाऊँ भनी यस अदालतमा परेको निवेदनमा न्याय प्रशासन