निर्णय नं. ८४२१ - जीउ मास्ने वेच्ने र डांका ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४२१ - जीउ मास्ने वेच्ने र डांका । भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०१/१५ ३१६९ निर्णय नं.८४२१ ने.का.प २०६७ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६४ सालको स.फौ.पु.नं. ०६५३ फैसला मितिः २०६७।१।१५।४ संवत् २०६४ सालको स.फौ.पु.नं. ००१७ संवत् २०६६ सालको स.फौ.पु.नं. ००३३ मुद्दाः– जीउ मास्ने वेच्ने र डांका । पुनरावेदक प्रतिवादीः जिल्ला वारा गा.वि.स. हरैया वडा नं.९ घर भई हाल कारागार कार्यालय पर्सा वीरगञ्जमा थुनामा रहेको करिमन भन्ने राजदेव हजरा दुसाध विरुद्ध ; पुनरावेदक प्रतिवादीः विदेश भारत मोतिहारी जिल्ला पूर्वि चम्पारण आदापुर घर भई हाल कारागार शाखा पर्सा वीरगञ्जमा थुनामा रहेको कमरूद्दिन मियाँ चुरीहार विरुद्ध प्रत्यर्थी वादीः देवेन्द्रप्रसाद केसरीको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला वारा, गा.वि.स. धर्मनगर वडा नं.९ घर भई हाल कारागार कार्यालय पर्सा वीरगञ्जमा थुनामा रहेको लालवावु भन्ने इजाजुल मियाँ विरुद्ध प्रत्यर्थी वादीः देवेन्द्रप्रसाद केसरीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः– मा.जि.न्या.श्री दुर्गादत्त भट्ट पुनरावेदन फैसला गर्नेः– मा.न्या. उद्ववप्रसाद वास्कोटा मा.न्या. श्री गौरीबहादुर कार्की § अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको र वलपूर्वक वयान गराएको भन्ने समेत पुष्टि हुन नसकेको अवस्थामा प्रमाणयोग्य हुने । (प्रकरण नं.५) § मानिस अपहरण गरी बिदेशमा लगी रकम लिई बिक्री गरेको कार्य तत्कालीन अवस्थामा प्रचलनमा रहेको कानून जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले निषेध गरेको आपराधिक कार्य मान्नुपर्ने । § मानिस बेच्ने जस्तो जघन्य अपराध गरेको पुष्टि भएको र त्यस्तो अपराध रोक्न एवं अपराधीलाई सजाय गर्न वनेको विशेष ऐन कार्यान्वयनमा रहेकै अवस्थामा उक्त कानून नै आकर्षित हुने । (प्रकरण नं.६) § सार्वजनिक अपराध र सजाय ऐन, २०२७ र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ का कुनै प्रावधान बाझिएका भएमा समेत पछिल्लो अर्थात २०४३ सालको ऐनको प्रावधान लागू हुन्छ । अर्कातर्फ यो २०४३ सालको खास अपराधको रोकथामका लागि बनेको विशिष्ट ऐनले आफ्नो परिधिमा समावेश गरेको अपराधका लागि अन्यन्य प्रयोजनका लागि २०२७ सालमा बनेको ऐन आकर्षित नहुने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारी प्रत्यर्थी वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री रमेशकुमार पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ § जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) § प्रमाण ऐन, २०३१ को दफा २५ फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौँडाको मिति २०६३।८।१० को फैसलाउपर दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ. कलैयामा बनिरहेको घर रेखदेख गर्न मिति २०५९।२।३१ गते छोरा देवेन्द्रप्रसाद केशरी आएकोमा भोलिपल्टसम्म गाउँ घरमा फर्की नआएकोले खोज तलास गर्दा पसाहा खोलासम्म आएको बुझी त्यसपश्चात् अपहरणकारीहरूले अपहरण गरेको हुँदा अपहरणकारीको पत्ता लागेमा छुट्टै जाहेरी दिई कारवाही हुने नै हुँदा हाल छोरालाई खोज तलास गरिपाऊँ भन्ने समेत व्यहोराको राम अयोध्याप्रसाद केशरीको हुलिया जाहेरी दरखास्त । मिति २०५९।