निर्णय नं. ४८४२ - कर्तब्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८४२ - कर्तब्य ज्यान । भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०३/१७ ३३८६ निर्णय नं. ४८४२ ने. का. प. २०५१ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय सम्बत् २०४९ सालको फौ. पु. इ. नं. २८,२९ फैसाला मितिः२०५०।३।१७।५ मुद्दाः कर्तब्य ज्यान । पुनरावेदक/विपक्षी/वादी : टेक वहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध पुनरावेदक /विपक्षी/प्रतिवादी :गुल्मी जिल्ला पूर्तिघाट गा.वि.स. वडां. १ घर भै रा. वा.बैंक गूल्मीमा जाचकी पदमा काम गर्ने गर्जेन्द्र प्रसाद श्रेष्ठ । ऐ आँपचौर गा. वि.स. वडा नं. ५ वस्ने प्रेम प्रसाद खरेल । ऐ नयाँ गाउँ आदर्श गा.वि.स. वडा नं. १ घर भै तुराङ गा.वि.स मासचिव ठाकुर प्रसाद पोखरेल । § घटना गरेको देख्ने मानिस नभएको भन्ने आधारमा घटना घटेको बखत उल्लिखित प्रतिवादीहरुको उपस्थिति नै थिएन भन्न नमिल्ने । (प्र. नं. ३३) पुनरावेदक तर्फबाट : विद्धान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ विपक्षी तर्फबाट : विद्धान अधिवक्ता श्री वशन्तराम भण्डारी विद्धान अधिवक्ता श्री प्रेम प्रसाद खरेल विद्धान अधिवक्ता श्री अग्नि खरेल अवलम्वित नजीर : फैसला न्या. गजेन्द्रकेशरी बास्तोला: यस अदालतको संयुक्त इजलासमा पेश भई राय नमिलेकोले निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. गुल्मी तम्घासमा गा.पं वडा नं. ५ अन्तरगत रेसुङा जाने मूल बाटोमा अपरिचित मानिसको लास छ भन्ने घाँस दाउरा गर्न जाने मानिसले मलाई भनेबाट हेर्न जाँदा देखेको हुँदा काल कर्तव्य छुट्याई अनुसन्धान गरी पाउँ भन्ने समेत भक्त बहादुरको हुलिया दरखास्त । ३. मेरा बाबु तम्घास जान भनी २०४०।५।१५ मा घरबाटै हिडि बाटोमा गजेन्द्र श्रेष्ठ, प्रेम प्रसाद खरेल, सचिव ठाकुर प्रसाद पोखरेल समेत भै तम्घास आउँदा भोलिपल्ट तम्घास भन्दा माथि रेसुङ्गा जाने मूल बाटोमा लास फेला परेको र चोट पटक परेको हुदा साथमा आउने ३ जनाले षडयन्त्र गरी हत्या गरेकोमा मलाई विश्वास लाग्छ सो सम्बन्धमा कारवाही गरी पाउँ भन्ने समेत टेक बहादुरको २०४०।५।१८ को जाहेरी दरखास्त । ४. मृतको दायाँ पाखुरामा घिसारिएको जस्तो घाउ दुवै घुँडामा घाउभै रगत टाउकोमा १ इन्च घाउ दायाँ कन्चटमा १।२ इन्च घाउ चाकको टुप्पोमा घाउ ओठको तल्लो भाग निलो, दायाँ आँखा फुटेको जस्तो दुवै हातको कुइनामा घाखत देखिएको भन्ने समेत मृतकबीर वहादुको लास प्रकृति मुचुल्का । ५. धेरै रगत वग्नाले गर्दा मृत्यु भएको भन्ने समेत मृतको लास जाँच प्रतिवेदन । ६ यसमा मृतकबीर बहादुर प्रतिवादी गजेन्द्र प्रसाद मजुवाबाटसँगै आएका र वीर बहादुर बाटोमा मरेका फेला परेको हुनाले कसरी मृत्यु भयो थाहा छैन भन्ने समेत कमलर्सी पुनको प्रहरीमा भएको वयान । ७. वीर वहादुर कसरी मरेको हो थाहा छैन भन्ने हरिकला वरालको, भुमिकला वलाल, दधिराम सापकोटा, तारा वहादुर थापा, डिल्लीराज पोखरेल, दण्डपानी पोखरेल समेतको एकै मिलानको छुट्टा छुट्टै मौकाको कागज । ८. यसमा मृतकको शरीरमा घाचोट हुँदा कर्तव्य गरी मरे जस्तो लाग्छ भन्ने समेत तिल कुमारी र वीर वहादुरको लासबाट रगत बगेको र चोट पटक हुँदा कर्तव्य गरी मारे जस्तो लाग्यो भन्ने समेत काशीराम भण्डारी, पुष्करनाथ भण्डारी समेत एकै मिलानको कागज । ९. प्र. गजेन्द्र प्रसाद समेतका तीनै जना असल चाल चलनका मानिस हुन् वीर वहादुर सधै रक्सी खाई हिड