निर्णय नं. ४८४३ - उत्प्रेषणयुक्त परामादेश वा जो चहिने आज्ञा आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८४३ - उत्प्रेषणयुक्त परामादेश वा जो चहिने आज्ञा आदेश जारी गरी पाउँ भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/१२/०४ ३१२२ निर्णय नं. :४८४३ ने. का. प. २०५१ अङ्क १ पुर्ण इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय सम्बत् २०५० सालको रि. पू. इ. नं. ३४ आदेश मितिः२०५०।१२।४।५ विषयःउत्प्रेषणयुक्त परामादेश वा जो चहिने आज्ञा आदेश जारी गरी पाउँ । निवेदकः सार्वजनिक उद्यान तथा सभा गृह विकास समिति काठमाडौं बाट गैर कानूनी ढंगबाट हटाइएको ल. पु. जि. न. पा. वडा नं. ५ लगनखेल थसिखेल वस्ने वर्ष ३६ को गोपाल बहादुर नपित । विरुद्ध विपक्षीः सार्वजनिक उद्यान तथा सभागृह विकास समिति वागवजार । विमलमणि मैनेजर ऐ. ऐ. । संस्था प्रमुख (श्रीमान अध्यक्ष ज्यू) वागमति अञ्चलाधिसको कार्यालय रत्नपार्क, काठमाडौं। § रिट निवेदकलाई विभागीय कारवाही गरी नोकरीवाट वर्खास्तगर्न अख्तियारवाला उक्त समितिका संस्था प्रमुख (साहायक अञ्चलाधिस) ले स्पष्टीकरण लिएको नभै मैनेजरले स्पष्टिकरण लिई सोही आधारमा कारवाही गरी नोकरीबाट हटाउने गरी गरेको निर्णय सार्वजनिक उद्यान तथा सभागृह विकास समिति (कार्य व्यवस्था) नियमावली, २०३४ को नियम ३० र नि. से. नि. २०२१ को नियम १०.९ को प्रकृयाको साथै यस अदालतबाट प्रतिपादित उपरोक्त सिद्धान्तहरु समेतको विपरित कारवाही भएको निर्णय र उक्त निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन तहको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गर्ने र हर्‍याएको सम्म मा न्या. श्री केदारनाथ उपाध्यायको राय मुनासिब ठहर्ने । (प्र.नं.१०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त । अबलम्विर नजीरःश्याम बहादुर थापा विरुद्ध नेपाल जनसम्पर्क प्रधान कार्यालय समेत भएको रि. नं. १४६६ मा सिद्धान्त प्रतिपादन भै ने. का. प. २०४३ मा प्रकाशित । रिट निवेदन चक्रपाणी दुवेदी विरुद्ध वि. प्र. अ. प्र. जि. अ. बारा समेत भएको रि. नं. २१४२ मा सिद्धान्त प्रतिपादन भै ने. का. प.. २०४५ मा प्रकाशित । आदेश न्या. रुद्र बहादुर सिंह : नेपालको संविधान, २०१९ को धारा १६।१७ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरुको राय मतएक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ। २. ईलेक्ट्रिसियन प्राविधिक पदमा कानून बमोजिम नियुक्ति भई मलाई ठेकिएको मेरो जिम्मेवारीको सा. उ. तथा स. वि. समितिको काम गरिव १५ वर्षदेखी निरन्तर रुपले गरी आएको सु. भा. निम्न स्तरको कर्मचारी हुँ । समिति थोरै कर्मचारी भएको संस्था भै हाजिरीमा कसैको पनि नियमितता नहुने र कयौंदिन पछि एकै पटक हाजिर गर्ने प्रचलन भएकोले जिम्मेवारीपुर्वक काम गरिदै रहेतापनि हाजिर गर्न विपक्षीले नदिएपछि हुलाक बाट निवेदन पनि गरेको हुँ । निवेदकले निष्ठापूर्वक कार्यालयको काम गरी आएकै अवस्था मलाई सुपरभाइजर पदबाट हटाउने क्रममा मिति २०४५।३।१२, २०४५।३।२२ र मिति २०४५।४।३ गतेमा तीनवटा स्पष्टिकरण विपक्षी मध्यको मेनेजर ज्यूबाट मागिई मिति २०४५।५।१४ गतेमा नोकरीबाट हटाइए उपरको मैले पुनरावेदन गरेकोमा समेत पुर्व निर्णय सदर भएको मिति २०४५।९।१२ को पत्र मलाई दिइएको छ। उपरोक्त निर्णयमा निम्नानुसारको त्रुटी छन् । निवेदकलाई सोधिएको ३ वटा स्पष्टीकरण सोध्न पाउने व्यवस्था छैन । ३ वटा स्पष्टीकरण माग्न