निर्णय नं. ४८४४ - लेनदेन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८४४ - लेनदेन । भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०९/१२ २७१७ निर्णय नं. ४८४४ ने. का. प. २०५० अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०४९ सालको दे. पु. नं. ८२० फैशला मिति२०५०।९।१२।२ मुद्दाः लेनदेन । पुनरावेदक वादीः जिल्ला नवलपरासी गा. वि. स. तिलकपुर वडा नं. ३ वस्ने पुर्णवासी थारु विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. गा. वि. स. सनई वडा नं. ४ वस्ने शिब वालक पाठकको मु. स. गर्ने गजेन्द्र प्रसाद पाठक । § नालेसमा राजिनामाको लिखत पारित गरी मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने दावी नभै सावा ब्याज भराइ पाउँ भन्ने वादी दावी रहेकोमा पुनरावेदनमा नयाँ माग लिई आएको देखिदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र. नं. ११) पुनरावेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्बित नजीरः आदेश न्या. सुरेन्द्र प्रसाद सिंह : न्याय प्रशासन ऐन २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत वुटवलको मिति ०४९।३।४ को फैशला उपर पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ । २. विपक्षी शिव वालक पाठकले आफ्ना नाउमा दर्ता रहेको विभिन्न किताको ज. वि. २१८१३ राजिनामा पारित गरिदिने शर्तमा म बाट रु. ३५००३।५० लगि आफ्ने छोरा गजेन्द्र प्रसाद लाई साक्षी राखी २०४०।३।९ मा राजिनामाको लिखित गरिदिनु भएकोमा रजिष्ट्रेशन पारित गरि दिनुहास् भनि भन्दा आजभोली भन्दै आल टाल गर्दै आउनु भएकोले २०४४।१२।१५ गतेका दिन राजिनामा पारित गरिदिनुस् नत्र मेरो सांवा र व्याज दिनुस् भन्दा रुपैया पनि तिर्दिन र जग्गा पनि पास गरि दिन्न भनि जवाफ दिएकोले अन्यायमा परि नालिश दिएको छु । तसर्थ विपक्षीबाट सांवा र व्याज समेत दिलाई पाउँ भन्ने वादी पुर्णबासी थारुको फिराद दावी । ३. फिराद दावी झुट्ठा हो । मैले जग्गा विक्रि गर्ने विचार गरि वादीसंग रु. ३५००३।५० लिई घर सारको राजिनामा गरिदिएको हुँ पछि मालपोत कार्यालयमा पारित गर्न जाउँ भनि मैले भन्दा रजिष्ट्रेशन दस्तुर नपुग भएकोले पछि पास गरौला जग्गा मैले भोग गरेको छु भनि भनेका हुन । यस प्रकार आफै पारित गर्न नजाने जग्गा आफुले भोग गरेको हुँदा सावा विपक्षीलाई तिर्न वुझाउन मन्जुर छु । व्याज तिर्न बुझाउन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. आदेश अनुसार वादीको साक्षी गोपिचन्द्र चौधरी, प्रत्यनारायण केवट र प्रतिवादीको साक्षी ठगई कोदरी, सत्यदेव पाण्डेको वक पत्र भई मिसिल संलग्न रहेको । ५. यसमा लिखित गरिदिएमा अन्यथा जिकिर लिएको देखिदैन । व्याजका लिखतमा उल्लेख भएको जग्गा वादीले नै भोग गरेको हुदा सावा मात्र पाउने हुन भन्ने प्र. को साक्षीले वक पत्र गरेको देखिएको र वादीले फिराद पत्रमा जग्गा भोग गर्न पाएको छैन, वाली खाएको छैन भनि उल्लेख गर्न सकेको देखिदैन । यस्तो स्थितिमा लिखत बमोजिमको वादी दावीको सांवा रु. ३५००३।५० वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ । व्याज तर्फ दावी पुग्न सक्दैन भन्ने मिति २०४५।१२।१ को नवलपरासी जिल्ला अदालतको फैसला । ६. राजिनामा पारित गरि नदिएपछि विना आधार प्रमाणको जग्गामा प्रवेस गरि भोगचलन गर्न पाउनेनै होईन । तसर्थ मैले जग्गा भोग गर्न पाएको छैन । लेनदेन व्यवहारको ४ नं. बमोजिम सावा र व्याज समेत भराई पाउने हुदा सुरुको फैशला उल्टीगरि व्याज पाउँ भन्ने समेत व्यहोराको वादी पुर्णवासी थारुको पुनरावेदक जिकिर । ७. यसमा वादीको साक्षीको लेखाई वकाईको आधारमा समेत सुरुको फैशला विचारर्णि