निर्णय नं. ४८४५ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८४५ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०५/२० ३९३४ निर्णय नं.४८४५ ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत २०४९ सालको दे.विविध नं.१११ फैसला मितिः२०५०।५।२०।१ मुद्दाःजग्गा खिचोला मेटाई चलन चलाई पाउँ । निवेदक प्रतिपादी : गण्डकी अञ्चल कास्की पोखरा न.पा.वडा नं. ८ बगालेटोल बस्ने हर्कलाल श्रेष्ठ । विरुद्ध विपक्षी वादीः ऐ ऐ वडा नं.९ महेन्द्रपुल वस्ने मोहन कुमारी श्रेष्ठ । · सर्भे नापी हुँदा स्पष्ट बढेको जग्गा बिक्रेताको नै हुने । (प्र.नं. १८) निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडे अवलम्बित नजिरः फैसला न्या. त्रिलोक प्रताव राणा: पश्चिमाञ्चल क्षेत्रिय अदालतको मिति २०४७ श्रावण २८ गतेको फैसला उपर चित्त नबुझी इन्साफ जाँचको लागि निवेदकको श्री ५ महाराजधिराज सरकारको जुनाफमा चढाएको निवेदनमा विशेष जाहेरी विभाग विघटन भै यस अदालतमा सरी आई यस अदालत संयुक्त इजलासका ०४८।१०।२१ को आदेश बमोजिम विविध लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. पोखरा न.पा. वडां. ९ कि. नं. १६८९ रोपनी ०-१२-१-३ को घडेरी जग्गा मोहडातर्फ ६ मिटर र दक्षिणतर्फ १० मिटर चौडाई उत्तर दक्षिण ५३ मिटर उक्त मेरो जग्गाको पश्चिम साँधमा विपक्षीको कि.नं. १२९३ रोपनी ०-१४-० जग्गा उत्तर तर्फ मोड्दा साढे ७ मिटर भै पछाडि सुक्दै गएर कोण परेको छ । विपक्षीले उक्त मेरो घडेरी जग्गा र विपक्षीकै जग्गा देखि पश्चिम तर्फ शिव मन्दिरमा जाने बाटो मिची घर बनाउने बदनियत लिई आफ्नो भएको जग्गा देखाई नक्सा पास नहुने ठानी बिपक्षीकै अर्को ठाउँको कि. नं. १४०० को जग्गा देखाई ३० मिटर ६ इन्च चौडाइ भएको घर बनाउन स्वीकृत लिनु भएको छ र मेरो जग्गा पश्चिम तर्फबाट ६० सेन्टीमिटर र शिव मन्दिरको जग्गा पनि मिची भित्र पारी घर बनाउन २०४०।७।२५ गतेका बिहान घडेरीको जग खन्न किला ठोकी डोरी तान्नु भएको र म उक्त जग्गामा गई किन जग्गा मिची घर बनाउन लाग्नु भएको भन्दा न.पा.को नक्सा स्वीकृत लिएको छु । घर बनाई छाड्छु भन्ने जवाफ दिनु भई उक्त मेरो कि.नं. १६८९ को जग्गामा पश्चिम तर्फबाट ६० से.मि.जग्गा मिचि खिचोला गर्नु भएकोले खिचोला मेटाई जग्गा हक कायम गरी चलन समेत पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. विपक्षीको दावी बमोजिम जग्गा मैले च्यापी मिचि घर बनाउन लागेको होईन । विपक्षीले नगर योजनाबाट राजीनामा लिँदा ६ मिटर मोहडा भनी खुलाएको छैन । केवल रोपनी मात्र छैन मेरो मोहडा ९ मी. ५० से.मी छ भन्ने विपक्षीको जग्गाको मोहडा केवल ५ मिटर मात्र छ । मैले विपक्षीको बादी लेख बमोजिम ६० से. मी. शिव मन्दिरको जग्गा समेत मीची घर बनाउन लागेको होइन । उक्त जग्गा मेरो हो । चिप्ले ढुङ्गा सडक खोल्दा नगर योजनाले जग्गा अधिकरण गरी केही जग्गा मलाई फर्काएको हो । नगर योजनाले जग्गा प्राप्त गर्दा मूल सडकको केन्द्र बिन्दूबाट १५० फिट दायाँ, १५० फिट बायाँको जमीनसम्म प्राप्त गरेके हो त्यसरी प्राप्त गरेको जमिनमा सडकको केन्द्रबाट ठकि १५० फिटमा पिलर गाडेको छ । सबै पिलर सीधा रेखामा रहनु पर्ने अनिवार्य हुँदा गग्गा नाम नक्सा नाप जाच गरी नगर योजना बुझिएमा समेत प्रष्ट हुनेछ । तसर्थ झुठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तर । जिल्ला डोरबाट भै आएको झगडा परेको जग्गाक