निर्णय नं. ४८४७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८४७ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/११/१३ २६६३ निर्णय नं. ४८४७ ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् :२०४७ सालको रिट नं.१३३२ आदेश मिति :२०५०।११।२३।२ विषय : उत्प्रेषण निवेदक : का.न.पा.वडा नं. १६ वस्ने सानुबाबु पुतवार विरुद्ध विपक्षी : काठमाण्डौं नगरपालीका कार्यलय धर्मपथ काठमाडौ । ऐ ऐ को नक्सा फाँटका का.जि. मनमैंजु गाउँ विकास समिति वडा नं. ९ वस्ने वीरबहादुर थापा मरी मु.स गर्ने युद्धवहादुर थापा क्षेत्री र युद्धवहादरस थापा क्षेत्रि पनि मरी मु.स गर्ने रणकुमारी थापा । ऐ ऐ को मु. स. गर्ने पुण्य बहादुर थापा । ऐ ऐ प्रेम भक्त थापा । ऐ ऐ साङला गा. वि. स. वडा नं ४ बस्ने भुवनेश्वरी उपाध्याय । का. न. पा. वडा नं १६ पकनाजोल बस्ने लालश्री गुरुङ । § साधारण अधिकार क्षेत्रबाट हेरिने लिखित वदर सम्वन्धी विषयमा असधारण अधिकार क्षेत्र अन्तर्गत रहि हेर्न नमिल्ने । (प्र. नं. ११) § नगरपालिकाबाट नक्सा पास भई चित्त नबुझ्ने पक्षले नगरपालीका ऐन, २०४७ को दफा ४८ बमोजिम जि. वि. स. मा उजुर गर्न पाउने कानूनी व्यवस्था समेत भएको देखिदा अन्य उपचारको बाटो छदा छदै रिट क्षेत्र अवलम्बन गरेको देखिदा प्रस्तुत रिट खारेज हुने। (प्र. नं. ११) निवेदक तर्फबाट : विपक्षी तर्फबाट :विद्वान बरिष्ठ अधिवक्त श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा अवलम्बीत नजीर : आदेश न्या. हरि प्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ अन्तर्गत दायर हुन आएको रिट निवेदकको संक्षिप्त जिकीर यस प्रकार रहेछ : २. हाम्रा पिताजी ज्यापुचा भन्ने श्रीमान पुतवार धनी र ऋणी विपक्षी विर बहादुर थापा क्षेत्री भएको मिति २००९।७।२६।६ र. नं. ११९० मा उल्लेखित जग्गा मै नापी हुँदा का. जि. बालाजु गा. पं. वडा नं. २ (क) कि. नं. १३२ को क्षेत्रफल २-१२-० र ऐ गा. पं. वडा नं. २ (ख) कि. नं. १ क्षे. फ. २-३-२ कायम भएकोले विपक्षी वीर बहादुरको नाममा रहेको लगत र सो संग सम्बन्धीत सवै निर्णय पत्र व्यवहार वदर गरी पाउन सर्वोच्च अदालतमा रिट चलिरहेकोमा कि. नं. १३२ को जग्गामा हामीहरुको ५ वटै पक्कि घर मौजुद हुँदा हुँदै लिने दिने विपक्षीहरु मिलि कि. नं. १३२ को जग्गा मध्य ०-५-० जग्गालाई कि. नं. ६५९ कायम गरी विपक्षी लालश्री गुरुङले विपक्षी का. न. पा. नक्सा फाटमा मिति २०४७।१०।८ मा नक्सा दर्खास्त दिनु र विपक्षी न. पा. बाट हामीलाई थाहानै नदिई हामीलाई बुझ्दै नबुजी मिति २०४७।११।१२ गते बाट नक्सा पास हुनु गैर कानूनी छ । मिति २०४७।१०।९।४ को सूचना मुचुल्का र मिति २०४७।१०।२४।५ को खर जमिन मुचुल्का प्रचलित कानून विपरीत हुदा मिति २०४७।११।१२ मा विपक्षी लालश्री गुरुङको नाममा पास भएको नक्सा उत्प्रेषणको आदेशद्वारा बदर गरि रिट निवेदनको अन्तीम टुंगो नलागे सम्म हाल कुनै पनि काम कारवाही नगर्नु नगराउनु भनि विपक्षीका नममा अन्तिम आदेश समेत जारी गरि पाउँ भन्ने रिट निवेदन पत्र । ३. यसमा विपक्षीहरु बाट लिखित जवाफ मगाई अन्तरीम आदेशको लागि छलफलको निम्ती का. न. पा. लाई ७ सात दिनको सूचना दिनु भन्ने यस अदालत १ न्यायाधिशको इजलासको आदेश । ४. रिट निवेदकलाई अपुरणिय क्षेती हुने स्तिति नदेखिएबाट अन्तरिम आदेश जरी गर्न मिलेन कानून बमोजिम गर्नु भन्न यस अदलत संयुक्त इजलासको आदेश । ५. मैले भुवनेश्वरी उपाध्याय संग हा. व. गरी लिएको मा मेरो दर्ता