निर्णय नं. ४८४८ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८४८ - परमादेश । भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०३/१४ ४५४६ निर्णय नं. ४८४८ ने.का.प.२०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४८ सालको दे.पु.नं १४९७ आदेश मितिः२०५०।३।१४।२ विषय : परमादेश । निवेदक :का.जि किर्तिपुर पालिफल गा.वि.स वडा नं. ३ वस्ने मोहनमाया कुस्ले । ऐ वस्ने वावुचा कुस्लेको हकमा वारिस भै आफ्नो हकमा समेत ऐ वस्ने सानुभाइ कुस्ले । विरुद्ध विपक्षी :का.जि. किर्तिपुर पालिफल गा.वि.स. वडा नं. २ वस्ने कृष्ण वहादुर दर्शनधारी मरि मु.स. गर्ने ऐ वस्ने सिद्धि वहादुर दर्शनधारी । ऐ वस्ने जोगलाल दर्शनधारी । का.जि.का.न.पा वडा. नं. १४ वलखु टेकुढी वस्ने रामचन्द्र ओझा । मध्यमाञ्चल क्षेत्रिय अदालत । § सारवान तथा कार्यविधि कानुन र सर्वमान्य न्यनधिस सिद्धान्त परम्परा समेतको विपरित भै गम्भीर प्रकृतिको त्रुटी भइ प्रष्ट रुपमा कानुन र न्यायको उल्लघन भएको देखिएको अवस्थामा कानुन र न्यायको मर्यादा स्थापनार्थ रिट उपचारको व्यवस्था गरिएको हुँदा नियमित अदालतबाट तह तह फैसला भएपनि उपरोक्तानुसारको निवेदकका कानुन व्यवसायीले उल्लेख गरे अनुसार गम्भिर प्रकृतिको त्रुटी विद्यमान भएको स्थितिमा रिट उपचार इन्कार गर्नु उपयुक्त नहुने । (प्र.नं.७) § कीर्ते भनिएका लिखतहरु आपसान भिडाउन मिल्दैन । यसरी भिडाउँदा दुवै लिखतहरुमा लागेको सहिछापहरुको भित्रताको कुनै विन्दु सम्मको पनि सम्भावना नरहने । (प्र.नं.८) § सद्दे कीते छ्ट्याउने मकसदको लागि नै सद्देकीते सहिछाप विशेषज्ञद्वारा भिडाई परिक्षण गराउनु हो । यस्तोमा विशेषज्ञ रायले विवादित लिखितको सत्यतको अन्वेषण तथा विश्लेषणको निम्ति लगाइने कसीको मूल सुत्रको रुपमा स्थान ग्रहण गर्ने हुन्छ । त्यसकारण विवादीत लिखतहरुसंग कारणीको नमूना ल्याप्चे सहिछाप लिई वा कारणीको ल्याप्चे सहिछाप परेको अन्य कुनै विवादरहित विश्वसनीय लिखित भिडाई विशेषज्ञद्वारा परिक्षण गराउँदा मात्रै विवादित लिखतको वास्तविक स्वरुपको परिचय हुन आउने । (प्र.नं.८) § विवादित लिखित विशेषज्ञद्वारा जाँच परिक्षण गराउने उपयुक्त कार्यविधि न्यायको अन्तरनिहित अपरित्यज्य प्रकृया हो । विशेषज्ञले ल्याप्चे सहिछापको सनाखत विषयक विज्ञानको ज्ञाता भएको कारण विवादित लिखतमा लागेका ल्याप्चे सहिछाप असपष्ट धमिलो वा दुषित पपारिएको नभए विवादित लिखतको वास्तविक स्वरुपको पहिचान गराउँदछ । अतः विवादित लिखतहरु एक आपसमा विशेषज्ञद्धारा जाँच परिक्षण गराई विशेषज्ञको राय अनुसार मिले नमिलेको भनी सोही आधारमा प्रमाणमा लिएको अ.वं.७७,७८ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको गम्भरि त्रुटी गरि जिल्ला अदालत, अञ्चल अदालत । क्षेत्रीय अदालत ससमेतले फैसला गरेको न्यायको मुलभुल सिद्धान्त एवं मान्य प्रकृया मानयता र परम्परा विपरित समेत देखिन आएकोले सो फैसलाहरु उत्प्रेषणको आदेशद्वारा वदर गरिदिएको छ । तर्सथ अव कानुन बमोजिम निर्णय गर्नु भनी काठमाडौ जिल्ला अदालतको नाममा परमादेशके आदेश समेत जारी हुने । (प्र.नं.८) निवेदक तर्फवाट :विद्वान अधिवक्ता श्री कमल नारायण दास विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री लक्ष्मी प्रसाल उप्रेति अवलम्वित नजीर : आदेश न्या. ओमभक्त श्रेष्ठ : नेपाल अधिराज्यको संविधान,२०४७ को धारा २३।८८ अन्तरर्गत पर्न आएको प्रस्तुत रिट निवेदक समेतको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मूलपुर्खा धिजपतिको २ छोरामा जेठा हलमन्त र कान्छा वाग