निर्णय नं. ४८४९ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८४९ - उत्प्रेषण । भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/११/१६ २७२३ निर्णय नं. ४८४९ ने.का.प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०४९ सालको रिट .नं २३३४ आदेश मिति :२०५०।११।१६।२ विषय :उत्प्रेषण । निवेदक :ल.पु.जि. ललितपुर न.पा. वडा नं. २ झम्सीखेल वस्सने कृष्णनाथ शर्मा विरुद्ध विपक्षी :सञ्चालन समिति नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौ । महाप्रवन्धक नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौ । § ६ वर्ष सम्मको निवृत्रिभरण अग्रिम एकमुष्ट लिई सकेको स्वेच्छिक अवकाश प्राप्त कर्मचारीले सो ६ वर्ष अवधि व्यतीत भएपछि फेरी निवृत्तिभरण पाउन सक्ने नसक्ने के हो सो परिप्रेक्षयमा हेर्दा निवेदकले स्वेच्छिक अवकाश मिति २०४२।३।६ देखि प्राप्त गरेको सो वखत प्रचलित कानुनमा के कस्तो कानूनी प्रवाधान रहेछ भन्ने सन्दर्भमा ने.बै.लि. कर्मचारी नियमावली, २०३१ को नियम ५.३ (२) मा कर्मचारीले आजिवन निवृतिभरणको सट्टा अग्रिम रुपमा एकमुष्ठ लिन चाहेमा नियम ५.३ को उपनियम (१) अनुसार बढीमा ६ वर्षसम्मको माल एकमुष्ट लिन चाहेमा नियम ५.३ को उपनियम (१) अनुसार बढीमा ६ वर्षसम्मको माल एकमुष्ठ रकम दिइनेछ भन्ने व्यवस्था भएको र यसै प्रसंगमा नियम ५.३ (१) मा २० वर्षसम्म अटुट सेवा गरेको कर्मचारीले मासिक निवृत्तिभरण पाउने छैन भन्ने प्रावधान रहेको देखिन्छ । साथै निवेदकले सोही नियमावलीको नियम ५.१ (२) बमोजिम स्वेच्छिक अवकास लिएको कर्मचारिले नियम ५.३ (१) अनुसार पाउने मासिक निवृतिभरण नलिई नियम ५.३ (२) अन्तरगत आजिवन निवृतिभरणको सट्टा अग्रिम रुपमा एकमुष्ठ एकमुष्ट लिन चाहेमा नियम ५.३ (१) को व्यवस्था अनुसारको बढीमा ६ वर्षसम्मको एकमुष्ट रकम मात्र दिइनेछ भन्ने प्रवधान अनुसार निवेदक आफै स्वेच्छाले आजिवन निवृतिभरणको सट्टामा एक मुष्ट ६ वर्ष को अवधि समाप्त भैसकेपछि पुनः मासिक निवृतिभरण पाउने सो नियमावलीमा व्यवस्था भएको नदेखिएकोले ने. बैं. लि का महाप्रबन्धकको निर्णय बदर गर्नुपर्ने अवस्था विद्यमान नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्त श्री शिव प्रसाद रिजाल विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल अवलम्बित नजीर : आदेश न्या.ओमभक्त श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तरर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. निवेदक विपक्षी बैंकमा अविछिन्न रुपले ३६ वर्ष सम्म सेवा गरी निवृत्तिभरण प्राप्त एक भू.पू कर्मचारी हुँ । मैले २०४२ सालमा बैंकको तत्कालीन नियमावली अनुसार स्वेच्छिक अवकश लिएको थिँए अवकाश लिँदाको वखत वहाल ने.बैं. लि. कर्मचारी नियमावली २०३१ (२०४२ साल जेष्ठ सम्मको संशोधन) अन्तर्गत ६ वर्षसम्मको निवृत्तिभरणको रकम एकमुष्ट अग्रिम रुपमा प्राप्त गरेको थिए । अग्रिम निवृत्तिभरणको म्याद समाप्त भए प्रश्चात मासिक निवृत्तिभरणको निम्ती विपक्षी महाप्रवन्धकज्यु समक्ष निवेदक दिँदा एकमुष्ट निवृत्तिभरण उपलब्ध गराई सकेको र यस्तोमा पुनः मासिक निवृतिभरण दिने व्यवस्था यस बैंकको नियमावलीमा नभएकोले निवृतिभरण दिन नमिल्ले भनी जानकारी गराइयो । विपक्षी महाप्रवन्धकज्युको उक्त निर्णय विपक्षी बैंकको नियमावली विपरीत भएको हुँदा निज उपरको पुनरावेदन सुत्र सञ्चालन समिती समक्ष यो निर्णयको विरुद्ध मिति २०४८।८।२२ गत