निर्णय नं. ४८५० - परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८५० - परमादेश । भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/१०/१८ ४७६३ निर्णय नं.४८५० ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय २०४९ सालको रिट .नं २६२५ आदेश मिति :२०५०।१०।१८।२ विषय :परमादेश । निवेदक :जिल्ला चितवन कुमरोज गाउँ विकास समिति वडा न.१ हर्जरी हात्तिसार वस्ने चुडा वहादुर बोगटी क्षेत्री । विरुद्ध प्रत्यार्थी :श्री महानिर्देशकज्यु, मालपोत विभाग, शाखा काठमाडौ । श्री वरिष्ठ मालपोत अधिकृतज्यू श्री मालपोत विभाग, जग्गा प्रशासन शाखा, काठमाण्डौं मालपोत कार्यलय, चितवन । श्री मालपोत कार्यलय, चितवन । § हाल आाबादी दर्ताको सम्बधमा उच्चस्तरीय वन क्षेत्र सुदृढीकरण आयोग बिघटन भएपछि मालपोत ऐन, २०३४ बमोजिम मालपोत कार्यलयले निर्णय गर्न नपाउने कुनै प्रतिवन्ध लगाएको नदेखिने । (प्र.नं.९) § मालपोत ऐन, २०३४ को दफा ७ (२) ले जग्गा नापजाँच ऐन, २०१९ बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुट भएकोमा उक्त जग्गाको साबिक दर्ता तिरो र भोगको सम्बन्धमा समेत आवश्यक छानविन गरी तोकिएको समितिको सिफारिशमा मालपोत कार्यलय चितवनले दर्ता गर्न सक्नेछ भन्ने उल्लेख भएको देखिदा हाल आवादी तार्फबाट दर्ता गर्ने काम कुन निकायबाट कारबाही गर्ने भन्ने व्यवस्था भएको नदेखिएको भनी कारवाही नगर्ने गरेको मालपोत कार्यलय चितवनको लेखाई कानुन संगत देखिएन । तसर्थ हाल आवादी दर्ता तर्फ कानुनले जे जो बुझ्न पर्ने हो बुझी कारबाही टुंगो लगाउनु भनी मालपोत कार्यालय चितवनको नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं.९) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री शारदा वज्राचार्य अवलम्वित नजिर : x आदेश न्या.केशव प्रसाद उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ (२) अन्तरर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ । २. जिल्ला चितवन कुमरोज गा.वि.स. वडा नं. १ को कि.नं. ७८ को ज. वि. ४-१२-१७ जग्गा मैले २०२५ सालदेखि आबद गुल्जार गर्दै अध्यापि घरवास गरी निर्वीवाद हक भोग गरी आएकोमा मिति २०२६।१।२ गतेमा र २०२६।१।४ गतेमा नापी हुँदा म नोकरीमा भएको कारणले अनुपस्थीत हुँदा सो जग्गा क्षेत्रीय नापी कितावमा कैफियत महलमा यो जग्गा श्री ५ को ऐलानी हात्तिसार जग्गा हो भनि उल्लेख भएको रहेछ । उक्त जग्गा दर्ता नभएतापनि दर्ता भए सरह मेरो भोग चलन भै रहेको थियो र छ सो जग्गा लाई मैले मिति २०४१।१०।२६ गतेमा गा. पं. को सिफारीस सहित लिई मेरा नाममा दर्ता गरि पाउँ भनि विपक्षी मालपोत कार्यालय भरतपुर चितवनमा निवेदन गरेकोमा सोहि जग्गालाई हाम्रो हो भनी ऐ ऐ बस्ने सिता देवी श्रेष्ठ समेत जना १७ ले दावी गरेको शिलशिलामा विपक्षी मालपोत कार्यालय, भरतपुर चितवनले निजहरुलाई बुझ्दा जग्गा म चुडा बहादर कै हो हामी दावी दियौं । हाम्रो सम्पुर्ण विनेदनको कुनै कारवाही नहोस भनि मिति २०४३।१०।१९ गतेमा विपक्षी मालपोत कार्यालयमा गा. पं. कुमरोज मार्फत निवेदन दिएका थिए । मिति २०४०।५।३१ च. नं. ८४ को पत्र लेखि बनसिमाना भित्र नपर्ने जानकारी गराई विपक्षी मालपोत कार्यालय, भरतपुरलाई पनि मिति २०४१।५।२१ च. नं. ३२ को पत्र लेखि उक्त जग्गा बन क्षत्र भित्र पर्दैन चुडा बहादरकै भोग चलनमा छ भनि जानकारी गराएको थियो । २०३४ सालको रसिद हाल मात्र मिति २०४३।११।४ गतेको निवेदन साथ चुडा बहादुरले पेश गरेको मौकामा पेश नगरेको रसिद