निर्णय नं. ४८५१ - अंश नाता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८५१ - अंश नाता कायम भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०९/१२ ३१७६ निर्णय नं.४८५१ ने.का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल २०४९ सालको रिट दे. पु .नं ५३३ फैसला मिति :२०५०।९।१२।२ मुद्दा :अंश नाता कायम । पुनरावेदक प्रतिवादी :सोलुखुम्बु जिल्ला पचन गा.वि.स वडा नं. ८ वस्ने कुलदीप राई विरुद्ध प्रत्यर्थी वादी :ऐ ऐ वस्ने डुण्डुराज राई । § अंशवण्डाको ३० नं. अनुसार बण्डा भएको भएको भन्ने जिकिर लिनेको सो दफामा वणित शर्तहरु परिपालित बण्डापत्र गरी वा नगरी घरसारमा नरम मिलाई अञ्चल अंश वण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति बमोजिम लिर्ई पाई दर्ता दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अंचल छुट्टाछुट्टै भोग आदिबाट देखाउन पर्ने दायित्व पुरा गरेको हुनुपर्ने । (प्र.नं १६) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री हरिहर शंकर निरौला विपक्षी तर्फबाट : x अवलम्वित नजिर : x फैसला न्या. लक्ष्मण प्रसाद अर्याल : पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुङ्गाको फैसला उपर न्याय पैशासन ऐन, २०४८ को दफा ९ (ग) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन समेतको संक्षिप्त तथ्य यस प्रकार छ । २. मूल पुर्खा वाजे छबिलाल निजका छोरा २ जेठा हर्के कान्छा भैमान हामीहरुका बाबु हुन वाहाका श्रीमती २ जेठी लालमाया कान्छी श्रीमती लुतिमाया मेरो आमा जेठी आमाको गर्भबाट जन्मेका भए वीर कान्छो रिषिधन विपक्षी कुलदिपका बाबु मेरा सहोदर क्यूजु भक्त बिर पनि र निजको छोरी १ वैनी भिमलक्षी मात्र र दाजु भक्तविर र निजको आमा बाबु संबै स्वर्गे हुनु भएपछि र भिमलक्ष्मी को पनि विवाह भै सकेको बाबुहरुको अंश नभई एकै ठाउँमा हुँदा स्वर्गे हुनु भयो बिपक्षी कुलदिपको बाबु मेरो दाजु रिषिधन मात्र घरमा हुनु भएको थियो । म २०१० सालमा भारतको दार्जिलिङ तर्फ गएको अवस्थामा दाजु भाउजु समेत स्वर्गे हुनु भएछ । मलाई थाहा थिएन । ०४१ साल माघ १५ गते घर तर्फ आईपुगे पति विपक्षी कुलदिप मात्र घर व्यावहार खेपी बसेको हुँदा २०४२ साल जेष्ठ १५ गते माओलीबाट पाएको जग्गा पनि खान पाउदैनौ बिदेश बस्ने मानिसले अंश पनि पउदैनस भनि अंश नदिएकोले मेरो चित्त नबुझि फिराद गर्न आएको छु विपक्षीको र मेरो २ भाग लाग्ने हुँदा २ भाग अंश बण्डा लगाई अंश दिन्न भनेमा विपक्षीलाई कानून बमोजिम सजाय गरी पाउँ भन्ने वादी दावी रहेछ । ३. मैले नचिनेको नजानेको मानिस विपक्षी म भएमा आई अंश देउ भनेको हुँदा मेरो काका डुण्डुराज राई विदेश तर्फ गएका छन् भन्ने कुरा मेरा बाबु रिषिधन राईबाट सुनेको सम्म थिए बाबु परलोक भएपछी बादी र म भएमा आई तेरो काका डुण्डु राई मै हुँ अंश देउ भनेका हुँदा तपाईलाई मैले देखे चिने जानेको छैन तपाई मेरा काका हुनुहुन्छ भने थाहा वास्तै गर्नुहोस भनी केहि दिन मेरा घरमा बस्ने गरेको अवस्था मेरी श्रीमतीलाई गाली बेइज्जती गर्नु भएछ मेरो श्रीमतीले गाली बेइज्जतीमा फिराद गरीन भन्ने कसुरमा सजाय परिन्छ भन्ने चलाखी बाट विपक्षीले मेरा नाउँमा अंश मुद्दा दिनु भएको हो । बादीमो उल्लेख भए अनुसार मेरा काका डुण्डु राईले मेरो बाबु संग अंश बण्डा गरी अंश बुझी ९९ सालमा विजन जाँच हुँदा आफ्ना आफ्ना नाउँमा जग्गा समेत दर्ता गरी बिदेश भारत तर्फ जानुभएको कुरा मैले सुनेको काका लाई नचिनेको हुँदा विपक्षी मेरा काका हुन की अरुनै मानिस हुन भनी निज बसोबास गरेको मोरङ जिल्ला राजघाट गा. पं. वड