निर्णय नं. ४८५२ - उत्प्रेसण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८५२ - उत्प्रेसण समेत । भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०४/१५ ३६१४ निणर्य नं. ४८५२ ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्बत् २०४८ सालको रिट नं. १७७९ आदेश मिति :२०५०।४।१५।६ विषय :उत्प्रेसण समेत । निवेदकः का.जि. का.न.पा.वडा नं. ३३ डिल्लीबजार स्थित अनुपम ल च्याम्वरका कानून व्यवसायी राम प्रसाद अधिकारी विरुद्ध विपक्षी :न्याय परिषद सर्वोच्च अदालत भवन । § सार्वजनिक हक र सोकारको कुनै विवादमा समावेस भएको कुनै संवैधानीक वा कानूनी प्रश्नको निरुपणको लागी संविधानको धारा ८८ (२) बमोजिम कुनै पनि नेपाली नागरीकले सर्वोच्च अदालतमा निवेदन दिन सक्ने संवैधानीक व्यवस्था भएको देखिन्छ । जिल्ला न्यायधिशको पद संविधान बमोजिम नियुक्ति हुने एउटा सार्वजनिक न्यायीक पद भएकोले कानून व्यवसायी निवेदकले न्यायीक पदमा गरिएको नियुक्तिको सम्बन्धमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ (२) बमोजिम निवेदन दिन पाउने हकदैया रिट निवेदकलाई प्राप्त भएको देखिने । (प्र. नं. ८) § संविधान वा कानूनको व्याख्या गर्दा प्रचलित कानूनी व्यवस्था व्यावहार र परम्परा समेतलाई मध्य नजर राखी व्याख्या गर्नु पर्ने हुन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ को व्यवस्था अनुरुप तत्कालीन न्या. से. रा. प. द्वितीय श्रेणी भन्दा माथिल्ले स्तर जिल्ला न्यायाधिशको पद संविधानलेनै बनाएको परिप्रेक्ष्यमा न्याय सेवाको रा. प. द्वितीय श्रेणीबाट उच्च तहको नियुक्तिको योग्यता निर्धारण गर्ने क्रममा रसो ४ वर्ष काम गरेको भन्ने संविधानमा उल्लेख भएको हुँदा भै आएको विद्यामान पदमा कहिले देखी रहि आएको भन्ने कुराको निरोपण गर्दा बढुवा कायम गरेको अभिलेख मितिलार्इ नै उक्त तात्पर्यको लागि मान्नुपर्ने । (प्र. नं. ९) § तत्कालीन व्यवस्थमा न्या. से. रा. प. द्वि. श्रेणी का जिल्ला न्यायधीशहरु पनि निजामती कर्मचारी रहने गरी आएको हुँदा निजमती कर्मचारीको बढुवा सम्वन्धी कानूनी व्यवस्था पनि वढुवा जुन मिति देखी कायम गरिएको हो सो वढुवा उमेर उजुर गरी बदर नभएमा सोही बढुवा मिति कायम हुने व्यबस्था रही आएको परिप्रेक्ष्यमा काम गरेको भन्ने शब्दावलीको अर्थ सो पदमा वहाली पाई कार्य गरेको अवधीलाई लिन उपयुक्त नहुने । (प्र. नं. ९) § संविधानको व्याख्या गर्दा संवैधानीक व्यवस्थामा समन्वयन आउने किसिमको गर्नु पर्ने हुन्छ । काम गरेको भन्ने शाब्दीक अर्थले ओहदोमा काप गर्नु अघि विदामा रहेको सरुवा, काज आदि बाट सो ओहदामा आउदा व्यतीत हुने समय समेतलाई गणना गर्न नमिल्ने कर्मचारीको पदिय कार्यको अभिलेख राख्नमा समेत कठिनाई उत्मन्न हुन जाने स्थिति पर्न जाने हुन्छ । त्यसैले जुन मिति देखी बढुवा हुने भनी अधिकार प्राप्त निकायबाट निर्णय हुन्छ सोहि मितिलाई बढुवा भएको मान्न न्यायोचित र मनासिब हुन आउँने । (प्र. नं. ९) § कानूनी व्यवहारमा प्राकृतिक व्यवहार घटना आदिको मिति भनदा वेगल मितिको व्यवहार घटना मान्ने गरी कानूनी मान्यताले जसलाई अंकित गर्छ सोहि कुरालाई आधिकारिक र कानूनी मान्नु पर्ने । (प्र. नं. ९) § कानूनी मान्यतको उद्धेश्य व्यहारमा सरलता र उपादेयता ल्याउन हुन्छ । तसर्थ कानूनी दृष्टिमा जुन मिति देखी बढुवा कायम गरिएको छ सोही मिति देखी काम गरेको मान्नु पर्ने हुन आउछ । तसर्थ “काम गरेको” भन्ने शब्दावलीलाई टपक्क टिपेर त्यसको शाब्दीकअर्थ मात्र गरि अन्य कानूनी परिप्रेक्ष्य र सन्दर्भलाई उपेक्षा ग