निर्णय नं. ४८५४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८५४ - कर्तव्य ज्यान भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०६/२४ २८३७ निर्णय नं. ४८५४ ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा २०४९ सालको फौ. पु. नं.४०३ २०४९ सालको साधक नं.९७ फैसला मिति २०५०/६/२४/१ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः– जिल्ला मोरङ शनिश्चरे गा. वि. स. वडा नं. ७ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा मोरङमा कैदमा बस्ने हरिमाया लिम्बुनी । विरुद्ध विपक्षी वादीः– जयकुमार भट्टराईको जाहेरीले श्री ५ को सरकार । § ज्यान सम्वन्धी महलको ७ नं. मा आफ्नो ज्यान लिनासम्मको जोरजुलुम गरेकोमा केही गर्दा निज जुल्मीको ज्यान मार्न गएकोमा वात लाग्ने व्यवस्था गरी आत्मरक्षको लागि गरिएको कार्यलाई ज्यान सम्वन्धीको अपराधको रुपमा व्यवस्था गरिएको देखिन्छ । आत्मरक्षाको जिकिर लिने पक्षले ऐनमा वर्णित अवस्था हात हतियार लिई वा नलिई जुल्मीले ज्यान लिनसम्मको जोर जुलुम गर्न लागेको निज जुल्मीलाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि पुग्न नसकिने, जुल्मीको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन समेत फुर्सद नपाउने, आफुले केहि नगरे आफ्नो ज्यान समेत जाने पूरा विश्वास हुनु पर्ने अवस्था देखाउन सक्नु पर्ने । (प्र. नं. २३) § मृतकले प्रतिवादीको हातमा हतियार दिई सुतिराखेको अवस्था देखिन्छ । यस्तो अवस्थामा उसले हतियार मृतकको घाँटीमा प्रहार नगरी अन्यत्र फाल्न सक्ने अवस्था थिएन भन्न सकिएन । १५ वर्ष र १० वर्षका छारा छोरी समेत सोही घरमा सुतेकोमा गुहार माग्ने भाग्ने उम्कले अवस्था थिएन अथवा लोग्नेले लखेटेकै भए पनि घाइते सम्म पर्ने थिएन भन्ने अवस्था नदेखिदा ज्यान सम्बन्धीको ७ (१) अनुसार आत्मरक्षको लागि मेरो पक्षले दाउँ मृतकको गर्धनमा प्रहार गरेको हो भन्ने प्रतिबादी तर्फबाट विद्वान अधिवक्ताको तर्क संग सहमत हुन नसकिने । (प्र. नं. २३) § मृतकलाई मारेको कुरामा प्रतिबादी स्वयं सावित भएकि छन् । उनको साविति बयानलाई लासजाँच प्रकृति मुचुल्का, शब परीक्षण प्रतिवेदन र बरामद भएको दाउ समेतले पुष्टि गरेको देखिन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३ (३) अनुसार कसुरदार ठहर गरेको मोरङ जि. अ. को फैसला सदर गर्ने गरेको कोशी अञ्चल अदालत र पुनरावेदन अदालत बिराटनगरको फैसला मनासिब देखिने । (प्र. नं. २३) पुनरावेदक प्रतिवदी तर्फबाटः– विद्वान अधिवक्ता श्री अग्नि खरेल विद्वान अधिवक्ता श्री जगत प्रसाद फुयाल विपक्षी तर्फबाटः– अबलम्वित नजीरः– आदेश न्या. केदारनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) को देहाव (ख) अनुसार पुनरावेदन अदालत विराटनगरको मिति ०४८।१२।२३ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ :– २. मिति ०४५।१२।१३ गते रातको ११ वजे आपसी झगडाको कारणले लाल बहादुर पोङहाङ लिम्बूलाई निजको श्रीमति हरिमाया लिम्बूले धारिलो बाम्फोक दाउले घाटीमा प्रहार गरी काटी मारेको अवस्थामा निज मृतकको लास नदेखिएको हुँदा गाउँको पञ्चको हैशियतले जाहेर गर्न आएको छु भन्ने जाहेरी दरखास्त । ३. मृतकको लास रहेको स्थान तथा लास समेत को मिति ०४५।१२।१४ को लास तथा घटनास्थल प्रकृति मुचुल्का । ४. मृतक लाल बहादुरको घरबाट फलामको दिकया (दाउ) बरामत भएको मिति ०४५।१२।१४ गतेको बरामती मुचुल्का । ५. बाबु र सानीआमा हरिमाया लिम्बूनी एक आपसमा बरावर झगडा र कुटपिट गर्ने गर्दथे। आजभन्दा ५–७ दि