निर्णय नं. ४८५५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८५५ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०९/१२ २८४३ निणर्य नं. ४८५५ ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधिश श्री केदार नाथ उपाध्याय माननीय न्यायाधिश श्री कृष्ण कुमार बर्मा २०४८ सालको रिट नं. –१५०५ आदेश मितिः– २०५०।९।१२।२ विषय :– उत्प्रेषण निवेदकः– जि. धनुषा धनौजी गा. वि. स. वडा नं. ५ बस्ने रामरतन मण्डल विरुद्ध विपक्षीः– मध्यामाञ्चल क्षेत्रिया अदालत, काडमांडौं । जनकपुर अञ्चल अस्पताल । धनुषा जि. धनौजी कटैया गा. वि. स. वडा नं. ४ स्थित श्री शंकर नि. मा. वि. का सहयोग समितिका तत्कालीन अध्यक्ष पद्य प्रसाद गिरी सन्यासी । ऐ ऐ का सदस्य रामेश्वर राय अमात । ऐ ऐ आनन्द पंडित कुम्हार ऐ ऐ गौनुमिश्र मैथिल वाहुन । ऐ ऐ राम औतार साह तेली । § स्थायी दर्ता सम्बन्धमा अर्को निर्णय नभए सम्म विचाराधीन राखी तत्काल श्रेस्तामा जनाएको सम्म कारणबाट तह तह अदालतको फैशला एकातिर पन्छाई त्यस्तो विचाराधीन राखी गरिएको अस्थायी किसिमको श्रेस्ता जनाएको कुरालाई स्पष्ट कानूनी हकको रुपमा प्रचलन गर्न मिल्ने अवस्था देखिन नआएको र स्पष्ट हक अधिकारको अभावमा रिट जारी गर्न औचित्यपुर्ण नहुने हुँदा रिट निवेदन खारेज हुने । (प्र. न. ९) निवेदक तर्फाबाट :– विद्वान अधिवक्ता श्री राम गोपाल श्रेष्ठ विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल विपक्षी तर्फबाट :– विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी विद्वान अधिवक्ता श्री लव प्रसाद मैनली विद्वान अधिवक्ता श्री किरण कुमार शर्मा । अवलम्बीत नजीरः– आदेश न्या. केदारनाथ उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. साविक मौजा धनैजीको नदी सो पुर्व किरातको दखिन सोमितमा सो पश्चिमको अ. वि. २–१०–० जग्गा पिता पुर्खाले पोखरी बनाइ उत्तर डिलमा आंप र बास लगाई पश्चिम डिलमा खरिहान बनाई भोगेको पोखरीमा मखनमा घाउ अजनी गरी पोखरी जिर्णोद्धार गरी आएको थिएँ । नापिमा धनौजी गा. पं. वडा नं. ७ कि.नं. १६ मा. वि. ३–१०–२ भै ऐलानी जनियो । मेरो नममा दर्ता गर्न पाउँ भन्दा गठी धनिस्थन हुँदा दर्ता गर्ने नगर्ने अधिकार गुठी सस्थानमा छ भनी गुठी संस्थानमा निवेदन दिंदा ०२७।१०।१९ मा मेरो नाउँमा दर्ता भएको थियो । साविक जग्गा २–१०–१ को मालपोत म बाटै बुझ्ने गरेको छ । उल्लेखित जग्गा म लाई नसोधी शंकर नि. मा. वि., धनौजिको नाउँमा मिति ०३४।१२।२८ मा दर्ता गरेकोले मैले ध. जि. अ. मा दर्ता वदर मुद्दा दिएकोमा जग्गा पजनीको १७ नं. का. म्याद भित्र फराद नपरेकोले दावी नपुग्ने ठहर गरेको फैसला जनकपुर अं. अ. बाट सदर भयो र मध्यामाञ्चल क्षें अ. मा पुनरावेदन अनुमती माग गर्दा अनुमती भएन । ३. सरजमिन मुचुल्का बाट मेरो घर रुख वगैचा प्रष्ट देखिएको छ । सो घर बगैचा अरु कसैको भन्ने दावी लिएको छैन । सो मुचुल्काको उल्लेख सम्म नगरी फैसला गरियो । पोखरी मेरो भएकोले त्यसको हेर विचार मैले नै गरेको छु । कसैको उजुर दावी विना गुठीको जग्गालाई सरकारी ऐलानी भन्न मिल्दैन । गुठीको निर्णय अनुसार कसिएको लगत बमोजिम तिरो असुल गरिएको छ । सो निर्णय बदर गर्ने गरी अरु कुनै निर्णय भएको छैन । शिक्षा समितिको निर्णय भनिएको सोही शंकर नि. मा. वि. को समितिले जग्गा आफ्नो नाउँमा लिने भनी निर्णय गरेको हो । यसरी आफुलाई चहिने जग्गा लिन र पाउन सकिने होईन । विद्यालयलाई दिनु भन्दा अघिदेखि नै मेरो नाममा लगत कायम भै तिरो भरो भोग चलन