निर्णय नं. ४८५६ - बक्सपत्र लिखत पारित

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८५६ - बक्सपत्र लिखत पारित भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/११/११ ६७८९ निर्णय नं.४८५६ ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीस श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीस श्री अरविन्दनाथ आचार्य संवत् २०४६ सालको दे. पु. नं. –५४९ फैसला मितिः–२०५०।११।११।४ मुद्दाः– बक्सपत्र लिखत पारित । पुनरावेदक बादीः– जि. महोत्तरी वलवा गाउँ पञ्चायत वडा नं. १ बस्ने गंगा देवि माथेमा । ऐ ऐ बस्ने मनोहर कुमार माथेमा । ऐ ऐ बस्ने गोपाल सिंह श्रेष्ठ । ऐ वडा नं. ७ बस्ने महाबिर यादव । विरुद्ध विपक्षी प्रतिवादीः– जि. महोत्तरी बलवा गाउँ पञ्चायत वडा नं. १ बस्ने अयोध्यादेवी माथेमा । § रेखा विशेषज्ञको रायमा हस्ताक्षरको सही नमिल्ने कारण खुलेको र आफ्ने रायको सम्बन्धमा अदालतमा आई वयान गरेको समेत पाईदैन । यस्तो रायलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्र. नं. १६) § बिबादीत लिखतमा लागेको ल्याप्चे छाप हरिमायाको हो भन्ने कुरामा बिबाद नभएको, उक्त ल्याप्चे छापलाई हरिमाया मरेको अवस्थामा लगाएको हो भन्ने प्रतिवादी जिकिरको पुष्टी हने प्रमाणको अभावमा हस्ताक्षरको सही किर्ते नै हो भन्ने विश्वासनीय प्रमाण पुर्‍याउन नसकेको अवस्थामा बिबादित लिखतमा लागेको कारणीको सही छाप सद्दे साँचो अवस्थाको देखिन आउने । (प्र. नं. १७) पुनरावेदक तर्फबाटः– विद्वान अधिवक्ता श्री कमल नरायण दास । विपक्षी तर्फबाटः– विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव प्रसाद ढुंगाना अवलम्बीत नजिरः– फैसला न्या. अरविन्दनाथ आचार्य : श्री ५ महाराजाधिराज सरकारका हजुरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।८।१६ गतेको निर्णय दोहर्‍याई पाउँ भनी तत्कालीन न्यायीक समिति मार्फत चडाई पठाएको निवेदनमा मौसूफ सरकारबाट तत्कालीन नेपालको संविधानको धारा २७ (ख) बमोजिम उक्त निर्णय दोहर्‍याइ हेरी कानून बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमूख सचिवालय बाट लेखि आए अनुरुप यस अदालत पुर्व इजलासमा पेश भई सर्वोच्च अदालत पुर्ण इजलासबाट यस अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।८।१३ को फैसला वदर गरी कानून बमोजिम निर्णय गर्न संयुक्त इजलासमा पठाउने भन्ने मिति २०४६।१२।९ गतेको फैसला बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी अयोध्या देवीको भिन्न बसेका सौता हरिमाया देवीलाई मैले सेवा सुसार गरेकोले रिझाए वापत निज हरीमाया देवीले मलाई मिति २०३२।५।६ का दिन बक्सपत्र लिखत लेखी दिएको सो बक्सपत्र लिखत पास नहुँदै निज हरीमाया आफ्ना काल गतीले २०३२।७।१८ मा स्वर्गीय हुनु भएकोले निज हरिमायाको सवभन्दा नजिकको हकदार विपक्षीलाई सो बक्सपत्र पारीत गरी दिनोस् भन्दा गरिदिएकोले सो बक्सपत्र लिखत रजिष्ट्रेशन पारीत गराई पाउँ भन्ने समेत फिराद पत्र । ३. पति योग कुमारको जीवनकालमा र वाहां स्वर्गीय भएपछी सौता सौता सगोलमानै बसी जीवन निर्वाह गरि आएको थियौं । विपक्षीलाई सौता हरिमायाले बक्सपत्र लिखत गरिदिनु पर्ने अवस्थानै थिएन । हाम्रो सगोलको जेथा भएकोले त्यस्तो सगोलको जेथा बक्सपत्र गरिदिनु पर्ने अवस्थानै थिएन सौता हरिमायाले बक्सपत्र गर्न पनि नपाउने र गरि दिएको पनि होइन सो लिखत मलाई देखाइ सुनएमा लिखतको नामाकरण गर्ने छु भन्ने समेत प्रतिउत्तर पत्र । ४. वादीबाट पेश भएको हैसियत रु. ११०२५।– गोल विगो रहेको मिति २०३२।५।६ गतेको वकसपत्र प्रतिवदीलाई देखाई सुनाउदा बकसपत्रको पेज ३ मा लागेक