निर्णय नं. ४८५७ - लेनदेन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८५७ - लेनदेन । भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/१२/०१ ४१०६ निर्णय नं. ४८५७ ने. का. प. २०५१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीस श्री हर गोविन्द सिंह प्रधान माननीय न्यायाधीस श्री हरि प्रसाद शर्मा संवत् २०४९ सालको देवानी विविध नं.१०९ फैसला मितिः–२०५०।१२।१।२ मुद्दाः– लेनदेन । बिन्तिपत्रवाला प्रतिबादीः– जि. प्युठान नधर्मावती गाउँ वि. स. वडा नं. १ बस्ने चक्रपाणि पण्डित । विरुद्ध विपक्षी वादीः– जि. सल्यान खलंगा आदर्श गाउँ वि. स. वडा नं. ५ बस्ने शोभराज शर्मा । § प्रतिवादी स्वयंले बादी दावीको लिखतमा भएको सही छाप मेरै हो भनी स्वीकार गरेको बाट प्रतिवादीले व्यहोरा नपढी सही छाप पगरेको होला भन्ने स्थिति नदेखिएबाट वादी प्रतिवादी बीच लेनदेन कारोवार भएको रहेछ भन्ने स्थिति देखिन आएन । तसर्थ प्रतिवादी बयान अनुसार लिखत जालसाजी भन्न नमिल्ने । (प्र. नं. १७) § राप्ती अञ्चल अदालतलाई सल्यान र प्युठान दुबै जिल्ला अदालतको पुनरावेदन हेर्ने अधिकार भएको र उक्त राप्ती अञ्चल अदालतले लिखतको सद्दे कीर्ते सम्बन्धी शुरु कारवाही गरी प्रमाणको मुल्यांकन समेत गरिरहेको निर्णयलाई अधिकार क्षेत्र नाघी गरेको निर्णय भन्न नमिल्ने । (प्र. नं. १७) § न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १० ले अञ्चल अदालतलाई शुरु कारवाही र किनारा गर्ने अधिकार दिएको र दफा १३ ले जिल्ला अदालतले गरेको शुरु फैसला वा अन्तिम आदेश उपर अञ्चल अदालतमा पुनरावेदन लाग्ने ब्यवस्था गरेको देखिएबाट राप्ती अञ्चल अदालतलाई अर्थात पुनरावेदन तहमा पनि शुरु जिल्ल अदालतको अधिकार निहित हुँदा शुरु जि. अ. को इन्साफ उपर पुनरावेदन ग्रहण गरी निर्णय गरेको अधिकार बिहिन निर्णय भन्ने स्थिति देखिएन । (प्र. नं. १७) पुनरावेदक तर्फबाट :विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल । विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल अबलबित नजिरः। फैसला न्या.हरि प्रसाद शर्मा : अन्यायवालाले खेलो ब्यापार गर्न म संग रु. ३९,१२६।कर्जा लिई २०४१।९।२४ गते मलाई गरि दिनु भएको तमसुक बमोजिम २०४१ साल माघ २५ गते भित्र सावा ब्याज दिनुस् भन्दा अन्यायवालाले निर्दिन जे मन लाग्छ गर भनी जवाफ दिएकोले साँवा ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत मिति २०४१।११।३ गतेको सोभराज शर्माको फिराद पत्र । २. फिरादी संग खेलो ब्यापार गर्न भनि मेले रुपैया लिएको होईन । प्युठान पुग्ने खोला बस्ने मिनु प्रसाद पौड्याल संग मेरो मामा नाता पर्ने खगेश्वर शर्माको प्युठान मालमा परेको हक सफ मुद्दामा तपाईले कुनै मानिसलाई वारिशानमा गराई पठाईदिनु पर्‍यो भनी मैले भने फिरादी र खगेश्वर घर बाहिर आई केहि छिन पछि म भएको ठाउँमा गई वारिशनामा लेखि ल्याएका छौं भनेका र मलाई धेरै ज्वरो आईरहेको हुँदा साँचो होला भनी लिखित र ल्याप्चे सही छाप गरीदिएको हुँ । एक थोक भनी कागज लेख्दा अर्को व्यहोरा पारी लेखेको सक्कल देख्न सुन्न पाएको खुलाई बयान कागज गर्ने छु भन्ने समेत मिति २०४२।४।२५ गतेको चक्रमाणी पण्डितको प्रतिउत्तर पत्र । ३. प्रतिवादीले लिखित सनाखत गर्ने तारिख नै गुजारी सकेको बाट बादी प्रनिबादीको बीच लेनदेन ब्याबहार गरी कागज गरेको रहेछ, भन्ने देखिन आउछ । त्यसको लिखित बमोजिम बादीले प्रतिबादी बाट साँवा ब्याज समेत भरी पाउँने ठहर्छ भन्ने समेत शुरु सल्यान जि. अ. को मिति २०४२।१०।१ गतेको फैसला । ४. शुरु जि. अ. ले साँवा ब्याज समेत भराउने ठहराई गरेको त्रुटीपुर्ण फैसला चित्त बुझेन सो फैसला बदर गरी इन्साफ पाउ